Pages

Sunday, June 16, 2013

वालकथा

पुष्पराज अधिकारी
नुवकोट, २०७०
प्रायः हरेक विहान म देवीघाट जाने गर्दछु । आफ्नै कामको शिलसिलामा । म वाटामा हिडदै थिए । वाटामा कोही आफ्नो नानीसंग कुरा गर्दै भन्दै थिए– उ सर आए, भाग भाग । म आफ्नौ वाटो लागे । चुप चुप । उक्त मान्छेको सानी नानी चाही मलाई देखेर आफ्नो घर तर्फ दगुरी ।
अर्कोदिन म त्यहिँ पुगे फेरी म तफै इंगित गर्दै भनिदै थियो तँ चुप लाग नत्र उ सरलाई भन्दिन्छु । अनि सरले तलाई पिटछन् ।

एक दिन म लामो यात्रामा निस्के । गाउँको वाटैवाटो । म हिडदै गए गएँ । वैशाखको चर्को घाम उकालो वाटो । पसीनाले निथु्रक्क भिजेको थिएँ । पानी प्यास लागिरहेको थियो । नजिकै एउटा घर देखे । घरको तगारो खेलेर भित्र पसेँ । पिँढीमा वाँधेर राखेको कुकुर भुक्न थाल्यो । घर भित्रवाट एक जना कुकुरलाई आदेश गर्दे वाहिर निस्के ।
ए नकरा, नकरा, हाम्रै माड्साप् आउनु भएको रहेछ । कुकुर चुप लाग्यो । म गएर फलैँचामा वसे । पानी मागे । उहाँले मलाई मोही खानेकी भनेर सोध्नु भयो । भोकालाई खिर भनेझै भयो । म मोही खान राजी भए । उहाँ भित्र जानु भयो । केही वेर पछि एउटा चौध पन्ध्र वर्षकी नानी घुँडा घुँडा पुगेको घाँघर लगाएर एक हातमा गिलास र अर्कोमा मोहिको ठेको लिएर वाहिर निस्कीइन् । लाजले रातो अनुहार पारेकी उनी मेरै विद्यायकी १० कक्षा की छात्रा राधा रहिछिन् । फलैचामा ठेकी र गिलास राखेर उनी भित्र दगुरी हालिन् ।
सामान्यता हामी आफूलाई शिक्षक भनाउँछौं । उही हातमा सिम्कीनु लिएर हिड्ने । जसले गर्दा अक्सर विद्यार्थीहरु आफ्ना शिक्षकसंग चाहिने भन्दा वढी डराउछन् । हामीले त्यसलाई परिवर्तन गर्नुपर्ने महसुस गरायो मलाइ राधाको त्यो व्यावहारले । राधाको बा अर्थात् (काइला वा) र म मोही खान लाग्यौं । काइँला वा हातमा मोहीको गिलास लिएर आँगनमा जानु भयो । माथि मटानमा हेरेर कराउनु भयो ।
ए मधे तल आइजो त  को आउनु भा छ । केही वेरमै मधु चोटावाट तल ओर्लेर आयो । ढोकावाट के चिहाएको थियो । उ त एकै क्षणमा फेरी मटानमा पुगेको आवाज आयो र दौडेर गएको कुरा उसले तल भुइमा झारेको माटोले प्रस्ट हुन्थ्यो ।
म त्यहाँ त कुनै चोरलाई पक्रन गएको पुलिस र उ (मध) ठूलै विग गरेको अपराधी जस्तो महसुस भयो मलाई । म अवाक् भए । काइँलावा आंगनीको डिलमा वसेर भट्याउन थाले ।
हेर्नुस सर यो मधे डाँकाभएर निस्कने भो । घरमा एकछिन किताप हर्दैन । यसलाई पिटेर पढाउनु प¥यो । यसको कन्सीरीको रौँ उखेल्नुस । म सिकायत गर्न आउदिन । अरु जस्तो छरछरीलाई (छोरा छारी) कसैले यसो छोयो भने पनि घरकी स्वास्नीलाई फरीया उचाल्दै स्कूल पठाएर कराउन लगाउने, टिल्ल रक्सी खाएर आफैं स्कूलमा गएर माड्सापहरुसंग झगडा गर्नै गर्दिन । सिस्नु पानी लाएपनि केही भन्नेवाला छैन सर । यसलाई जसरी भए पनि तह लागउनु प¥यो ।
नेपाली को व्याकर्ण त म पनि अलि अलि जान्दछु । यसो सिकाइदिऊँ भनेर लाग्यो मेरो नजिक परेपछि ढुँगो वोल्ला मान्छे वोल्दैन माड्साप । यसको चाला यहि हो देखी हाल्नु भयो । उ माथि चोटामा वस्छ धान धान धुन धुन गर्छ । त्यसको सुत्ने ठाउँ हेर्नु भो भने दङ पर्नु हुन्छ । मटर ग्यारेज जस्तो छ । कहिले रिडीयो खोल्छ । के के झिक्छ ? फेरी हाल्छ । फेरी झिक्छ । अस्ती भर्खर किनेर ल्याएको भित्ते घडि खोलेर खाटभरी छरेर राखेको छ । के भन्ने के गर्ने म त वौलाहा जस्तो भएको छु  । यति मात्र हो टच लाइटको सवै किला पाङ्ग्रा खोलेर राखेको छ ।
मैले सोचे, वैज्ञानिक क्षमताको मान्छे रहेछ । हाम्रो स्कुलमा हामीले समेत चाल पाएका रहेनछौं ।
काँइलावा फेरी भन्न लागे लौन माडसाव यसलाई जसरी पनि पढाउनु प¥यो ।
उनी मेरो अनुहार पढदै उत्तरको खाजी गर्न लागे । म केवल टाउको मात्र हल्लाइरहे केही वोलिन ।
मलाई पनि मेरो बाले फलैचामा राखेर कितावको पाठ पढन लागाउनु भयो । म डरले कालो निलो  भएको थीए । मुन्टो निहुरीएको थियो । पढन सक्ने भए पनि म पढन सकिरेको थिइन । म साँच्चै वा संग डराउथे । मलाई बाले सोधेका वेला मेरो दिमाग शून्य भएको हुन्थ्यो ।  माड्साप खै केही नवोली टालाउनु भयो नि ? मेरो हातमा झकझक्याउदै काइलावाटले सोध्नु भयो । म उनको उत्तर दिनुको साटो  आफ्नै विगत तर्फ पो लागेछु । झसंग भए । हुन्छ वा म हेरौला मधुलाई । यति भन्दै काइलावा संग विदा मागेर म आफ्नो वाट लागे । वाटो उकालो थियो । अत्यन्त गमी पनि । वाटामा एउटा चौतारो रहेछ । म त्यही वसे ।
सायद मधु पनि आफ्नो वावु संग डराउदो हो । घरमा बाँधेको कुकुर र उसलाई हप्काउने भनौं या सम्झाउने अझ आजकालको शैक्षणिक भाषामा त उत्प्रेरणा, उत्प्रेरक र पृष्ठपोषणमा एकै किसीमको भाषा प्रयोग काइलावाले प्रयोग गर्नुभएको कारण म अचम्मीत थिए । किन होला आफ्नो छोरालाई पनि यसरी गाली गरेको । वावुले त सम्झाउदा पनि मान्छ होलानी मधुले । कक्षामा हामीले अह्राएको काम त उ हाँसेर गरिदिन्थ्यो । यस्तो कठोर व्यावहार गरेपछि विचरा मधु के नडराओस् त वावुसंग । घरमा गए वावुले थर्काउने विद्यालयमा शिक्षकले । कापी कलम सकीए को संग माग्दो हो ? फि तिर्न को संग माग्दो हो ? सायद आमासंग होला ।
सायद, म देवीघाट जाँदा भेटिने सानी नानी पनि भोली सर शब्द सुन्ने वित्तिकै मधु आफ्नो वा संग डराए जस्तै गरी डाराउली । उसका वावु आमा पिटि पिटी छोरी पढाउने नाममा स्कूल पठाउने होलान् तर के थाहा उनीहरुलाई आफ्नै कारणले आफ्नी छोरीमा शिक्षकहरु प्रति डरको खानी उत्पन्न गराएको । वाल्यकालमा स्वतन्त्रत, हक्की विचार अनि निडरता भर्नुपर्नेमा उल्टै हामी र हाम्रा कयौं भावी सन्ततीलाई विभिन्न वहानामा डर, त्रास, रोपिरहेका छौ । हामी  ति अवोध वालवालिकालाई शिक्षा होइन आफ्नो व्यक्तिगत ईच्छा लादिरहेका छौं । आफ्ना सन्तान आफ्नै विर्ता ठानेर उही भारी वोक्ने गधालाई झैं व्यावहार गरिरहेका छौं । हामी हुर्काउने भन्दा वढाउने काम मात्र गर्दै छौं । पढाउने भन्दा सडाउने काम मात्र गरिरहेका छौं । मलाइ लाग्छ विद्यालय एउटा गोदाम घर हो । शिक्षक व्यापारी । विद्यार्थी उपभोग्य सामान । सारमा एउटा व्यापारीले आफ्नो अनुकुलता अनुसार विक्रि वितरणको लागि राखेको एउटा गोदाम घर । जहाँ कुनै पनि वेला वस्तुहरु कुहिरहेका हुन्छन् । सोच्दा सोच्दै शरीरको पसिना पनि ओभाएछ ।
वाटो जंगलको हिँडनु छ । म जंगलै जंगल ओरालो लागे । एक घण्टा जति हिडेपछि वाटो झन घना जंगलको थियो । मन झसंग झसंग हुन लाग्यो । वाघ भालु, चोर डाँका पनि हुनसक्छन् यहाँ । एका एक मुटुको धडकन वढन लाग्यो । कहिले मुटुको धडक अडकिदै रोकिदै गरेको जस्तो । धडकन चल्दा जोडले धडकेको जस्तो हुन लाग्यो । धत् म कस्तो मूर्ख मान्छे । किन डराएको  होला अकारण । संहालिन खोजे । साँझ पर्न थालिसकेको थियो वाटामा किराहरु किर्रिर्र .....कराउन थालिसकेका थिए । पदचापलाई अलि वढाए । रुखमा चराहरु वास वस्नु अघि जम्मा भएर सायद दिनभरीका चर्चा गर्दैं थिए जस्तो लाग्यो । कतै म डराउँदै हिडेको देखेर खिस्सी गर्दै छन् की जस्तो लाग्यो । भित्र भित्रै कुरीकुरी भयो । लाजले अनायसै मुख छोपेर हिडिरहेको रहेछु । मुखवाट हात हटाए ।  छया् मत कस्तो ! झन लाज लागेर आयो । मेरी आम्मै कसैले देखेको भए । केहीवेर आफ्नो पारा सम्झेर हिँडे वाटो निकै पार गरेपनि जंगल पार भइनसकेकोले म हिडीरहेको थिए । म भेरी झस्के, भूत आयो भने ।
मलाई सानै छँदा देखि मनमा गढेर वसेको कुरा फेरी अयो । अझ जंगलको वाटो छ । मैले सुनेको थिए जंगलमा त राँके भूत हुन्छ रे । उफ्, खपी नसक्नु हुने भो । खुव डर लाग्यो । धत् मास्टर भएर भूत हुदैन डराउनु पर्दैन भनेर विद्यार्थीलाई सिकाउनु पर्नेमा म आफै कस्तो अध्न विश्वास को भुमरीमा परेको होला ? विस्तारै फेरी मन वुझाए । तर भित्र कता कता डर भने छँदै थियो । कुन वेला यसले विर्सेला र फेरी टाउको उठाउला भनेर म भित्रको डर मौका हेरिरहेको थियो ।
अक्सर गरेर मेरा वा पनि म जस्तै देवीघाट जानु हुन्थ्यो म सानो छँदा । घरमा चाहिने किनमेलका लागि देवीघाट जानु पर्दथ्यो । एक दिन आमा संग रोइ कराइ गरेर बा संग देवीघाट जान । आमाले सिफारिस गरेपछि म पनि वासंगै जना पाउने भए । वासंग वजार गए । वजारमा देखेका सवै कुरा खेलौना, मिठाइ किनौ किनौ लाग्यो । वाले एउटा चिया पसलमा लगेर चिया र विस्कुट किनीदिनु भयो । मैले विस्कुटको पुरिया खोलेर चियाको गिलासमा हाले । हातले झिकेर खान लागेको थिए वा ले चम्चा मागिदिनु भयो चम्चाले विस्कुट खाए । आहा कति मिठो । वा संग घुम्न लागे । वजारमा विभिन्न खेलौनाहरु थिए । वासंग किनिदिन माग्थे तर एक एक थोक भनेर वा टार्नु हुन्थ्यो । घर फर्कदा वाले अर्कै वाटो ल्याउनु भयो । दमाइको घर पटि वाट । वजारमा वा ले आमालाई एउटा चोलो किनीदिनु भएको थियो । त्यो दमैकहाँ छोडेर हामी घर तर्फ लाग्यौं । त्यो वाटो म यस अघि हिडेको थिइन । वाटो पारी पट्टी जंगलमा फूले फूल फुलेको देखेर दंग थिए । त्यतै हेदै हिडदै थिए । वाटामा हेरेर हिँड । वाले भन्नु भयो । मनमनै भाली यहाँ आएर खेल्छु भन्ने योजना वनाइरहेको थिए । म फूल हेर्दा हेदै फेरी वाले गाली गर्नुभयो । ए लठ्क छिटो आइजो । के टोलाइराखेको । त्यो लालीगुँरा फूल हो । म त फूल हेर्दा हेर्दैै अडिएर पो टोलाइरहेको रहेछु । म पछि लागे वा अघि अघि । त्यहाँको फूल टिप्न पाए । आहा ! मनमनै दंग पर्दै भोली भागेर यहाँ आउने निस्चयका साथ म घर पुगे ।

क्रमश....