Pages

Tuesday, July 16, 2013

बूढो कतारमा वूढी वट्टारमा

मेरो अति मिल्ने साथी गोपाल कतार गएको पाँच वर्ष भयो । विहे गरेको महिना दिनमै घर परिवार श्रीमतीलाई सुख दिन कतार गएको थियो उ । विवाहमा जन्तिजान निकै कर गरेको थियो उसले तर म भर्खर जागिरको लािग ककनीमा तालिम गर्दै थिए आउन पाइन । उ विदेस गयो । खासै यो पाँच वर्षको वीचमा उसंग सम्पर्क पनि भएन ।  विदेश वसेर कमाएको पैसा घरमा श्रीमतीलाई पठायो । अहिले घर आउँदा त घरमा न त श्रीमती छे न त पैसा नै । विलख वन्दमा परेर प्रहरी चौकीमा उजुरि दिएको थियो उसले । हो त्यसैको फैसला हुदै छ  आज तर केटी नआइ सकेकाले त्यसै काम अडिएको थियो ।
सर्रर एउटा वाइक आयो । पछाडी एउटी युवती थिइ । जसलाई मैले कतै देखे जस्तो लाग्छ । म सोच मग्न भए । बल्ल थाहा पाए तीन वर्ष अघि उनी संग मेरो विदुरमा भेट भएको थियो ।   छफफल चल्यो । केटीको राय वुझ्न भनियो उनी धारा प्रवाह वोल्न थालिन् –भएको गहना यही हो लैजाउ ।  मैले उ संग विहे गरि सके, उसकी भइ सके (संगै आएको केटालाई देखाउदै) भनिन् ।  अव कुरा सकिइ गयो । मलाइ हतार छ । इन्सपेक्टर साहेव चाँडो गरिदिनुहोला । प्रहरी प्रमुखसंग निसंकोच आग्रह गर्दे थिइन् उनी ।
मैले विदेशमा कमाएर पठाएका पैसा नी गोपाल रुन्चे स्वरमा कड्क्यो
पैसा खाँदा वस्दा सकियो । भएको गहना दिइ हाले भनेर गहना फुकालेर  गोपालको हातमा राखिदिइ । अव म संग तिम्रो केही छैन । मैले उसंग विवाह गरिसके तिमी अर्को विहे गर  । गोपाल विचरा हेरेको हे¥यै भयो ।
भर्खरको वालक आमासंग जात्रा जाँदा  हराए पछि एक्लीएको जस्तो रुन्चे मुख लाएर टोलाइ रह्यो । हातमा एउटा छेस्को लिएर भुइँमा हिर्काइ रह्यो ।  लाग्छ कोही चिनेको मान्छे भेटे भक्कानिएर रोइदिन्छ होला उ । मेरो वारेमा किन चिन्ता गर्छौ भनेर उनी उही केटासंग हिडन हतार गर्दै थिइन् उनी वा गोपालको पत्नी, याने पूर्व पत्नी ।
हुन त समाजमा वसिसकेपछि अनेकन् समस्याका सामाधान गर्नुका साथै आफैले पनि निकै समस्या झेल्नु पर्ने हुन्छ । प्रहरी चौकी वरी परी निकै मान्छे जम्मा भएका छन् । सवै उही आइमाइ प्रति मात्र गाली गलोज गर्दै छन् । धारेहात लाउँदै छन् । महिलाहरुको एउटा जमात थुक्दै छ । वेस्से रे छे , आइमाइकै नाक काटी, लाजसरम नभएकी आदी आदी ...किनकी उनीले गोपाललाई धोका दिएर अर्को युवक संग विवाह गरेकी थिइन् । चौकीको अर्का तर्फ भर्खरका युवाहरुको एक  जमात हाँसीरहेको छ ।  उनीहरु भन्दै छन्  खाने मुखले खान माग्यो त के गर्ने ? विचरीको लाउँ लाउँ खाउँ खाउँ को उमेर रहेछ । भर्खरकी तरुनी स्वास्नी छोडेर विदेश जान्छन् त । म त जान्न हो । गलल्ल हाँसो छुट्छ । उनीहरु भन्दै छन् यस्तै हो वूढो कतारमा वूढी वट्टारमा भए पछि ।  हा हा फेरी हाँसो छुटछ ।
एउटा कुनामा गोपाल टोलाइरहेको छ । हेर्दा हट्टा कट्टा फूर्तिलो, लवाइ पनि राम्रै तर अनुहारमा पटक्कै कान्ति छैन । युवाहरु भन्दै छन् । लोग्ने विदेश हुनु पर्छ, आफू संग थ्री एम (मनी, मोवाइल र मोटरवाइक) हुन पर्छ केटी÷आइमाइ त पट्टीहाल्छन्  हा हा हा ......केटाहरुको उपहासको पात्र हुनु परेको छ विचरा गोपाल ।
टोलाएको गोपाल नजिकै पुगे । मलाइ देखेपछि आँखाभरी आँशु पा¥यो । के ही वोल्न सकेन । फिस्स हाँस्नको लगि मात्र एउटा हाँसो हाँस्यो जुन अत्यन्त वनावटी र औपचारीक थियो । मैले सुटुक्क उसलाई एउटा कुनामा वोलाए । उसको राय वुझेको अझै पनि उ त्यही केटीलाई मायाँ गर्दो रहेछ । पुन उसैलाई घर लान चहदो रहेछ तर लोकाचारले गर्दा चौकीमा भन्न नसकेको रे । मलाई उसको मायाँ प्रति दया पलाएर आयो तर के गर्नु एकोहोरो मायाँ माया हुन सक्दैन भन्नेकुरा उसलाई वताए । मायामा अन्धो भएको गोपाल मेरो तर्क मान्न तयार थिएन । अझै भित्री मनमा उनी प्रति अपार मायाँ खन्याउदै थियो । पैसा तिर्न नसकेपछि म संगै आउछेकी ।
पागल, प्रेमी र वालक विचारको दृष्टिकोणमा एकै सतहमा हुन्छ भन्थे आज गोपालको पागलपनले उ वालक जस्तै भएको महसुगरे मैले । कुन विद्वानले भनेका हुन ठीकै भनेछन् । यो विस्तारै त्यही पोइल गएकी स्वास्नीको यादमा वहुलाउछ जस्तो लाग्यो र मैले उसलाई विगतका घटना सुनाइदिए । भनिदीए तेरी स्वास्नी विगत दुइ तीन वर्षदेखि उसैसंग हिडेकी छे । अनेक वहाना वनाएर वट्टारमा उसलाई भेट्थी । भो छोडदे त्यस्ती चरीत्रहीनलाई । उ मेरो कुरा पत्याइरहेको थिएन । अनि मैले कामको शिलशिलामा हिमालयन वैंक त्यही केटा संग देखेको कुरा भनि दिए । तव उ मेरो कुरा सुन्न तयार भयो र सोध्यो साँच्चै हो ? हो मैल भने । कहाँ यति मात्र हो र त्यहि दिन को हो उ भन्दा भाइ भनेकी थिइ त्यसले । त्यही भाइ भनेको  केटा आज कसरी लोग्ने भयो ? र पनि तँ अझै त्यसैलाई सम्झन्छस् ।  त्यति खेर म वट्टार पुगेको थिए । वाटामा हिँडदै गर्दा  फोनमा वोल्दै गरकी एउटी नारी आवाज अयो । म घाँस काटन वारीमा जान लागेको । यसो हेरे । फोनमा कसैसंग वोल्दै रहिछिन । चर्को घाम छ । छाता ओढेर वट्टारको तातो सडकमा हिडदैछिन् उनी । उच्च आदरार्थी शाब्दमा वोल्दै छिन् उनी । खाजा खाइस्यो त? अनि हजुरलाई कस्तो छ त? यता केही चिन्ता लिनु पर्दैन । आफ्नो ख्याल राख्नु । हस् । यस्तै जवाफ दिएर मोवाइल पर्सभित्र राखिन् ।
उनको कुरा सुनेर म दंग परे । वट्टारको व्यस्त सडकमा हिँडदै गर्दा कसलाई घाँसकाटन जान लागेको भनिन् । चिटिक्क दुलही जस्ती भएर को पो घाँसकाटन जाला ? त्यसमाथि गहनै गहना लगाएर । सायद माइतीमा कुरा गरेकी होकी, काम विशेषले अन्तै गएका श्रीमान् या घरका सदस्यालाई ढँटेकी होलिन् । आखिर जो सुकै संग वोलुन मलाइ केही छैन तर ढाँटन चाही किन ढाँटीन् ? वस मेरो मनम यही कुराले वारम्वार घोचिरह्यो ।
उनी अघि अघि छिन् म पछि पछि । उनी उनकै सुरमा म   मेरै सुरमा । तैपनि म उनको व्यावाहार चियाउदै छु पछाडीवाट । पर्सवाट फुत्त मावाइल निकालिन् नम्वर डायल गरीन् । केही क्षणमा भनिन् । म आइ सके तिमी कहाँ कस्तो नियास्रो लागि सक्या । चाँडै आउन । उतावाट के उत्तर आयो कुन्नी ल हस् भनेर मोवाइल राखिन् । वल्ला आज थाहा पाए त्यो यही दुष्ट रेछे । तेरो स्वास्नी ।
हेरे, हातमा गतिलो घडी छ । गहना टन्नै लगाएकी छीन् लाग्छ कुनै पार्टीमा जाँदै छिन् या आफन्तको विहे या कुनै भव्य समारोहमा सरिक हुन जाँदै छिन् उनी । परैवाट विदेशी अत्तरको मधुर वास्ना चारैतर्फ छरिएको छ । तैले पठाको हालास् हैन ? हो –उत्तर दिया ।  उनी छिटो छिटो पाइला चाल्न थालिन सायद पछाडीवाट कसैले (मैले) पिछा गरेको चाल पाइन् की । अघिको नियास्रो मेटाउने विचार गरीन् की ? जे होस उनको पदचाप वढेको थियो । उनको र मेरो हिडाइको दुरी अव निक्कै टाढीदै गएको पाए । उनी वट्टारको सिरानमा रहेको होटलको गेटमा पुगिन् यसो पछाडी फर्कीइन । सायद कसैलाइै देखिन होला एकी क्षणमा त्याहाँ एक जना युवक मोटरवाइक लिएर आए । हेलमेटै नखोली दुवै जना हाँस्दै भित्र पसे । त्यो केटो त्यही हो । उ त्याहाँ वसेको तेरी स्वास्नीको नयाँ लोग्ने ।
त्यतिखेर नै  मेरो मनमा संका उपसंका जे जे हुन्छ ती सवै उव्जन थाले । को होलि यो आइमाइ ? ढाँटेर वट्टार आउनु पर्नेै । किन होला उनलाई वट्टार आउन पनि ढाँट्नु नै पर्ने ? किन फोनमा त्यस्तो कुरा गरेकी कसको नियास्रो हो उनमा । नियास्रो लाग्ने मान्छे भेटन पनि ....। सोच्दा सोच्दै म पनि त्यही होटल अघिल्तिर पुगीसकेछु । यसो हेरेको ठूलो साइन वोर्ड लगाइएको रहेछ होटल दरवार भ्यू भनेर ।  म आफ्नो वाटो लागे ।
विदुर स्थित हिमालयन वैंकमा मेरो जरुरी काम थियो । त्यतै लागे । वैंक पुगे आफ्नो काम सके र केही वेर त्यही वस्ने निर्णय गरेर वसे । किनकी त्याहाँ सितल थियो । वाहीरको टन्टलापुर घाम देखेर निस्कने आँटै भएन म मा । केहीवेर पछि उनी आइन जसलाइ मैले होटलमा छिरेको देखेको थिए । रिसेप्सनिष्टसंग फिस्स हाँसीन र पैसा झिक्नु पर्ने कुरा सुनाइन् । झोलावाट चेक वुक झिकेर रिसेप्सनमा वस्ने नानीसंग लेखिदिन आग्रह गरीन् । पछि सही मात्र आफै गरीन् । सायद त्यति पढाइ लेखाइ छैन क्यार । मन मनै सोचे र उनको क्रियाकलाप हेरी रहे । चेक साटन उनले उही युवकलाई पठाइन् । जसले उनलाई होटलवाट वाइकमा राखेर ल्याएको थियो।  चेक साटियो । पैसा उही युवकले लिएर हिड्यो । उनीपनि वैकको चीसो एयर कन्डिसनमा वस्ने विचार गरी म नजिकैको मेचमा वसीन । केहीवेर वसेर वैंकवाट वाहिर निस्किइन् । म पनि पछि पछि भए । उनी म तिर हेरेर फिस्स हाँसीन् । म पनि हाँसे । वाटामासंग संगै भएकाले केही परिचय जस्तो हुनु , वैकमासंगै हुनु जस्ता कारणले हामी परिचित जस्तै भयौं । हामी विदुर देखि वट्टार  सम्म कुरा गर्दै आयौं । मैले कुरै कुरामा सोधे अघिको मान्छे को नी । उनी हडवडाइन, अनुहार रातो पारीन र विस्तारै भनिन् भाई । भाइको विजनेस छ रे । अलिकति पैसा मागेकोले दिएको कुरा गर्थिन् तर आज सवै घाम झै छर्लङ्ग भयो । उनको नियास्रो के रहेछ भन्ने कुरा ।
मेरा कुरा सुनेर गोपालको अनुहारमा चमक आयो । थुइक्क राडी । यस्तीलाई म मायाँ गरी रहेको थिए । यसलाई ल्याएको भए त म मरे तुल्य हुने रहेछु । त्यो संग पल्केकी रहिछे पछि पछि पनि त्यहीसंग जान्थि । धन्न लग्यो राम्रै भयो । तर मेरो पाँच वर्षको कमाइ त माटोमै मिलाइदिए । त्यो चाही फिर्ता गराउनु पाए हुन्थ्यो ।
अव वल्ल उ नशावाट उत्रेको थियो तर के गर्नु छली गर्ने आइमईसंग भगवानको त केही लाग्दैन भन्छन् ।

No comments: