Pages

Saturday, June 1, 2013

आफ्ना सन्तानसंग ख्याल ख्यालमा कुनै कुरा नगर्नुहोला ।



पुस्पराज अधिकारी
तपाइले कहिल्यै आफ्ना सन्तानलाई अंग्रेजी पाठ्य पुस्तकमा भएको ह््यान्सल एण्ड ग्रेटलको कथा सुनाउनु भएको ? सके सम्म यस्ता मर्मस्पर्सी कथाहरु नसुनाउनुहोला । कहिल्यै शिशिर र वसन्तको कथा नसुनाउनु होला । यहाँ मैले वालवालिकालाई कथा सुनाउन हुदैन भन्न खोजेको होइन । अधिकाँश वालवालिकाहरु कथा सुन्न पाउदा अत्यन्त खुसी हुन्छन् । हर दिन हामी आफ्ना सन्तानको खुसीको लागि मरिमेटीरहेका छौं । उनीहरु कथा सुन्नमा खुसी हुन्छन् भने किन नसुनाउने ? हो सुनाउनु पर्छ । तर तपाई ती सन्तानको वावु हुनुहुन्छ लहडमा सन्तान वा श्रीमतीसंग अर्को श्रीमती ल्याउँछु नभन्नु होला ।
यस्तै  कथा भन्ने सिलसिलामा एक दिन मैले मेरी छोरीलाई ह्या
न्सल एण्ड ग्रेटलको कथा सुनाए । उसले निकै चाख लगाएर सुनी । खुसी भई । अर्को दिन पनि कथा सुनाउन आग्रह गरीन् । मैले शिशिर र वसन्तको कथा सुनाए । समय वित्दै गयो । सायद मैले त्यो कथा सुनाएको तीन चार महिना पछि कुरै कुरामा मैले अर्को ममी ल्याउछु अन्तै वस्छु भनिदिए । त्यसपछि उसले आफ्नाी आमासंग सोधिछिन् मम्मी अव वावाले मलाई ह्यान्सल र ग्रेटलको जस्तै वनमा लगेर छोडिदिनुहुन्छ हो ? शिशिर र वसन्तको जस्तै म जंगलमा हराउछु हो ? भनेर प्रश्न गरीन् । अव तपाइनै कल्पना गर्नुहोस वाल मनोविज्ञानमा ख्याल ख्यालमा गरिएको कुराले कति असर पार्दछ ।

No comments: