Pages

Wednesday, July 24, 2013

मोवाइल, फेसवुक, इमेल इन्टरनेट प्रयोग गर्नेले वुझ्नु पर्ने कुरा ।

विगत केही वर्षदेखि नेपालमा सुचना प्रविधिको तीव्र विकास भएको यस संगै सुचना प्रविधिसंग सम्वन्धित सेवा प्रदायक कम्पनीहरु यसको सेवा लिनेहरुको संख्या दिन प्रतिदिन वढदै गएको जति धेरै यसको प्रयोग गरियो त्यति धेरै यसको फाइदा पनि फाइदा पनि तर फाइदासंगै उत्तीकैमात्रामा वेफाइदा पनि सकारात्मक विचार भावनाले प्रयोग गरेको खण्डमा त्यसले फाइदा पु¥याउछ नकारात्मक विचार भावनाकासाथ कसैलाई दुःख दिने अभिप्रायले प्रयोग गरिएको खण्डमा त्यसले अरुलाई दुःख पीडा अवश्य हुन्छनै कालान्तरमा अरुलाई दिइएको दुःख आफैं तर्फ फर्कन्छ भनिन्छ नी पाप धुरीवाट कराउँछ हो यस्तै हुन्छ

Tuesday, July 16, 2013

बूढो कतारमा वूढी वट्टारमा

मेरो अति मिल्ने साथी गोपाल कतार गएको पाँच वर्ष भयो । विहे गरेको महिना दिनमै घर परिवार श्रीमतीलाई सुख दिन कतार गएको थियो उ । विवाहमा जन्तिजान निकै कर गरेको थियो उसले तर म भर्खर जागिरको लािग ककनीमा तालिम गर्दै थिए आउन पाइन । उ विदेस गयो । खासै यो पाँच वर्षको वीचमा उसंग सम्पर्क पनि भएन ।  विदेश वसेर कमाएको पैसा घरमा श्रीमतीलाई पठायो । अहिले घर आउँदा त घरमा न त श्रीमती छे न त पैसा नै । विलख वन्दमा परेर प्रहरी चौकीमा उजुरि दिएको थियो उसले । हो त्यसैको फैसला हुदै छ  आज तर केटी नआइ सकेकाले त्यसै काम अडिएको थियो ।
सर्रर एउटा वाइक आयो । पछाडी एउटी युवती थिइ । जसलाई मैले कतै देखे जस्तो लाग्छ । म सोच मग्न भए । बल्ल थाहा पाए तीन वर्ष अघि उनी संग मेरो विदुरमा भेट भएको थियो ।   छफफल चल्यो । केटीको राय वुझ्न भनियो उनी धारा प्रवाह वोल्न थालिन् –भएको गहना यही हो लैजाउ ।  मैले उ संग विहे गरि सके, उसकी भइ सके (संगै आएको केटालाई देखाउदै) भनिन् ।  अव कुरा सकिइ गयो । मलाइ हतार छ । इन्सपेक्टर साहेव चाँडो गरिदिनुहोला । प्रहरी प्रमुखसंग निसंकोच आग्रह गर्दे थिइन् उनी ।
मैले विदेशमा कमाएर पठाएका पैसा नी गोपाल रुन्चे स्वरमा कड्क्यो
पैसा खाँदा वस्दा सकियो । भएको गहना दिइ हाले भनेर गहना फुकालेर  गोपालको हातमा राखिदिइ । अव म संग तिम्रो केही छैन । मैले उसंग विवाह गरिसके तिमी अर्को विहे गर  । गोपाल विचरा हेरेको हे¥यै भयो ।

Monday, July 15, 2013

तपाईं पनि म जस्तै ठगीमा पर्नु होला ।

Picture by google


हामी सवैलाई आवश्यक पर्ने साधनहरु मध्य पैसा पनि एक हो जिन्दगीको यात्रा पुरा गर्न नेपाल जस्तो देशका नेपालीहरुको लािग पैसा नभइ नहुने साधनको रुपमा रहेको सवैलाई पैसा कमाउने रहर आफ्ना असिमीत ईच्छा चाहना पुरा गर्ने सपना केवल अडिएको पैसाको  कारणले मात्र अडिएको छ। आज छलफल गरौ हामीले पैसा कमाउने स्रोत के के हुन सक्छन् पनि निकै सोच्दै थिए पत्रिकको विज्ञापन अझ वर्गिकृत विज्ञापन सवै सवै पढने वानी वसीसकेको थियो त्यहाँ आकर्षक तलव कम लगानी, विनालगानी, घरमै वसेर वीसौहजारको लालसा देखाइयो त्यसको शीर्षक थियो नयाँ जागिर खाने काइदा   पनि त्यसमा दिइएको फोन नम्वरमा फोन गर्न थाले आहा निकै मिठो सपना देखे काठमाण्डौं गए उनलाई भेटन खोजे भेटे विस्तारै वुझ्दै जाँदा त्यो ठगी गर्ने माध्यममात्र रहेछ उनको अफीसमा गए फारम भरे कामको लागि एक हप्ता पछि सिधै आउनु भन्ने अनुरोध गरे ती हाकीम साहेवले हाकीमत भन्नु ¥यो नी जागिर लगाउने मलिकलाई कमको वारेमा सोधे एउटा अफिसमा टाइपीङको काम गर्ने रहेछ सजिलो काम रहेछ भन्दै फर्किए त्यहाँ जस्तै निकै जना आएका थिए

Wednesday, June 26, 2013

मेरो देश यतिखेर ....


भन्नेहरु त देश झरीले लछ्रप्प भिजेको छ भन्दैछन् तर म यहाँ लेख्दै छु, देश वर्वरी झरेको आँशुले भिजेको छ । रोग भोक र शोकले आक्रान्त मेरो देश घरवार विहीन घरमुली भएको छ । लाउँ लाउँ खाउँ खाउँ का सोह्र वर्षे तन्नेरी तरुणी गुमाएर, तोते वोलीमा भर्खरै बा, आमा, भन्ने सन्तान (जसलाई हेर्ने वित्तिकै सारा थकाइ मेटाउने जादुगरी नाती नातिना) गुमाएर वसेका हजुर वा हजुरआमा, वा, आमाहरुको हृदयविदारक कहानी लिएर उभेको छ देश यति खेर ।
भाग्दा भाग्दै पछाडिवाट वाढी आयो त्यही भेलमा वगे, भेलले लछादै पछार्दै लग्यो, हेर्दा हेर्दै साथीहरु सवै वगायो धन्न म अलि चाँडो भागेछु र डाँडामा पुगेर वाँचे तर वाँचेर के गर्नु उता घरमा पनि पहिरो गयो रे । घरै छैन अरे । के का लागि वाँच्नु भन्ने दार्चुलेली युवाको यथार्थता टाँगेर भिख माग्दैछ मेरो देश यतिखेर  ।

Saturday, June 22, 2013

सुबिसु केबुलनेटको नया योजना

काठमाडौं । एसएलसी उत्तीर्ण हुने विद्यार्थीलाई लक्ष्य गरी सुबिसु केबुलनेट प्रालिले नयाँ प्याकेज सहितको अफर ल्याएको छ । '२०६९ एसएलसी ग्रजुएट इन्टरनेट प्याकेज' नाम दिएर यो अफरमा विद्यार्थीले ७ सय ५० रुपैयाँमा ५१२/५१२ केबिपिएस गतिमा हरेक महिना ५० घन्टा इन्टरनेट चलाउन पाउँनेछन् ।
यो प्याकेजमा केबुल टिभी च्यानल, बिटडिफेन्डर एन्टिभाइरस इन्टरनेट सेक्युरिटी र एउटा पेनड्राइभ पनि पाइने कम्पनीले जनाएको छ। त्यस्तै अन्य अनलिमिटेड इन्टरनेट प्याकेज खरिदमा पनि इन्टरनेट स्कलरसिप प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ। योजना काठमाडौंमा उपत्यकामा मात्र लागु हुनेछ।

Sunday, June 16, 2013

वालकथा

पुष्पराज अधिकारी
नुवकोट, २०७०
प्रायः हरेक विहान म देवीघाट जाने गर्दछु । आफ्नै कामको शिलसिलामा । म वाटामा हिडदै थिए । वाटामा कोही आफ्नो नानीसंग कुरा गर्दै भन्दै थिए– उ सर आए, भाग भाग । म आफ्नौ वाटो लागे । चुप चुप । उक्त मान्छेको सानी नानी चाही मलाई देखेर आफ्नो घर तर्फ दगुरी ।
अर्कोदिन म त्यहिँ पुगे फेरी म तफै इंगित गर्दै भनिदै थियो तँ चुप लाग नत्र उ सरलाई भन्दिन्छु । अनि सरले तलाई पिटछन् ।

गजल


गजल
ओठ टोकी लजाउने त्यै रुपले दा¥यो मलाई
कर्के नजर लगाउने त्यै धुपले मा¥यो मलाई

माथि माथि देउरालीमा वैरागी झैं वस्ने गर्थे
साँच्चै साथी वेशीतिर त्यै रुपले झा¥यो मलाई

सास फल्थ्यो उमेरमा परेलीले वोलाउदा
किन किन  नजिकतिर त्यै रुपले सा¥यो मलाई


मेरो दोष उनको दोष सारा दोष हटाउदै
स्वर्ग जाने नदी पनि त्यै रुपले ता¥यो मलाई

गजल


नशा भरी विष भर्छु तिम्रै सम्झनामा
कहिले काहीँ पिउने गर्छु तिम्रै सम्झनामा

निष्ठूरी हौ बुझ्दा पनि तिम्रै याद आउछ प्यारी
तडपिएर सधैं मर्छु तिम्रै सम्झनामा

सवै जना पागल भन्छन् औल्याएर मलाई
पागल रुप पनि धर्छु तिम्रै सम्झनामा

फूल पनि कालो देख्नु किन हिजो आज
आसु ढोली आँखा धुन्छु तिम्रै सम्झनामा

किन वाँच्नु एक्लै मैले  आउछु नि त्यतै तिर
पुष्प सरी फूली झर्छु तिमै्र सम्झनामा

Saturday, June 15, 2013

गजल

–पुष्पराज अधिकारी

एकै क्षणको रमाइलोलाई सारा खुसी साट्दा रै छौ
दुइ किनारलाई एकै गर्न आफ्नो माया वाँडदा रै छौ


संसारका नौला काम तिमी आफै थाल प्यारी
सिन्दुर झुटो वनाएर आपसमा मन वाँडदा रै छौ


मेरी प्यारी, हाय गीता, पुकार्थे म भ्रमीत भइ
भविष्यनै दाउ लगाई मंगलसुत्र वाँड्दा रै छौ


कस्ती दानी प्यारी तिमी, दुःखी जालन्धर परे मत
कलिको विष्णु वोलाएर आफ्नो प्यार वाँड्दा रै छौ


उनका आँखा भरी भरी, छवी छवी आउँछ
मलाइ छली पुष्प वनी मेरो प्यार वाँड्दा रैछ ।

–२०६८÷१०÷०६

Friday, June 14, 2013

बरतमान शिक्षा

आदिम ढुंगे युगका मानवहरुको विकासक्रम आज सम्म आइपुग्दा वैज्ञानिक युगमा कहलिएको छ । तथ्य प्रमाणका आधारमा सत्य असत्य छुट्याउने भएको छ । तथापी नेपाल र नेपालीको हकमा पूर्णत वैज्ञानिक युगको विकास भएको मान्न सकिदैन ।
नेपालीहरुको शैक्ष्ँिक विकास समयको परिवर्तनसंगै परिवर्तित हुदै आए पनि अन्य राष्ट्रको तुलनामा सुस्त गतिमा घस्रिदै अघिवढेको प्रष्ट छ । शिक्षाले समाज विकास गर्र्दै लैजान्छ । शिक्षानै समाज विकासको मेरुदण्ड हो । शिक्षा विना समाज विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन सक्दैन । दक्ष जनशक्ति विना देश विकासको कल्पना समेत गर्न सकिदैन । दक्ष जनशक्ति निर्माण क्रम वालवालिकावाट नै शुरु गरिनु पर्दछ । जसको तात्पर्य प्राथमिक स्तरको शिक्षावाट नै गरिनु पर्छ भन्ने हो । यदि यसो भएको खण्डमा उ आगतसंग लडन सक्ने सिपाहि हुन्छ । भविश्यको घटनाक्रमसंग लडनुपर्ने वाध्यता हरेक जिवित मानवलाई पर्न जान्छ । यसर्थ योग्य लडाकु निर्माणको लागि वाल वालिकालाई शिक्षा दिनु आवश्यक छ । साथै पढ्न पाउनु उसको जन्म सिद्ध अधिकार हो ।
वालवालिकाको शैक्षिक जीवन प्राथमिक शिक्षावाट मात्र सम्भवन छ । हाम्रो देश नेपालको परिप्रेक्ष्यमा हाल कक्षा एक देखि  पांच सम्म प्राथमिक शिक्षाको स्तम्भको रुपमा लिइएको छ । यसैगरी छिमेकी राष्ट्र भारतको ब्अत द्धछ को संविधान अनुसार वालकलाई अनिवार्य रुपमा १४ वर्षको उमेर सम्म निशुल्क प्रदान गरिने शिक्षा नै प्राथमिक शिक्षा हो भनि विष्लेषण गरिएको छ ।
देश, काल, समय, परिस्थिति, राष्ट्रिय एवं अन्तरराष्ट्रिय मूलय मान्यताको आधारमा प्राथमिक शिक्षालाई परिमार्जित एवं परिष्कृत गरिदै लगिएको छ । विश्वमा शैक्षिकरुपमा सम्पन्न मानिएका राष्ट्रहरुले उत्तरार्धको शिक्षा भन्दा प्रारम्भिक चरणको शिक्षा वढी महत्वपूर्ण मान्दै आएका छन् । जग वलियो भयो भने न घर वलियो हुने हो भन्ने प्रचलित भनाइलाई शिक्षासंग जोडदा थप स्पष्ट हुन आउछ ।
नेपालको सन्दर्भमा भन्ने हो भने प्राथमिक शिक्षा वालवालिका भुलाउने, फकाउने कार्य मात्र  गरेको पाइन्छ । वैज्ञानिकहरुको एक अनुसन्धानले वालवालिकाको पूर्ववाल्यावस्था घुमफिर गराउनु पर्ने उमेर भएको वताएका छन् । अनुसन्धान कर्ताहरुले वावु आमाले आफ्नो वच्चलाई विभिन्न ठाउंमा घुमाउने र नयां ठाउंमा नघुमेका वाल वालिकावीच गरेको अध्ययनवाट विभिन्न स्थान घुमेका वालवालिकाको स्मरण शक्ति दीर्घकालिन र वढी  भएको तथ्य पेश गरेका छन् ।
नेपालको परिप्रेक्ष्यमा प्रति व्यक्ति आय कम हुनु फितलो र अवैज्ञानिक शिक्षा पद्धतीले गर्दा मानिसहरु शिक्षित र दक्ष हुन सकेका छैनन् । शिक्षित भनि गणितिय अंकन गरिएका मध्य पनि अधिकांस साक्षर मात्र छन् । यसमा अन्यथा अर्थ नलागेमा सीप युक्त छैनन् भन्न खोजिएको हो । यसका कारण मानव विकास सूचकांक माथि उठन सकेको छैन । निरंकुश प्रणालीमा आधारित शिक्षा नीति नै यसको मूख्य कारक तत्व हो । यसमा युगानुकुल परिवर्तन नगर्ने हो भने नेपालीहरुको सभ्यता अन्य विकसित देशको दांजोमा ढुंगे युगवाट उत्रदै गरेको नीति भन्दा अत्यक्ति नहोला । विकसित देशमा शिक्षा नीतिको आधारमा राजनीति निर्देशित हुन्छ । तर हाम्रो जस्तो विकाशसिल मुलुकमा राजनीतिवाट शिक्षा अभिप्रेरित भएको पाइन्छ ।  के यसो हुनु सांच्चै शिक्षा विकास गर्ने सही नियत हो त ? सोच्नुपर्ने वेला आएको छ ।
विश्वको वदलिदो राजनैतिक घटनाक्रमसंगै विभिन्न देशहरुले आप्mनो शिक्षा नीतिमा नै फेर वदल गरेको पाइन्छ । दास्रो विश्वयुद्ध पछि रुस र जापानले आप्mनो शिक्षा पद्धतीलाईनै परिवर्तन ग¥यो । फलतः उ अहिले विश्वको हिरो भएको छ । तर ऋषीमुनीहरुको तपोभूमी, प्रकृतिको अनुपम वरदान र शिक्षाको उचित स्थान मानिने नेपालमा शिक्षा नीति परिवर्तन त परै जावस समयानुकुल व्यावहारिक परिमार्जन पनि गरिएको पाइदैन । परिवर्तन गरिएको छ त केवल कागजी परिवर्तन मात्र । नेपालको सन्दर्भमा गरिएको भनिएको परिवर्तन भाषिक रुपमा त्यसलाई धमिल्याउन मात्र खोजिएको छ । तत्कालिन राणशासकहरुले निर्धारण गरेको पारिवारीक शिक्ष्ाँ नीतिलाई २०११, २०१८, २०२८, २०४९ को रुपमात्र दिइएको छ । हालको सन्दर्भमा त्यो शिक्षा नीति समूल नष्ट गरी प्रगतिशिल शिक्षा नीति आवश्यक छ । तर त्यसको निर्माण गर्ने कसले ?
नेपाल जस्तो विकाशोन्मुख देशमा सवैले उच्चतहको शिक्ष्ाँ यतिखेर पाउनु पर्छ भनिता पनि व्यावहारत त्यो असफल हन्छ । यसर्थ नेपालीहरुको लागि प्राथमिक शिक्षा नै अन्तिम शिक्षा हुन पुग्छ । यसर्थ प्राथमिक शिक्षा सुनिश्चित एवं व्यावहारिक वनाउनु राष्ट्रको दायित्व हो । विद्यालय खोल्ने, शिक्षक दरवन्दि प्रदान गर्ने कार्यले मात्र नेपालको शिक्षा नीतिमा परिमार्जन एवं विकास गरिएको भन्न मिल्दैन ।
हाल आएर सरकारले दातृराष्ट्र पल्काउने नेपाली विद्यार्थीको भविष्य टाट पल्टाउने नीति अख्तियार गरेको छ । सैद्धान्तिक रुपमा अति उत्तम नीतिहरु भनिए पनि व्यावहारीक हुन नसक्ने खालको नीति अंगिकार गरेको पाइन्छ । हालको विविध नीति जसले शिक्षितहरुको संख्या वढाउने नाममा साक्षरता दर मात्र वढाइरहेको छ । के अवको विश्वले साक्षरता दरमा मात्र चित्त वुझाउने अवस्था छ ?
एका तिर गणतन्त्र नेपाल र यसले वोकेका आशाहरु आम नेपालीको मन मष्तिष्कमा कल्पिरहेको छ । अर्को तिर शिक्षा नीति उहि पुरानै सामन्ति संस्कार र सैद्धान्तिकतालाई महादेवले शतीदेवी वोकेर वौलाहे झैं काखी च्यापेर नेपाली वालवालिकाको जीवनमा वज्रीरहेको छ । यति खेर विभिन्न राष्ट्रको शिक्षा नीतिमा प्राथमिक शिक्षा कस्तो छ ? अध्ययन गरी त्यसलाई अवलम्वन गर्दै नेपालको परिप्रेक्ष्यमा प्रयोग गर्नुपर्ने चुनौती नेपाल सरकारको कांधमा छ । जसको प्रयोगको लागि दवाव नेपाली जनता र शिक्षासंग सरोकार राख्ने सवैले दिनुपर्ने देखिन्छ ।
अमेरिकाको शिक्षा नीति अन्तर्गत यसले प्राथमिक शिक्षामा राखेको शैक्षिक उद्देश्य निम्न रहेको छ ।
ड्ड    सामाजिक पनको निर्माण र राष्ट्रियताको साहस ।
ड्ड    व्यक्तिवादी पन र सामाजिक वीचारका वीचको समाञ्जस्यता ।
ड्ड    सिर्जनात्मकताको विकास ।
अमेरिकाले दोस्रो विश्वयुद्धमा जापान माथि गरेको हमलाले अन्यकुरामा जस्तो असर गरे पनि उसले आप्mनो शिक्षा नीतिमा आमूल परिवर्त गरेको थियो । जापानले प्रथमिक शिक्षावाट राखेको अपेक्षा निम्न छ ।
ड्ड    वालवालिकाको स्वास्थ्यमा विकास गराउनु ।
ड्ड    विश्वप्रतिश्पर्धामा सवल हुन सक्ने नागरिकको तयारी गर्नु ।
ड्ड    वालवालिकाको मनोवैज्ञानिक र सामाजिक विकास गराउनु ।

१९ औं सताव्दीको सुरुतिर वाट चीनमा वेलायत र अमेरिकाले औपनीवेशिक मिसन स्कूलको स्थापना ग¥यो अन्तत १९४९ मा चीन स्वतन्त्र भयो । नयां चीनको घोषणा गरियो । तत् पश्चात चीनको प्राथमिक शिक्षाको उद्देश्य निम्न रहयो ।
ड्ड    कम्युनिष्ट पार्टीलाई माया गर्ने
ड्ड    समाजवादको आधारमा रही मातृभूमी, जनता तथा कामदारलाई माया गर्ने ।
ड्ड    विद्यार्थीहरुमा पढने, लेख्ने हिसा वगर्ने तथा सामाजिक विज्ञानमा आधारभूत ज्ञान प्राप्त गर्न सक्ने क्षमताको विकासमा सहयोग पु¥याउने ।

अव नेपालको प्राथमिक शिक्षाको उद्देश्यले राखेको अपेक्षा निम्न छन् ।
ड्ड    कला सौन्दर्य र संस्कृति प्रति अभिरुची जगाउने ।
ड्ड    दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या हल गर्न सीप विकास गर्ने ।
ड्ड    राज्य र राष्ट्रिय एकताको विकासको निम्ति अनुसाशित नागरिक वनाउने ।


Wednesday, June 5, 2013

नेपालको शैक्षिक इतिहास (राणाकाल)
ड्ड    बि.सं. १९०३।०६।०३ मा जंगबहादुर राणाले शासनसत्ता हातमा लिएपछि अंग्रेजी शिक्षाबाट प्रभावित भई बि.सं. १९१० असोज २७ मा अंग्रेजी प्रारम्भिक स्कुलको स्थापना (पहिलो प्रअ ःच। ऋबललष्लन तथा सुपरिवेक्षक ःच। च्यकक), १९३२ देखि भाइभारदारका छोराहरुले प्रवेश पाउन थालेका, १९४२ देखि सर्वसाधारण जनताका छोराले प्रवेश पाउन सक्ने व्यवस्था, शुरुमा हाइस्कुलको सम्बन्धन कलकत्ता विश्वविद्यालयसँग रहेकोले कक्षा १० को अन्तिम परीक्षा दिन कलकत्ता जानुपर्ने अवस्था थियो, पहिलो नेपाली हेडमास्टर सरदार रुद्रराज पाण्डे ।
    बि.सं. १९१५ मा शिक्षा विभागको गठन (डाईरेक्टर जनरल बबरजंग),
    १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्दले संस्कृत पाठशालाको स्थापना
    १९३४ मा रानीपोखरी पाठशालाको स्थापना पछि संस्कृत शिक्षाको पनि सरकारी तवरबाट शुरुवात ।
    देवशमशेरले देशभरी करिब ३०० पाठशाला खोल्ने उद्देश्यले करिब ३ लाख रुपैयाँ छुट्याएका थिएपनि, छोटो अवधिमा ५७ वटा पाठशालाहरु खोले ।
    १९५८ बैशाख ३० मा काठमाडौंमा जनाना पाठशालाको स्थापना भएतापनि असोज ११ मा चन्द्रशमशेरले खारेज गरिदिएका थिए । प्छि १९८० असार २२ गते काठमाडौं, पाटन र भक्तपुरमा ४ श्रेणीसम्म पढाउने कन्या पाठशाला खोले ।
    देवशमशेरको पालामा सर्वप्रथम जय पृथ्वीबहादुर सिंहले नेपाली भाषाको पाठ्यपुस्तक अक्षरांक शिक्षा तयार भएको
    १९५८ बैशाख २४ देखि गोरखापत्रको प्रथम प्रकाशन
    उपत्यका बाहिरको पहिलो अंग्रेजी विद्यालय चन्द्र मिडिल स्कुलको नामबाट १९७२ मा सिराहामा खुल्यो ।
    सरकारी कामकाज गर्नकालागि १९६२ कार्तिकमा श्रेस्ता पाठशालाको स्थापना
    श्रेस्ता पाठशालामा पढ्ने विद्यार्थीकोे परीक्षा गरी पास हुनेलाई प्रमाणपत्र दिन १९६७ कात्तिक मा पासजाँच अड्डाको स्थापना
    श्रेस्ता पाठशालामा लेख, श्रेस्ता, हिसाब र औंठाको सहीछाप गरी चार विषय पास गरेकालाई चारपासे भनिन्थ्यो । जतिवटा विषयहरु पास ग¥यो त्यति पासे भनिन्थ्यो ।
    चन्द्र शमशेरले भाषा पाठशालाहरुको निरीक्षण गर्न १९७६ मा पाठशाला बन्दोबस्त इन्स्पेक्टरी अफिसको स्थापना गरेका
    १९९३ मा गठन भएको २२ सदस्यीय शिक्षा समितिको सुझाव अनुसार १९९४ मा सर्वप्रथम प्राथमिक स्कूलको पाठ्यक्रम प्रकाशनमा आएको
    १९६८ देखि म्याट्रिकुलेसन परीक्षामा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन पाईने व्यवस्था भएको ।
ड्ड    १९७० फागुनमा गोरखा भाषा प्रकाशिनी समितिको अड्डा खुलेको र १९८९ देखि यसको नाम नेपाली भाषा प्रकाशिनी समिति भएको
ड्ड    १९७५ भाद्र २७ मा मा उच्च शिक्षाको व्यवस्था गर्न त्रिचन्द्र कलेज (तत्कालिन त्रिभुवन चन्द्र कलेज)को स्थापना, शुरुमा कलकत्ता विश्वविद्यालयसँग सम्बन्धन भएकोमा १९८० देखि पटना विश्वविद्यालयसँग सम्बन्धन सारिएको ।
ड्ड    १९९० कार्तिक १६ मा एस.एल.सी. परीक्षा बोर्डको गठन भएपछि विद्यालय तहको अन्तिम परीक्षा दिन बाहिर जानुनपर्ने भयो । १९८६ देखि पटना विश्वविद्यालयको परीक्षा केन्द्र काठमाडौंमा  खुलेको थियो । त्यतिवेला नेपालमा दरबार र पाटन हाइस्कुल मात्र थिए । पहिलो परीक्षा नियन्त्रक नन्दराम उप्रेती नियुक्त । पहिलो वर्ष दरबारका २७ र पाटनका ७ गरी ३४ जनाले  परीक्षाको लागि फर्म भरेका, ३३ जना परीक्षामा सम्मिलित भएका मध्ये १० जना दोस्रो र ९ जना तेस्रो श्रेणीमा उत्तीर्ण ।
ड्ड    १९८८ को पुस्तकालय पर्व (लक्ष्मीप्रसाद देवकोटा, जोगवीर सिंह, हरिकृष्ण श्रेष्ठ, कृष्णप्रसाद थपलिया समेत ४६ लाई थुनेको)
ड्ड    १९८६ कात्तिक ४ गते पं. कृष्णप्रसाद कोईरालाकोे निर्वासन समयमा उनकै सक्रियतामा भारतको टेन्डी भन्ने ठाउँमा  आदर्श विद्यालयको स्थापना भएको र १९९२ मा विराटनगरमा सारिएको ।
ड्ड    १९९६ माघ ८ मा सर्वसाधारणका लागि शिक्षाको इश्तिहार जारी गरिएको, शिक्षाको पहिलो कानून
ड्ड    १९९८ मा इन्स्पेक्टर अफ स्कुल्स को स्थापना सूर्यप्रसाद उपाध्याय इन्स्पेक्टर अफ स्कुल्समा नियुक्त , २००३ देखि पूर्वाञ्चल इन्स्पेक्टर अफ स्कुल्स जनकपुरमा र पश्चिमाञ्चल इन्स्पेक्टर अफ स्कुल्स पाल्पामा स्थापना ।
ड्ड    २००४ मा ताहाचलमा आधार स्कुलमा पढाउने शिक्षक तयार गर्न पहिलो शिक्षक शिक्षण केन्द्रको स्थापना, २००४ साल असोज १६ गते विभिन्न १४ ठाउँमा आधार स्कुलको स्वीकृति भएको ।
ड्ड    २००५ सालमा काठमाडौंमा पहिलो पूर्वप्राथमिक मन्टेश्वरी स्कुलको स्थापना,
नेपालको शैक्षिक इतिहास (प्रजातन्त्र स्थापना पश्चात)
ड्ड    २००७ सालमा नेपालको साक्षरता प्रतिशत २ रहेको, ३२१ प्रा.वि., ११ मा.वि. र १ महाविद्यालय रहेका थिए ।
ड्ड    २००७ चैत्र १५ मा रात्री पाठशाला खुलेको ।
ड्ड    २००९ मा रुद्रराज पाण्डेको अध्यक्षतामा गठित राष्ट्रिय शिक्षा बोर्ड को सिफारिश अनुसार २०१० चैत्र ९ मा ४६ सदस्यीय राष्ट्रिय शिक्षा योजना आयोगको गठन, उक्त आयोगले नेपालमा शिक्षा नामक प्रतिवेदन २०११ फागुन १६ मा पेश गरेको
ड्ड    नेपालमा शिक्षा नामक प्रतिवेदनका प्रमुख सिफारिशहरु ः
    ५+५+४÷७ को शिक्षाको संरचना
    सन् १९८५ सम्ममा निशुल्क अनिवार्य प्राथमिक शिक्षा उपलब्ध गराउने
    बहुउद्देश्यीय माध्यमिक शिक्षाको व्यवस्था
     राष्ट्रिय विश्वविद्यालयको स्थापना
    प्रौढहरुका लागि प्रौढ शिक्षाको व्यवस्था,
    नेपाली भाषाको माध्यमबाट पठनपाठन
ड्ड    माध्यमिक विद्यालय शिक्षक, प्र.अ., शिक्षा निरीक्षक र शिक्षा प्रशासक तयार गर्न कलेज अफ एजुकेशन २०१३ साल भाद्र २४ मा स्थापित, १ वर्षे, ३ वर्षे तथा ४ वर्षे बी. एड. कार्यक्रम सञ्चालन गरेको । २०२९ देखि राष्ट्रिय शिक्षा पद्धतिको योजना प्राविधिक उच्च शिक्षातर्फ लागू भएपछि यो त्रि वि वि शिक्षाशास्त्र अध्ययन संस्थान अन्तर्गतको क्याम्पस बन्न गयो ।
ड्ड    २०१६ आषाढ ११ मा त्रिभुवन विश्वविद्यालयको स्थापना, प्रथम कुलपति कान्ति राज्यलक्ष्मी देवी शाह । २ वर्षसम्म पटना विश्वविद्यालयकै पाठ्यक्रम बमोजिम सञ्चालन भएपछि २०१८ देखि आफ्नै पाठ्यक्रम तर्जुमा गरी पठनपाठन शुरु ।
नेपालको शैक्षिक इतिहास (आम निर्वाचन र पञ्चायतको पूर्वाद्धमा)
ड्ड    २०१७ सालको राजनैतिक परिवर्तनपछि अनुकूल शिक्षाको व्यवस्था गर्न तत्कालिन शिक्षामन्त्री विश्वबन्धु थापाको अध्यक्षतामा १२ सदस्यीय सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको गठन २०१८ बैशाख २५ मा, समितिले २०१८ असार १५ मा आफ्नो प्रतिवेदन पेश गरेको । यसका प्रमुख सिफारिशहरु निम्नानुसार रहेका—
    सम्पूर्ण देशमा एकै प्रकारको शिक्षा पद्धति (५+६+३ को शिक्षाको संरचना) लागू गर्नुपर्ने र शिक्षाको माध्यम एकै हुनुपर्ने ,
    शिक्षालाई देश, समाज र व्यक्तिको निमित्त सबै दृष्टिबाट उपयोगी बनाउनु पर्ने,
    प्राथमिक शिक्षालाई सम्पूर्ण देशभर निःशूल्क एवं अनिवार्य गर्नुपर्ने,
    व्यावसायिक तथा प्राविधिक शिक्षातर्फ विशेष ध्यान दिनुपर्ने ,
संस्कृत शिक्षालाई प्रोत्साहन गर्न साधारण शिक्षामानै समाविष्ट गराउने, संस्कृत लिने छात्रहरुसँग शूल्क नलिने र सकेसम्म छात्रवृत्ति उपलब्ध गराउने,
समाजका प्रत्येक अंगलाई साक्षर बनाउन समाज शिक्षाको व्यवस्था गर्ने,
देशका सारा शिक्षण संस्था उपर सरकारको नियन्त्रण हुनुपर्ने,
शिक्षण संस्था र त्यसबाट प्राप्त हुने उपाधि एवं नामाकरण आफ्नो संस्कृति एवं परम्पराको अनुरुप गर्ने (प्राथमिक विद्यालय पास — प्रथमा, माध्यमिक विद्यालय पास — मध्यमा, स्नातक पास — स्नातकशास्त्री, स्नातकोत्तर — आचार्य आदि)
उच्च शिक्षाको क्रममा पनि परिवर्तन ल्याउने र त्यसलाई सुगठित बनाउने (उच्च शिक्षा तर्फ एकै प्राध्यापकले दुइ तीनतिर काम गर्न पाउने व्यवस्थाको अन्त हुनुपर्ने )
ग्ल्भ्क्ऋइ को सहयोगमा ओरेगन विश्वविद्यालयका प्राध्यापक डा. ह्युग बी. उड र ब्रुनो नालको दलले शिक्षा विकासको निमित्त व्यावहारिक सुझावहरु पेश गर्न टोली गठन २०१८ पौषमा , यसले चलिरहेका विविध प्रकारका शिक्षाको विस्तार वन्द गर्ने, प्राथमिक तहमा १ः२५ देखि १ः३० र माध्यमिक तहमा १ः२० देखि १ः२५ शिक्षक विद्यार्थी अनुपात कायम राख्ने, आर्थिक स्रोत पुग्दो नहुञ्जेल ६ वर्षको लागि माध्यमिक शिक्षा स्थगित राख्ने, शिक्षण विधि र शिक्षण सामग्रीको
ड्ड    २०२६ कार्तिक १४ मा बासुदेव ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय रााष्ट्रिय शिक्षा सल्लाहकार परिषद्को पुनः गठन, शिक्षा प्रशासनको व्यवस्था उपयुक्त नभएको, शिक्षाको कार्यक्रम योजनाबद्ध नभएको, हाल विनियोजित रकमबाट सिफारिसहरु लागु गर्न नसकिने मुख्य रायहरु प्रस्तुत गरेको, प्रतिवेदनको कारवाही हुन नपाउँदै २०२८ बैशाख ५ मा राष्ट्रिय शिक्षा समितिको गठन भएपछि औचित्यहीन भएको ।
ड्ड    २०१७ मा जिल्ला शिक्षा निरीक्षकको व्यवस्था, २०१८ मा अञ्चल शिक्षा अधिकारीको व्यवस्था      (२०२७ सालमा अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज भएका),
ड्ड    २०२१ मा पूर्वमा धरान तथा पश्चिममा पोखरामा प्रमुख शिक्षा अधिकारीको व्यवस्था भई २०२५ मा खारेज गरिएको ।
ड्ड    २०२३ मा बागमती, नारायणी र गण्डकी ३ अञ्चलका २० जिल्लामा प्राथमिक विद्यालयमा पढाउन चाहने वा शिक्षक बन्न चाहनेले शिक्षण अधिकारपत्र लिनुपर्ने व्यवस्था लागु भयो
ड्ड    सिमित व्यक्ति वा संस्थालाई अति गोप्य तरिकाले योजनाको मस्यौदा तयार गरी राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८—२०३२) तयार गरिएको, योजना लागू गर्नका लागि शिक्षा ऐन २०२८ को तर्जुमा भई चरणबद्ध रुपमा लागू गरिएको
ड्ड    २०३५ सालमा रेडियो शिक्षा शिक्षक तालिम आयोजनाको स्थापना, २०३७ सालदेखि रेडियो तालिम कार्यक्रम शुरु, २०५० श्रावण १ मा दूर शिक्षा केन्द्रको स्थापना
ड्ड    २०३९ भाद्र १ मा रणधीर सुब्बाको अध्यक्षतामा ५ सदस्यीय शाही उच्च शिक्षा आयोगको गठन, उच्च शिक्षामा सीमित रही गठन गरिएको यो पहिलो आयोग, आयोगका मुख्य सुझावहरु ः
ड्ड        — उच्च शिक्षासम्बन्धी नीति निर्माण र अन्य काम गर्न उच्चस्तरीय राष्ट्रिय निकायको व्यवस्था गर्नुपर्ने,
ड्ड        — त्रिविविको केन्द्रीय प्रशासनिक संरचनामा परिवर्तन गर्नुपर्ने
ड्ड        — क्याम्पस प्रमुखको पद सावधिक नराखी स्थायीरुपमा नियुक्त गर्ने
ड्ड        — प्राविधिक अध्ययन संस्थानको प्रमुखलाई रेक्टर (शिक्षाध्यक्ष) भन्ने
ड्ड        — संस्कृत उच्च शिक्षाका लागि अलग विश्वविद्यालय स्थापना गर्ने
ड्ड        — संस्कृत विश्वविद्यालय संचालनको आर्थिक दायित्व सरकारले व्यहोर्ने
ड्ड    प्रजातन्त्रको पुस्थापना पश्चात शिक्षाको समयानुकूल विकास र विस्तार गर्न २०४७ फागुन १४ गते राष्ट्रिय शिक्षा आयोगको गठन, २०४८ श्रावण १३ मा पुनःगठन ।
ड्ड    १९१५ मा गठन भएको शिक्षा विभाग २०२८ भाद्रमा विघटन भयो र २०५६ जेष्ठ ९ मा पुनः गठन
ड्ड    २०५४ बैशाख १२ को सरकारको निर्णयानुसार तत्कालीन शिक्षामन्त्री देवी प्रसाद ओझाको अध्यक्षतामा १९ सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन