Pages

Thursday, April 27, 2017

भावि गाउँपालिका र नगरपालिका

गाउँ होस या वजार । सडक होस या गल्लि । चोक होस या आँगन । जहाँ चार जना उभिएका छन् त्यहाँ चुनावको कुरा भइरहेको छ । उम्मेद्वार र भावि दिन / दीन, अवसर र चुनौतीका कुरा चर्कदै गएका छन् । लाग्छ हामी नेपालीहरु कति सचेत छौ । कसैले कसैलाई केही सिकाइरहनै पर्दैन । भावि गाउँपालिका र नगरपालिकामा कस्तो उम्मेद्वार हुनु पर्छ । उसले के कस्तो काम गर्नु पर्छ । सवै सवै थाहा छ हामीलाई । कुन टोलमा कसको भोट कति छ । घाम झैं छर्लङ्ग छ ।
फेसवुक, भाइवर, च्याटीङ र डेटिङमा झुमीरहेको टिनएजर्सको लागि यो चुनाव पहिलो प्रयास र अभ्यास पनि हो । यस मध्यका केही समुहलाई यो निरस कविता जत्तिकै विरक्त लाग्दो विषय वनेको  छ । तर यही चुनाव केहीका लागि युरोपवाट छोरा छोरीले पठाइदिएको भिजिट भिजामा त्याहाँ  पुगेर कालो चस्मा, छोटो कट्टु, समुद्रको किनार, अनि यूरोपियन नारीहरुको विकनी र हाउभाउ लुकी लुकी हेर्ने ६० वर्षे बाको कौतुहलतापूर्ण चोर आँखा भन्दा धेरै गुणा रौसले भरिएको छ । 

Tuesday, April 18, 2017

कथा पेनड्राइभ

उसको आग्रह अनुसार म घुम्नको लागि सौराहा जाँदै थिए । उ घरवाट आउँदै थियो । फोन मार्फत हामीले दुवै जना मुग्लिनमा भेटने सल्लाह गरेका थियौं । विहान एघार वजे म मुग्लीन झरँे । उ आईपुगेको थिएन । नजिकै पसलमा पुगेर एउटा जुस किनँे र त्यहीँ वसे । केही वेर पछि पोखरावाट वस आयो । कुलेन्द्र पनि वसवाट झरे । उनी मेरा असल मित्र थिए । म भन्दा सिनियर ।  उनका दाजु  सौराहका हाकिम भएका थिए । त्यही चिनाजानीका कारण हामी केही दिनका लागि सौराहा जाँदै थियौँ । चितवनको वस चढियो । उनी अगाडी सिटमा परे म केही पछाडीकोमा । मेरो सिटमा एक जना विवाहित महिला थिइन् । त्यस्तै २८ वर्ष जतिकी । उनको दुइ तीन ओटा झोला थिए । कोही सिटमा राखिएको कोहि सिट मुनी त कोही तल खुट्टा राख्ने ठाउँमा पनि । कानमा इयरफोन कोचेर उनी मस्तसंग केहीे सुनी रहेकी थिइन् । कहिलेकाँही संगीतको थोरै धुन वाहिर पनि आउथ्यो । त्यसवाट मलाई अन्दाज हुन्थ्यो उनी नारायण गोपालको यो सम्झिने मन छ म विर्सु ........ ... सुनी रहेकी छिन् । कसैको यादमा होलीन् ।  उनी अकस्मात वाहिर हेर्दै चिच्याइन् ए ... भाई रोक् रोक् ..।
सहचालकले सिठी मारे । गाडी रोकीयो । उनी हतार हतार उठीन् । झोलाहरु उठाइन् र वाहिर निस्किन् । गाडी अगाडी वढयो । म वसेको सिटमा वस्न अघि देखि उभिइरहेकी एउटी युवती आइन् । छेउ छोडेर म कुना तर्फ सरँे । उनी फेसवुकमा मस्तसंग च्याट गर्न थालिन् । म छली छली उसको च्याट हेर्ने प्रयत्न गर्थे तर सकिरहेको थिइन । कतै चाल पाउँछे की भन्ने डर थियो मनमा । गाडि रोकियो । कुलेन्द्रले मलाई झर्न आग्रह गरे । म झर्नका लागि उठेको थिएँ । सुन्नुस त । हात लम्काउँदै उनले मेरो हातमा केही दिइन् । तपाईको सामान लिनुस भन्दै मेरो हातमा पेनड्राइभ थमाइन् । म वाल्ल परे । यो के तरीका होला ? मन मनै सोच्दै पेनड्राइभ लिएर गाडीवाट झरँे । पेनड्राइभ ओल्टाइ पल्टाइ हेरे । किन होला मलाई दिएकी । के होला यसमा ? प्रस्नै प्रस्नको घेरामा परे ।

Sunday, July 31, 2016

बनाइ कटेरो चलाए गुजारा खनेर गर्हामा फलाए गुजरा म जस्तो भिकारी बनेका कति छन् बताउ क कस्ले जलाए गुजारा हसाएर आमा बसेका कहाँ छन् जहाँ छन तिनैका पलाए गुजरा मलाइ पसार्यो कुटेर कसैले र घयल गराई गलाये गुजारा पहिरो चलेको छ बाटो भरी नै नमानी डर क्यै ढलाए गुजारा

Thursday, December 24, 2015

Earthquake in Nepal

April 25, 2015 was the terrifying day for Himalayan Country Nepal. 14 district of country has fully destroyed by the  ( 7.9 Magnitude)earthquake. Because of those quake has affected my school also.
Near about thousands of students are studying in this school. But Nowadays they are compelled to study under Temporary Learning Center (made by straw, tent etc) . I have attached the photos of my school.
This School has established before 54 years ago as a Primary School under the mango tree. Local people has made this building.


School before earthquake.
School after Earthquake
Name of School. Shree Ranabhuwaneshwory Higher Secondary School. Devighat , Nuwakot. 
Location. 
 South Asia=Nepal=Country of Mount Everest. Country of Gautam Buddha. 
Bagmati, Nuwakot, Devighat. 
Phone: +977-010 410010
More Detail:
 https://en.wikipedia.org/wiki/April_2015_Nepal_earthquake

Monday, October 5, 2015

गजल

                   गजल
छोरी बेच्दा चेली बेच्दा दाग कलंकको
घृणा घात उस्कै लागि भाग कलंकको

कसोगरि जिउने होला शेष जिन्दगीको
छाना बसी कराउदैछ काग कलंकको

दलाल उ देखाउदै लाउँछन् धारी हात
चल्न थाल्यो गाउँ भरी राग कलंकको

बसाई झर्दा बाटै भरी हेर्छन् तरी तरी
मनैभरी झिम्टदोछ बाघ कलंकको

खुल्दुली भो सधैं भरी के के हुन्छ शेष पिछ
कहाँ गई घुल्छहोला खाग कलंकको

पुष्पराज अिधकारी
देवीघाट नुवाकोट

Saturday, October 3, 2015

किन त डा साव त्यो सहादत र वलिदान तपाइलाई भारी भयो

म पढ्ने विद्यालयमा अग्लो पातलो शरीरभएका जोगी पसे । हामी सवै विद्यार्थीहरु ट्वाल्ल भयौ । एका एक उनी दश कक्षा भित्र पस्दै म तिमीहरुलाई आज अर्थशास्त्र पढाउँछु । जोगीले पढाउने ? मनमा प्रश्न उठ्या ? किताव झिक्यौ । फ्रस्ट वेञ्चमा वस्नेले किताव दिन उठयो तर जोगीले त कितावै लिएन । भयो पर्दैन मलाई कितावमा के छ सव थाहा छ । हामी चकित भयौ । नभन्दै उनले निकै राम्रो संग अर्थशास्त्र पढाए । अर्थशास्त्र सम्वन्धि मार्शल र रविन्सले दिएका परिभाषा र यी विचको अन्तर सम्वन्धमा । 

Saturday, July 26, 2014

गजल प्रशिक्षण

आदरणीय गुरु शेखर अस्तित्वले आफ्नो फेसबुक पेज मार्फत नेपाली गजल इतिहाँसमा एउटा महत्वपूर्ण जिम्मेवारीका साथ अनलाईन गजल प्रशिक्षणको सुरुवात गर्नुभएको छ । अनलाइन तथा अफलाइनमा रहेका हरुलाई हरेक वेलुकी ९ वजेवाट नेपाली गजल सम्वन्धि जिज्ञासाहरु सहज ढंगले समाधान गर्दै  हुनुहुनच । गुरुको , सिकारु तथा जिज्ञासुहरुमा उत्तिकै हौसला जगाउदै, सिकाइप्रति उत्प्ररीत गर्न सक्नु उहाँकोखुवी रहेको छ । प्रवाशमा वस्ने नेपाली माटो र साहित्यको उत्थानमा जुन भुमीका उहाँले निभाउनु भयो त्यसको प्रशंसा जति गरेपनि पूर्ण हुदैन । उहाँको अनुमातिमा उहाँकै फेसवुक पेजका प्रशिक्षण श्रृंखला प्रस्तुत गर्ने जमर्को उठाएको छ ।  यस क्रममा विभिन्न भुलहरु मवाट भएका होलान यसको मार्गदर्शन तपाइ पाठकहरुवाट आउला भन्ने अपेक्षा गरेको छु । 

Thursday, May 8, 2014

कविता


जन्माष्टमीको पुजा सकी

घर फर्कदा
कलह वढेर
विछोड भयो
टुक्रिन गयो
जीवनको रथ

Sunday, February 2, 2014

विवाह अघिको यौन

यौनका विषयमा प्रोढावस्थाका मानिसहरु भने गर्छन यि केटीहरु असाध्यै विग्रिए । अझ मोवाइलले त खत्तमै पा¥यो । त्यसमाथी गाउँ गाउँमा गाडी गुडने भएपछि त ... । उनीहरु त्यसै तातेर वाक्यनै पुरा नगरी भित्र भित्रै दन्किरहन्थे । वरु अचेत त गाउँका केटी भन्दा शहरका चोखा । थप टिप्पणी हुन्थ्यो उनीहरुको । विवाह अगाडिको यौनका सन्दर्भमा तिनीहरु समाजका रक्षक वनेका, अभिभावक वनेकाहरुको आफ्नो जमाना त हामीलार्य के सुनाउथे तै पनि उनीहरु–उनीहरु भएको ठाउँमा कहिलेकाहीँ चुहाउथे । आफ्ना वेलामा भएका परस्त्री गमनका कथा । तीनको निष्कर्ष हुन्थ्यो हामीले त ग¥यौ ग¥यौं वल्ल थाहा भयो त्यो गलत रहेछ । हाम्रा कुरा त मान्नु पर्छ । उनीहरुको चोखो शब्दको अर्थ हुन्छ कुमारीत्व न गुमेकी केटी, शारिरीक समपर्कमा सामेत नभएकी केटी ।

Monday, January 27, 2014

महानगरलाई एउटा पत्र


प्यारो महानगर 
मीठो सम्झना
तिमी हामी नेपालीहरुको ढुक ढुकी हौ तिमी हरेक क्षण प्रत्यक्ष परोक्ष रुपमा  हाम्रो जीवनमा जोडिइरहेका हुन्छौ त्यसैले तिमीलाई पहिलो पटक यो पत्र लेख्दै छु यो पत्र यसकारण लेख्दै छु की तिमीमा पनि केही सकारात्मकवदलाव अयो खुसीले पत्र लेखेको हुँ मैले  
सभ्यता संस्कृतिको अपूर्व भण्डार रहेको काठमाण्डौ त्यही सम्पदा संस्कृतिको अपचलनमा पनि अपूर्व नै मानिदै आएका छौ वाध्यता विवसना नेपाली जनातमा नहुने हो भने तिमी (काठमाण्डौं) सवै नेपालीहरुको तिरस्कारको स्थान वन्दथ्यौ भन्ने विषयमा दुइमत नहोला तर के गर्नु अझै पनि राजधानी शहर भनेर पुज्दैछौ  हामी नेपाली जनता त्यसमापनि वागमती नदी धन्न सहेका छन् तमी   वागमती नदी नामको नयाँ ढललाई कहिल्यै अर्काको सम्मान संरक्षण गर्न नसक्ने तिमीमा  आज कसरी हो वागमती बा को सम्मान गर्न लालायित भएको  यसमा यदी कसैको स्वार्थ छैन सार्वजनीक हितकै पक्षमा यो कदमा चालिएको हो भने सलामा महानगर तिमीलाई वधाइ वागमती आमा तिमीलाई

Friday, January 17, 2014

यो देश देश होइन

मसाल वोकेर आउनेहरुले आज शाल छोडेर गए । स्वतन्त्रताको लागि वगाइएको रगत भन्दै हिडयौं  । हामी अंध्यारोमा हो जस्तै लाग्यो । विहान हेर्दात वस्तोको फोहोरी नाल रहेछ त्यो । हेर्दा उस्तै लाग्ने नक्कलीको चालढाल रहेछ तयो । सुन्दर मानव सिर्जना थियो त्यो । विहान हेरेको त त्राशदीपूर्ण कंकालपो रहेछ त्यो ।
अग्लो कदको, झुस्सदारी पालेको , कोट पाइन्ट लगाएको तर मैलो धैलो । नजिक जाँदा पिसाव ह्वास्स आउने एउटा मान्छे देवीघाटको रानी चौतारामा कराइरहेको सुने मैले । सवै वाक्य पुरा छन् । शब्द शब्द स्पष्ट छन् त पानि भन्न खोजेको कुरा वुझिन मैले । के भन्छ ? को हो यो ? नजिकै उभिएर  सुनिरहेको म जस्तै तमासे तर्फ हेरेर प्रश्न गर । खोइ कताको हो वौलाहा रहेछ । ठूलै मान्छ बौलाएको जस्तो छ । ए– भन्दै म छेउलागे । उ पनि अर्को छेउ लाग्यो । विस्तारै भिड जम्मा भयो । अघिको तमासे फिस्स हाँस्यो । बौलाहाको आवाज सुनेर हाँसेको होला । मैले त भनेको कुरै वुझेको छैन कसरी हाँसौ ? मालाइ लाग्यो त्यो तमासे यसका लागि हाँस्यो त्यो पागललाई थप पागल प्रमाणित गर्नका लागि हाँस्यो होला सायद । नकी उसको अभिव्यक्ति वुझेर हाँसेको होस् । पागलको अभिव्यक्ति नबुझे पनि तमासेको अव्यक्त अभिव्यक्ति वुझ्न वेर लागेन मलाई । उसलाइै लाग्दै होला कराउने पालगल हो र उ वुझेको विद्वान । वस् आफुलाई विद्वानो कसीमा घोटाउँदै छ उ आफूलाई ।

Thursday, January 9, 2014

सन्दर्भ पृथ्वी जयन्ती

Prithvi Narayan Shahदुइ सय ९२ औं पृथ्वी जयन्ति–देशभर राष्ट्रिय एकता दिवको लहर छ । जन जनमा राष्ट्रिय एकता दिवसको लहर चलेको छ । तर हाम्रो देश नेपाललाई ठूलो पुरुषार्थका साथ मारेर ल्याएको सिकार जस्तै ठानेर संघियताको पञ्जाले लुछ्न उद्त भोका र नाँगाहरुले भने एकता दिवसको चाहना गर्न सकेका छैनन किनकी भोक पूरा गर्ने स्वार्थ छ उनीहरुमा । वाइसी चौवीस टुक्रे राज्यलाई एकिकरण गर्ने प्रकृयाका थालनी कर्ता पृथ्वीनारायण शाह प्रति मेरो लाख लाख सम्झना । जसले मन्त्रदान गरेर दिक्षित वनायो उसैलाई मन्त्रास्त्र हानेर ढाल्ने कृतघन हुन राष्ट्रिय एकता दिवसका विरुद्धमा उभिनेहरु । परदेशी शक्तीका पछाडी धोती न टोपीसंग कुद्नेहरुकालागि पृथ्वीनारायणशाह घृणाका पात्र हुन स्वभाविकै पनि हो । जो आफू व्यक्तिगत र पारिवारिक स्वार्थकालागि राजनितिमाप्रवेश गर्छ उसले आफू भन्दा ठूला र राष्ट्रिय स्वार्थकालागि दिलोज्यान दिनेको विरोध गर्नु राजनैतिक फोहोरी खेलको संस्कारगत दिव्य मन्त्र नै हो । जो पृथ्वीनारायणशाहलाई विस्तरवादी र तानाशाह भन्दै हिडेका छन् तिनको राजनैतिक चेतना र तिनमा भएको राष्ट्रियता प्रतिको चेतनात नेपाली जनताले नापी सकेका छन् । देश घस्याहार भ्रष्टहरुको अखडा भएको वर्तमान सन्दर्भमा  घुस लिने र दिने दुवै राष्ट्रका सत्रु हुन भन्ने दिव्योपदेश दिने पृथ्वीनारायणशाह तिनका लागि सम्मानयोग्य पात्र नहुनु कुनै अनौठो कुरा होइन ।

Wednesday, January 8, 2014

शैक्षिक योजना र र यसले उठाएको प्रश्न

शिक्षा मन्त्रालयले भर्खरै सार्वजनिक गरेको शैक्षिक योजनामा अंग्रेजी विषयमापढाउन नसक्ने शिक्षकलाई सेवावाट वर्खास्त गर्ने जुन प्रकृयाको सुरुवात गर्ने उद्घोष ग¥यो त्यसले शिक्षा मन्त्रालयको आफ्नो असली स्वरुप देखायो । साँच्चै यो योजना कार्यान्वयन भएको खण्डमा केही नेपाली वाहेकाका अन्य आम नेपालीहरुले अग्रेजी विषयमा राम्रै दख्खल राख्ने छन् । भाषाकै कारण पछाडी पर्ने वालवालिकाहरुको भविष्य सुन्दर हुने त छँदै छ । तर यो पनि विद्यालय क्षेत्रसुधार योजना जस्तै पाइलटिङ प्रोग्राममै सिमित हुने हो की । प्रत्यक्ष परोक्ष रुपमा आन्तरिक सह सम्वन्ध भएको शिक्षक सेवा अयोग र यस माथि लागेको वर्तमान चर्चित लाञ्छना जस्तै भएर अख्तियारको निर्देशनमा स्थगित हुने पो होकी ? यसै गरी शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालयमा प्रवेश गर्ने कर्मचारी चयन गर्ने  तालुकदार अड्डा लोक सेवा अयोगले पनि त अतिरिक्त अंग्रेजी विषयको स्तरलार्ई थप स्तरीकृत गर्नु पर्ने देखिन आयो नी हैन र ? नत्र भने फेरी कक्षा निरीक्षण गर्न आउने निरिक्षक नै अक्कन वक्क पर्ने भए त फेरी विजोग पो हुन्छ त । कि कसो ?

Wednesday, July 24, 2013

मोवाइल, फेसवुक, इमेल इन्टरनेट प्रयोग गर्नेले वुझ्नु पर्ने कुरा ।

विगत केही वर्षदेखि नेपालमा सुचना प्रविधिको तीव्र विकास भएको यस संगै सुचना प्रविधिसंग सम्वन्धित सेवा प्रदायक कम्पनीहरु यसको सेवा लिनेहरुको संख्या दिन प्रतिदिन वढदै गएको जति धेरै यसको प्रयोग गरियो त्यति धेरै यसको फाइदा पनि फाइदा पनि तर फाइदासंगै उत्तीकैमात्रामा वेफाइदा पनि सकारात्मक विचार भावनाले प्रयोग गरेको खण्डमा त्यसले फाइदा पु¥याउछ नकारात्मक विचार भावनाकासाथ कसैलाई दुःख दिने अभिप्रायले प्रयोग गरिएको खण्डमा त्यसले अरुलाई दुःख पीडा अवश्य हुन्छनै कालान्तरमा अरुलाई दिइएको दुःख आफैं तर्फ फर्कन्छ भनिन्छ नी पाप धुरीवाट कराउँछ हो यस्तै हुन्छ

Tuesday, July 16, 2013

बूढो कतारमा वूढी वट्टारमा

मेरो अति मिल्ने साथी गोपाल कतार गएको पाँच वर्ष भयो । विहे गरेको महिना दिनमै घर परिवार श्रीमतीलाई सुख दिन कतार गएको थियो उ । विवाहमा जन्तिजान निकै कर गरेको थियो उसले तर म भर्खर जागिरको लािग ककनीमा तालिम गर्दै थिए आउन पाइन । उ विदेस गयो । खासै यो पाँच वर्षको वीचमा उसंग सम्पर्क पनि भएन ।  विदेश वसेर कमाएको पैसा घरमा श्रीमतीलाई पठायो । अहिले घर आउँदा त घरमा न त श्रीमती छे न त पैसा नै । विलख वन्दमा परेर प्रहरी चौकीमा उजुरि दिएको थियो उसले । हो त्यसैको फैसला हुदै छ  आज तर केटी नआइ सकेकाले त्यसै काम अडिएको थियो ।
सर्रर एउटा वाइक आयो । पछाडी एउटी युवती थिइ । जसलाई मैले कतै देखे जस्तो लाग्छ । म सोच मग्न भए । बल्ल थाहा पाए तीन वर्ष अघि उनी संग मेरो विदुरमा भेट भएको थियो ।   छफफल चल्यो । केटीको राय वुझ्न भनियो उनी धारा प्रवाह वोल्न थालिन् –भएको गहना यही हो लैजाउ ।  मैले उ संग विहे गरि सके, उसकी भइ सके (संगै आएको केटालाई देखाउदै) भनिन् ।  अव कुरा सकिइ गयो । मलाइ हतार छ । इन्सपेक्टर साहेव चाँडो गरिदिनुहोला । प्रहरी प्रमुखसंग निसंकोच आग्रह गर्दे थिइन् उनी ।
मैले विदेशमा कमाएर पठाएका पैसा नी गोपाल रुन्चे स्वरमा कड्क्यो
पैसा खाँदा वस्दा सकियो । भएको गहना दिइ हाले भनेर गहना फुकालेर  गोपालको हातमा राखिदिइ । अव म संग तिम्रो केही छैन । मैले उसंग विवाह गरिसके तिमी अर्को विहे गर  । गोपाल विचरा हेरेको हे¥यै भयो ।

Monday, July 15, 2013

तपाईं पनि म जस्तै ठगीमा पर्नु होला ।

Picture by google


हामी सवैलाई आवश्यक पर्ने साधनहरु मध्य पैसा पनि एक हो जिन्दगीको यात्रा पुरा गर्न नेपाल जस्तो देशका नेपालीहरुको लािग पैसा नभइ नहुने साधनको रुपमा रहेको सवैलाई पैसा कमाउने रहर आफ्ना असिमीत ईच्छा चाहना पुरा गर्ने सपना केवल अडिएको पैसाको  कारणले मात्र अडिएको छ। आज छलफल गरौ हामीले पैसा कमाउने स्रोत के के हुन सक्छन् पनि निकै सोच्दै थिए पत्रिकको विज्ञापन अझ वर्गिकृत विज्ञापन सवै सवै पढने वानी वसीसकेको थियो त्यहाँ आकर्षक तलव कम लगानी, विनालगानी, घरमै वसेर वीसौहजारको लालसा देखाइयो त्यसको शीर्षक थियो नयाँ जागिर खाने काइदा   पनि त्यसमा दिइएको फोन नम्वरमा फोन गर्न थाले आहा निकै मिठो सपना देखे काठमाण्डौं गए उनलाई भेटन खोजे भेटे विस्तारै वुझ्दै जाँदा त्यो ठगी गर्ने माध्यममात्र रहेछ उनको अफीसमा गए फारम भरे कामको लागि एक हप्ता पछि सिधै आउनु भन्ने अनुरोध गरे ती हाकीम साहेवले हाकीमत भन्नु ¥यो नी जागिर लगाउने मलिकलाई कमको वारेमा सोधे एउटा अफिसमा टाइपीङको काम गर्ने रहेछ सजिलो काम रहेछ भन्दै फर्किए त्यहाँ जस्तै निकै जना आएका थिए

Wednesday, June 26, 2013

मेरो देश यतिखेर ....


भन्नेहरु त देश झरीले लछ्रप्प भिजेको छ भन्दैछन् तर म यहाँ लेख्दै छु, देश वर्वरी झरेको आँशुले भिजेको छ । रोग भोक र शोकले आक्रान्त मेरो देश घरवार विहीन घरमुली भएको छ । लाउँ लाउँ खाउँ खाउँ का सोह्र वर्षे तन्नेरी तरुणी गुमाएर, तोते वोलीमा भर्खरै बा, आमा, भन्ने सन्तान (जसलाई हेर्ने वित्तिकै सारा थकाइ मेटाउने जादुगरी नाती नातिना) गुमाएर वसेका हजुर वा हजुरआमा, वा, आमाहरुको हृदयविदारक कहानी लिएर उभेको छ देश यति खेर ।
भाग्दा भाग्दै पछाडिवाट वाढी आयो त्यही भेलमा वगे, भेलले लछादै पछार्दै लग्यो, हेर्दा हेर्दै साथीहरु सवै वगायो धन्न म अलि चाँडो भागेछु र डाँडामा पुगेर वाँचे तर वाँचेर के गर्नु उता घरमा पनि पहिरो गयो रे । घरै छैन अरे । के का लागि वाँच्नु भन्ने दार्चुलेली युवाको यथार्थता टाँगेर भिख माग्दैछ मेरो देश यतिखेर  ।

Saturday, June 22, 2013

सुबिसु केबुलनेटको नया योजना

काठमाडौं । एसएलसी उत्तीर्ण हुने विद्यार्थीलाई लक्ष्य गरी सुबिसु केबुलनेट प्रालिले नयाँ प्याकेज सहितको अफर ल्याएको छ । '२०६९ एसएलसी ग्रजुएट इन्टरनेट प्याकेज' नाम दिएर यो अफरमा विद्यार्थीले ७ सय ५० रुपैयाँमा ५१२/५१२ केबिपिएस गतिमा हरेक महिना ५० घन्टा इन्टरनेट चलाउन पाउँनेछन् ।
यो प्याकेजमा केबुल टिभी च्यानल, बिटडिफेन्डर एन्टिभाइरस इन्टरनेट सेक्युरिटी र एउटा पेनड्राइभ पनि पाइने कम्पनीले जनाएको छ। त्यस्तै अन्य अनलिमिटेड इन्टरनेट प्याकेज खरिदमा पनि इन्टरनेट स्कलरसिप प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ। योजना काठमाडौंमा उपत्यकामा मात्र लागु हुनेछ।

Sunday, June 16, 2013

वालकथा

पुष्पराज अधिकारी
नुवकोट, २०७०
प्रायः हरेक विहान म देवीघाट जाने गर्दछु । आफ्नै कामको शिलसिलामा । म वाटामा हिडदै थिए । वाटामा कोही आफ्नो नानीसंग कुरा गर्दै भन्दै थिए– उ सर आए, भाग भाग । म आफ्नौ वाटो लागे । चुप चुप । उक्त मान्छेको सानी नानी चाही मलाई देखेर आफ्नो घर तर्फ दगुरी ।
अर्कोदिन म त्यहिँ पुगे फेरी म तफै इंगित गर्दै भनिदै थियो तँ चुप लाग नत्र उ सरलाई भन्दिन्छु । अनि सरले तलाई पिटछन् ।

गजल


गजल
ओठ टोकी लजाउने त्यै रुपले दा¥यो मलाई
कर्के नजर लगाउने त्यै धुपले मा¥यो मलाई

माथि माथि देउरालीमा वैरागी झैं वस्ने गर्थे
साँच्चै साथी वेशीतिर त्यै रुपले झा¥यो मलाई

सास फल्थ्यो उमेरमा परेलीले वोलाउदा
किन किन  नजिकतिर त्यै रुपले सा¥यो मलाई


मेरो दोष उनको दोष सारा दोष हटाउदै
स्वर्ग जाने नदी पनि त्यै रुपले ता¥यो मलाई

गजल


नशा भरी विष भर्छु तिम्रै सम्झनामा
कहिले काहीँ पिउने गर्छु तिम्रै सम्झनामा

निष्ठूरी हौ बुझ्दा पनि तिम्रै याद आउछ प्यारी
तडपिएर सधैं मर्छु तिम्रै सम्झनामा

सवै जना पागल भन्छन् औल्याएर मलाई
पागल रुप पनि धर्छु तिम्रै सम्झनामा

फूल पनि कालो देख्नु किन हिजो आज
आसु ढोली आँखा धुन्छु तिम्रै सम्झनामा

किन वाँच्नु एक्लै मैले  आउछु नि त्यतै तिर
पुष्प सरी फूली झर्छु तिमै्र सम्झनामा