Pages

Tuesday, March 19, 2013

In the morning उज्याले भए पछि

उज्याले भए पछि
कोल्टे फेर्दा फेर्दै उज्यालो भयो । चरा चुरुङिहरु चिर्विराउन थाले । सवैजागा भए तर के गर्नु मलाई उज्यालो भएन । तन मन केही पनि ताजा हुन सकेन । आज उदाउने मेरो जिन्दगीको सूर्य कटावाट उदाउछ केही थाहा छैन । कहिले उदाउँछ त्यो पनि निश्चित छैन । मन त्यसै त्यसै भक्कनीएर आयो । छोरा छेरी व्यूझिएर देख्लान भन्ने डरले घर वाहिर निस्के । धन्दा त गर्ने प¥यो । छोरीको कर्म उफ् यस्तै रहेछ । सधै पिडा मात्र भोग्नु पर्ने । अनि सञ्चै झै भएर हाँस्नु पर्ने । राती पड्केको वन्दुकको आवाज रातभरी मेरो मनमा आएर पड्केको पड्केइ छ । थाहा छैन यो अशुभ समाचार कसका लागि हो । सार सुहाउँदा लोग्ने घरवाट निस्कनु , वन्दुक पड्कनु । गग्रेटामा रहेको रित्तो गग्री पनि उचाल्न सकिन । त्यसै त्यसै खुट्टा फतक्क गलेर आए । खुइय गरेर भुइमा वसे । के भएको होला आज मलाई ? के गर्ने होला ? जसो तसो गाग्री वोकेर पधेरा तिर लागे । भर्खर मिर्मिरे उज्यालो भएको छ । आज भन्दा अघि म कहिल्यै पनि यति चाँडो पँधेर आएकी थिइन । अघि पछि साँझ विहान मलाई साह्रै डर लाग्थ्यो । भित्र वाहिर गर्न पनि मुस्किल हुन्थ्यो । घर देखि अलिकति पनि पर जानु पर्दा म उनकै साहार लिने गर्दथे तर किन हो आज मलाई त्यस्तो किमिको डर लागेको छैन । डर लागेको छ त केवल उनैको । कहाँ होलान् ? के गर्दे होलान्  ? के विराएछन् हाम्रा सानाका वावाले ? कसले उजरी दिएका होलान् उनी विरुद्ध ? यस्तै यस्तै प्रश्नले मलाई चारैतिर घेर्न थाले जसरी अरिगालको गोलामा ढुंगाहान्दा अरिंगालले झम्टेर घेरा हाल्छ त्यसरी म प्रश्नै प्रश्नले घेरिए । पेट पोली रहेछ पिडा भइरहेछ ।
वाटामा गाग्रीको डोको विसाएर कृष्ण वावुकोमा जान कान्लो ओर्लिए । उनी पनि थिए । कतै दाजु भाइ काम सकेर त्यहीँ आएर सुतेका त छैैनन् ? सायद राती अवेला भयो होला । कृष्णले कर गरेहोलान् । अति नै सोझा मान्छे , नाइ, हुन्न, दिन्न भन्न जानेकौ छैनन् । आफ्नो लोग्ने भनेर होइन आँखामा राखेनी नविझाउने खालका छन् मेरा वुढा । भैगो भनेर सुत्दे होलान् । जान्छु वोलाउछु  । संगै घर लान्छु । सोच्दा सोच्दै कृण्णको घरमा पुगे । सुन सान छ । कोही उठेका छैनन् । ढोका लागि राखेको छ । माथि मटानमा खोकेको आवाज आयो । वाजे , ए वाजे  । को हाँ माथि मटानवाट सोध्नु भयो । नाताले मेरो ससुरा पर्ने । वालकृष्णका वावु । बालकृष्ण वावु हुनु हुन्न वाजे ? को भनेको त ? ए दुलइ तँ । किन कान्छि । यति सवेरै कान्छालाई किन खोजेकी दुलै ? घरा मान्छे र वावु हिजो राती संगै निस्कनु भाको थ्यो खै अर्झ फर्कनु भन । अनि । एकै सासमा सवै कुरा सुनाए । ख्वाक्क, ख्वाक्क, ख्यार्रर्र थु । मटानवाट वाहिर थुक्दै वसेको खाटवाट उठ्दै खोइ कान्छी के भा को हो हिजो आज वेला घर आउँदैन । कहाँ जान्छ कहाँ । कहिले राती आएर सुत्छ । कहिले मध्यरातमा ढोका खोलेर निस्केर जान्छ । सोध्यो केही भन्दैन खाली काम छ मात्र भन्छ । त्यो घर न आको त आज तीन दिन भइसक्यो । कहाँ गा को हो खै म के जानम् । आफू यही हो, दम छ । केही काम गर्न सक्दीन । घरा कोइ छैनन् । दुवै दाजु भाइ गएका भए कतै कुनै काममा गएका होलान् । आउलाननी त ।
मैले हिजो राती घरमा भएको सवै कुरा वेलीविस्तार लगाए । केही वेर पछि पडकेको अवाज आएको कुरापनि सुनाए । खै के गर्छ के । यो वुढेसकालमा सहारा होला छोरो जन्मेला भनेर  पर्खेको चार वटा भनेर छोरी छोरी जन्मे पछि जन्मेको छोरो । कुलको इज्जत धान्ला । वुढेसकालमा सहारा देला भनेको त कुलंगार भएर जाने भो । यो किन वेला घर आउदैन भनेको यस्तो कममा पो लागेको रहेछ । के गर्नु वा मेरो त कर्मै यस्तो । न म¥यो । के जान्नु वा । भन्दै वुढा खुइय् सुस्केरा हल्न थाले । मनमा झन पिडा र डर वढ्न थाल्यो । म भारि मन लिएर फर्किए । कान्ला उक्लीन पनि कति कठिन भएको । नौ नारी गलेर आए । वल्ल वल्ल माथि उक्ले्र पंधेरा तिर गए । पानी भरे अझै पनि पधेरामा कोही आएका थिएनन् । घर फर्के । गाइ वस्तुको धन्दा गरे, छोरा छोरीलाई भात ख्वाए । स्कूल पठाए । आफू मेला गए ।
मेलामा राती वन्दुक पडकेको आवाज आएको आफूहरुले पनि सुनेको  संगीहरुले वताए । पक्कै कसै न कसैको लास परेको छ । उनीहरु भन्दै थिए  । मेरो मन झन डराउन थाल्यो । म चुपचाप सुनी मात्र रहे । आफ्नो कुरा कसैलार्ई नवतानउनु भनेका छन् । कसैलाई सुनाउन पाए पनि कति हलुँगो हुन्थ्यो होला । तर के गर्नु ?
हैन यसलाई के भा छ आज, सितल वसेको वेला पनि खुइय गर्छे । वौलाही की के हो ? त्यति वोल्दा पनि वोल्दिन । हिजो अस्ती त मुख थुने चाक, चाक थुने मखले वल्ली जस्ती थिइस । हैन के भो तलाई आज ? माइली दमीनीले मैलाई इगित गर्दै थिइ । तर पनि म चुप चाप वसिरहे । केही वोलीन । एक चोटी  त झनक्क रिस पनि उठ्यो । राँडाीलाई जगल्ट्याइ दिउँ जस्तो लाग्यो तर सहे ।  दिन भरी मेलामा काम गरीयो तर कति काम गरियो के भयो ? मलाई केही थाहा भएन । हिजो अस्ती निकै थाकाइ लाग्थ्यो, तर आज अहँ केही थाहा छैन । भोक तिर्खा सवै हरायो । लाग्छ म मरी सकेकी छु । तर पनि जिउँदै छु । सास चलिरहेको छ । शरिर हिडीरहेको छ । तर म मरी सकेकी छु । वस लोकले जिउँदो देख्छ  र मात्र जिवितै छु । नत्र लोकले मलाई घाटमा लगेर पोली सक्थ्यो । वस लोकको नजरमा अझै जिउदै हुनु परेको छ । सायद छोरा छोरीको सासले चलेको होला मेरो सास पनि ।
घर आए । उनी छैनन् । घरै शुन्य छ । पर वाटामा हेर्छु तै पनि आउँदै छन् की ।  तर छैनन् । यसै गरी दिनहरु वित्दै गए तर उहाँ आउनु भएन ।



No comments: