Pages

Saturday, March 23, 2013

आधारातमा लोग्ने उठेर हिडेपछि

आधारातमा लोग्ने उठेर हिडेपछि

ढक ..........ढक ढक, ढक ढक, जोडले ढक ढक, घच्याक घच्याक गरेको आवाज आयो, झसंग भएर व्यूझिए, मस्त निद्रमा रहेछु । जवरजस्ती व्यूझिनु पर्दा मुटुको धडकन वढेर आयो । ढुक ढुक ढुक ......। के गर्ने ? के नगर्ने ? के भएको ? केही वुझ्नै सकिन । फेरी ठुलो आवाज आयो । ढोका खोलु न । ढोका खोल भनेर नत  तँ भनिएको छ, नत तपाइ नै । को मान्छे होला ? यति राती किन होला ? हत्तपत्त सिरानीमा राखेको मोवाइलमा हेरे । रातको भर्खर १२ वजेकोे रहेछ । सायद ! २५÷३० सेकेण्डमै म दौडेर ढोकामा पुगे ! तर ढोका खोलौंकी नखोलौं दोधारमा परे । यति वेलामा मेरा श्रीमान पनि उठेर म नजिकै आइपुगी सकेका रहेछन् । को वाहिर भनेर सोध्नु भयो ।
पहिला ढोका त खोल । वाहिरवाट आवाज आयो । श्रीमान्लेनै ढोका खोल्नु भयो । ग्वार ग्वारर्ती छ सात जना मानिस भित्र पसे । कसैको अनुहार राम्ररी चिन्न सकिन । रुमालले मुख छोपेका ।
एकजना मोटो मोटो अग्लो मान्छे उहाँ तर्फ वन्दुक पो तेस्र्यायो ! उहाँले सोध्नु भयो ? को तपाइँहरु ? किन यसो गरेको ? हटाउनुस । त्यहाँ मध्येको एक जना वोल्यो– तपाइँ विरुद्ध हाम्रो पार्टीमा मुद्धा परेको छ । तपाइलाईसंग छलफल गर्नुछ । हामी संगै हिडनुस । मेरी आम्मै ती त हाम्रै छिमेकी बालकृष्ण पो रहेछन् ? मेरो अलि होस आयो । शरिरमामा कतै कतै रक्त सञ्चार हुन लाग्यो । कतै टाढा दियो वले जस्तो धिप धिप आशाको दियो वल्यो । थाहै नपाई मुखवाट खुस्केछ–आम्मै बावुपो हुनुहुँदो रहेछ । यति भन्ने वित्तिकै उसले मेरो अनुहारमा हेर्दै नराम्रोसंग आँखा त¥यो र भन्यो–चुप यो कुरा वाहिर कतै नजाओस् ।
यति राती ? कहाँ जाने । जे छलफल छ यही वसेर गरौन उहाँले भन्नु भयो । बालकृष्णले कडा स्वरमा भन्यो हैन यहाँ हाम्रो सुरक्षमा संकट छ । तँ हामीसग हिड । उहँलाई घिच्याउदै वाहिर लगे । मरो मुखमा हेरेर भन्नु भयो–यो कुरा अन्त कतै नगर्नु, नानीहरुलाई वावा वजार जानुभएको छ पापा ल्याउछ भन्दिनु, म भलि त फर्कीहाल्छुनी । चिन्त नगरी वस्नु । यि किस्ने पनि संगै छ । यति भनेर उहाँहरुघर पछाडिको वाटो माथि जंगलतिर लाग्नु भयो ।
ढोका लगाए । गएर सुते । तर निदाउन सकिन । मनमा अनेक कुरा खेल्न थाल्यो । छिमेकी वालकृष्णवावु त कता हो माबादीमा लागेका छन् रे भन्ने सुनेकी थिए । यहि रे छ क्यार । के गर्छ यसले ? यस्तो रातमा नसुती नसुती किन लागेका होलान यस्तो पार्टीमा वेकारमा । कोल्टे फर्के निन्द्र लाग्दैन । वाहिर वदास आएर स्यार्र गरे पनि उहँ आउनु भयो जस्तो लाग्छ । तर कसैले वोलाउदैन । फेरी कोल्टे फर्कन्छु । अँह पटक्कै निन्द्रा पर्दैन । कोल्टे फेर्दा हातमा कुन्नी के हो चिसो आयो । डरले सातो गयो । वत्ति वालेर हेरे । ज्या मोवाइल पो रहेछ । घडि हेरे । एक वजेको रहेछ । मोव्याल लानु भएको भए पनि कहाँ पुग्नु भो भनि फुन गर्न हुन्थ्यो त्यो पनि घरमै छुट्यो । मनमा अनेक कुरा खेलाउदै पल्टि रहे । पेट पोली रहेको छ ।
ड्याङ् ड्याङ गरेको अवाज आयो ।  लौन नी मेरो परान्लाई मारे क्यारे मुर्दारहरुले । मुखवाट खुस्कीहाल्यो । थुक्क के पाप सोचेकी मैले । आफैलाई सम्झाउन खोजे । यस्तो अनर्थ त शत्रुको पनि नहोस् । तर मनमा आवाज अइरह्यो । के को अवाज होला । वन्दुक पडेको अवाज जस्तो छ । उफ्् के भयो आज मलाई.............कोल्टे फेर्दा फेर्दै विहान भयो ।


No comments: