Pages

Friday, June 14, 2013

बरतमान शिक्षा

आदिम ढुंगे युगका मानवहरुको विकासक्रम आज सम्म आइपुग्दा वैज्ञानिक युगमा कहलिएको छ । तथ्य प्रमाणका आधारमा सत्य असत्य छुट्याउने भएको छ । तथापी नेपाल र नेपालीको हकमा पूर्णत वैज्ञानिक युगको विकास भएको मान्न सकिदैन ।
नेपालीहरुको शैक्ष्ँिक विकास समयको परिवर्तनसंगै परिवर्तित हुदै आए पनि अन्य राष्ट्रको तुलनामा सुस्त गतिमा घस्रिदै अघिवढेको प्रष्ट छ । शिक्षाले समाज विकास गर्र्दै लैजान्छ । शिक्षानै समाज विकासको मेरुदण्ड हो । शिक्षा विना समाज विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन सक्दैन । दक्ष जनशक्ति विना देश विकासको कल्पना समेत गर्न सकिदैन । दक्ष जनशक्ति निर्माण क्रम वालवालिकावाट नै शुरु गरिनु पर्दछ । जसको तात्पर्य प्राथमिक स्तरको शिक्षावाट नै गरिनु पर्छ भन्ने हो । यदि यसो भएको खण्डमा उ आगतसंग लडन सक्ने सिपाहि हुन्छ । भविश्यको घटनाक्रमसंग लडनुपर्ने वाध्यता हरेक जिवित मानवलाई पर्न जान्छ । यसर्थ योग्य लडाकु निर्माणको लागि वाल वालिकालाई शिक्षा दिनु आवश्यक छ । साथै पढ्न पाउनु उसको जन्म सिद्ध अधिकार हो ।
वालवालिकाको शैक्षिक जीवन प्राथमिक शिक्षावाट मात्र सम्भवन छ । हाम्रो देश नेपालको परिप्रेक्ष्यमा हाल कक्षा एक देखि  पांच सम्म प्राथमिक शिक्षाको स्तम्भको रुपमा लिइएको छ । यसैगरी छिमेकी राष्ट्र भारतको ब्अत द्धछ को संविधान अनुसार वालकलाई अनिवार्य रुपमा १४ वर्षको उमेर सम्म निशुल्क प्रदान गरिने शिक्षा नै प्राथमिक शिक्षा हो भनि विष्लेषण गरिएको छ ।
देश, काल, समय, परिस्थिति, राष्ट्रिय एवं अन्तरराष्ट्रिय मूलय मान्यताको आधारमा प्राथमिक शिक्षालाई परिमार्जित एवं परिष्कृत गरिदै लगिएको छ । विश्वमा शैक्षिकरुपमा सम्पन्न मानिएका राष्ट्रहरुले उत्तरार्धको शिक्षा भन्दा प्रारम्भिक चरणको शिक्षा वढी महत्वपूर्ण मान्दै आएका छन् । जग वलियो भयो भने न घर वलियो हुने हो भन्ने प्रचलित भनाइलाई शिक्षासंग जोडदा थप स्पष्ट हुन आउछ ।
नेपालको सन्दर्भमा भन्ने हो भने प्राथमिक शिक्षा वालवालिका भुलाउने, फकाउने कार्य मात्र  गरेको पाइन्छ । वैज्ञानिकहरुको एक अनुसन्धानले वालवालिकाको पूर्ववाल्यावस्था घुमफिर गराउनु पर्ने उमेर भएको वताएका छन् । अनुसन्धान कर्ताहरुले वावु आमाले आफ्नो वच्चलाई विभिन्न ठाउंमा घुमाउने र नयां ठाउंमा नघुमेका वाल वालिकावीच गरेको अध्ययनवाट विभिन्न स्थान घुमेका वालवालिकाको स्मरण शक्ति दीर्घकालिन र वढी  भएको तथ्य पेश गरेका छन् ।
नेपालको परिप्रेक्ष्यमा प्रति व्यक्ति आय कम हुनु फितलो र अवैज्ञानिक शिक्षा पद्धतीले गर्दा मानिसहरु शिक्षित र दक्ष हुन सकेका छैनन् । शिक्षित भनि गणितिय अंकन गरिएका मध्य पनि अधिकांस साक्षर मात्र छन् । यसमा अन्यथा अर्थ नलागेमा सीप युक्त छैनन् भन्न खोजिएको हो । यसका कारण मानव विकास सूचकांक माथि उठन सकेको छैन । निरंकुश प्रणालीमा आधारित शिक्षा नीति नै यसको मूख्य कारक तत्व हो । यसमा युगानुकुल परिवर्तन नगर्ने हो भने नेपालीहरुको सभ्यता अन्य विकसित देशको दांजोमा ढुंगे युगवाट उत्रदै गरेको नीति भन्दा अत्यक्ति नहोला । विकसित देशमा शिक्षा नीतिको आधारमा राजनीति निर्देशित हुन्छ । तर हाम्रो जस्तो विकाशसिल मुलुकमा राजनीतिवाट शिक्षा अभिप्रेरित भएको पाइन्छ ।  के यसो हुनु सांच्चै शिक्षा विकास गर्ने सही नियत हो त ? सोच्नुपर्ने वेला आएको छ ।
विश्वको वदलिदो राजनैतिक घटनाक्रमसंगै विभिन्न देशहरुले आप्mनो शिक्षा नीतिमा नै फेर वदल गरेको पाइन्छ । दास्रो विश्वयुद्ध पछि रुस र जापानले आप्mनो शिक्षा पद्धतीलाईनै परिवर्तन ग¥यो । फलतः उ अहिले विश्वको हिरो भएको छ । तर ऋषीमुनीहरुको तपोभूमी, प्रकृतिको अनुपम वरदान र शिक्षाको उचित स्थान मानिने नेपालमा शिक्षा नीति परिवर्तन त परै जावस समयानुकुल व्यावहारिक परिमार्जन पनि गरिएको पाइदैन । परिवर्तन गरिएको छ त केवल कागजी परिवर्तन मात्र । नेपालको सन्दर्भमा गरिएको भनिएको परिवर्तन भाषिक रुपमा त्यसलाई धमिल्याउन मात्र खोजिएको छ । तत्कालिन राणशासकहरुले निर्धारण गरेको पारिवारीक शिक्ष्ाँ नीतिलाई २०११, २०१८, २०२८, २०४९ को रुपमात्र दिइएको छ । हालको सन्दर्भमा त्यो शिक्षा नीति समूल नष्ट गरी प्रगतिशिल शिक्षा नीति आवश्यक छ । तर त्यसको निर्माण गर्ने कसले ?
नेपाल जस्तो विकाशोन्मुख देशमा सवैले उच्चतहको शिक्ष्ाँ यतिखेर पाउनु पर्छ भनिता पनि व्यावहारत त्यो असफल हन्छ । यसर्थ नेपालीहरुको लागि प्राथमिक शिक्षा नै अन्तिम शिक्षा हुन पुग्छ । यसर्थ प्राथमिक शिक्षा सुनिश्चित एवं व्यावहारिक वनाउनु राष्ट्रको दायित्व हो । विद्यालय खोल्ने, शिक्षक दरवन्दि प्रदान गर्ने कार्यले मात्र नेपालको शिक्षा नीतिमा परिमार्जन एवं विकास गरिएको भन्न मिल्दैन ।
हाल आएर सरकारले दातृराष्ट्र पल्काउने नेपाली विद्यार्थीको भविष्य टाट पल्टाउने नीति अख्तियार गरेको छ । सैद्धान्तिक रुपमा अति उत्तम नीतिहरु भनिए पनि व्यावहारीक हुन नसक्ने खालको नीति अंगिकार गरेको पाइन्छ । हालको विविध नीति जसले शिक्षितहरुको संख्या वढाउने नाममा साक्षरता दर मात्र वढाइरहेको छ । के अवको विश्वले साक्षरता दरमा मात्र चित्त वुझाउने अवस्था छ ?
एका तिर गणतन्त्र नेपाल र यसले वोकेका आशाहरु आम नेपालीको मन मष्तिष्कमा कल्पिरहेको छ । अर्को तिर शिक्षा नीति उहि पुरानै सामन्ति संस्कार र सैद्धान्तिकतालाई महादेवले शतीदेवी वोकेर वौलाहे झैं काखी च्यापेर नेपाली वालवालिकाको जीवनमा वज्रीरहेको छ । यति खेर विभिन्न राष्ट्रको शिक्षा नीतिमा प्राथमिक शिक्षा कस्तो छ ? अध्ययन गरी त्यसलाई अवलम्वन गर्दै नेपालको परिप्रेक्ष्यमा प्रयोग गर्नुपर्ने चुनौती नेपाल सरकारको कांधमा छ । जसको प्रयोगको लागि दवाव नेपाली जनता र शिक्षासंग सरोकार राख्ने सवैले दिनुपर्ने देखिन्छ ।
अमेरिकाको शिक्षा नीति अन्तर्गत यसले प्राथमिक शिक्षामा राखेको शैक्षिक उद्देश्य निम्न रहेको छ ।
ड्ड    सामाजिक पनको निर्माण र राष्ट्रियताको साहस ।
ड्ड    व्यक्तिवादी पन र सामाजिक वीचारका वीचको समाञ्जस्यता ।
ड्ड    सिर्जनात्मकताको विकास ।
अमेरिकाले दोस्रो विश्वयुद्धमा जापान माथि गरेको हमलाले अन्यकुरामा जस्तो असर गरे पनि उसले आप्mनो शिक्षा नीतिमा आमूल परिवर्त गरेको थियो । जापानले प्रथमिक शिक्षावाट राखेको अपेक्षा निम्न छ ।
ड्ड    वालवालिकाको स्वास्थ्यमा विकास गराउनु ।
ड्ड    विश्वप्रतिश्पर्धामा सवल हुन सक्ने नागरिकको तयारी गर्नु ।
ड्ड    वालवालिकाको मनोवैज्ञानिक र सामाजिक विकास गराउनु ।

१९ औं सताव्दीको सुरुतिर वाट चीनमा वेलायत र अमेरिकाले औपनीवेशिक मिसन स्कूलको स्थापना ग¥यो अन्तत १९४९ मा चीन स्वतन्त्र भयो । नयां चीनको घोषणा गरियो । तत् पश्चात चीनको प्राथमिक शिक्षाको उद्देश्य निम्न रहयो ।
ड्ड    कम्युनिष्ट पार्टीलाई माया गर्ने
ड्ड    समाजवादको आधारमा रही मातृभूमी, जनता तथा कामदारलाई माया गर्ने ।
ड्ड    विद्यार्थीहरुमा पढने, लेख्ने हिसा वगर्ने तथा सामाजिक विज्ञानमा आधारभूत ज्ञान प्राप्त गर्न सक्ने क्षमताको विकासमा सहयोग पु¥याउने ।

अव नेपालको प्राथमिक शिक्षाको उद्देश्यले राखेको अपेक्षा निम्न छन् ।
ड्ड    कला सौन्दर्य र संस्कृति प्रति अभिरुची जगाउने ।
ड्ड    दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या हल गर्न सीप विकास गर्ने ।
ड्ड    राज्य र राष्ट्रिय एकताको विकासको निम्ति अनुसाशित नागरिक वनाउने ।