Pages

Monday, April 1, 2013

चार्टर एकाउन्टेन्स अफ इन्डियाको होली



चार्टर एकाउन्टेन्स अफ इन्डियाको होली
देश ठूलो संकटमा यतिखेर सायद यसको समाधान अनिश्चित प्रायः यसको समाधानको लागि कुनै उपाय छैन वस् गर्दै जाँदा समाधान भयो भने जस लिने हरुले आफ्नो पक्षमा तर्क गर्लान् त्यो अलग कुरा हो तर ठोकुवा गरेर भन्न सकिन्छ वर्तमान राजनितिज्ञ भनौदाहरुले देशलाई सही निकास दिन सक्दैनन् नत चरम भ्रष्टाचारको प्रपञ्च गर्न माहिर निजामति सेवामा जागिर खाने जागिरेहरुवाट
देशमा सम्मानको विषय भनेको वुद्ध भरतको हुँदैछ भनिदैछ भोलि सगरमाथा चीनले दावा गर्ला सवै सुम्पदै जाने हो भने हामी नेपाली हुनु भन्नुमा कुनै तुक रहदैन जताततै नैतिकताको खडेरी यस्तो खडेरी माझ प्रवासी विद्यार्थीले एउटा उदाहरणीय काम गरेको कुरा भाइ दिनेश अधिकारीले वताएका छन्
प्रवासमा वसेका मानिस जो कसैलाई आफ्नो देश प्रति औधि माया लागेर आउँछ भनिन्छ देशको सच्चा मायाँ देश छोडेपछि थाहा हुन्छ यस्तै देश मोह प्रदर्शन गरेका छन् चार्टर्ड एकाउन्टेन्टस अफ इन्डिायामा अध्ययनरत नेपाली विद्यार्थीहरु र हातेमालो नेपाली विद्यार्थी समूह मार्फत एक एकता परदर्शन कार्यक्रम संयुक्त प्रयासमा  भएको हो होली पर्वलाई उत्सवको रुपमा मनाउदै आफ्नो संस्कृति जोगाउने जमर्को उठाएका छन् उनीहरुले उक्त कार्यक्रममा विशिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेका सञ्जीव तिमल्सिनाले जानकारी दिनु भयो । 
देशमा फर्केपछि आर्थिक हर हिसाव पारदर्सी वनाउने, आर्थिक निती तर्जुमा गर्ने तथा देशको आर्थिक उदारिकरण सम्वृद्धिको लागि अघि वढने युवाहरुले राष्ट्रियता जोगाउने महान कार्य पनि गरेको खवर प्राप्त भएको सेतो गन्जीमा वुद्ध, लुम्विनीमा जन्मेका हुन लुम्विनी नेपालमा पर्छ भन्ने प्रतिकात्मक सन्देश फैलाउन होलीको मौका छोपेका १५०० विद्यार्थीले जुन साहस गरे त्यो अत्यन्त सह्रायिन रहेको
देशको राष्ट्रिय अस्मिता अस्तित्व जोगाउने ठेक्का लिएका सरकारी ठेकेदारहरु भारतको पिच्छ लग्गु भएर हिडेको अवस्थामा भारतमै वसेर यस्तो महान कार्य गर्नु अत्यन्त जोखिम पूर्ण पनि । 

No comments: