Pages

Saturday, March 23, 2013

आधारातमा लोग्ने उठेर हिडेपछि

आधारातमा लोग्ने उठेर हिडेपछि

ढक ..........ढक ढक, ढक ढक, जोडले ढक ढक, घच्याक घच्याक गरेको आवाज आयो, झसंग भएर व्यूझिए, मस्त निद्रमा रहेछु । जवरजस्ती व्यूझिनु पर्दा मुटुको धडकन वढेर आयो । ढुक ढुक ढुक ......। के गर्ने ? के नगर्ने ? के भएको ? केही वुझ्नै सकिन । फेरी ठुलो आवाज आयो । ढोका खोलु न । ढोका खोल भनेर नत  तँ भनिएको छ, नत तपाइ नै । को मान्छे होला ? यति राती किन होला ? हत्तपत्त सिरानीमा राखेको मोवाइलमा हेरे । रातको भर्खर १२ वजेकोे रहेछ । सायद ! २५÷३० सेकेण्डमै म दौडेर ढोकामा पुगे ! तर ढोका खोलौंकी नखोलौं दोधारमा परे । यति वेलामा मेरा श्रीमान पनि उठेर म नजिकै आइपुगी सकेका रहेछन् । को वाहिर भनेर सोध्नु भयो ।
पहिला ढोका त खोल । वाहिरवाट आवाज आयो । श्रीमान्लेनै ढोका खोल्नु भयो । ग्वार ग्वारर्ती छ सात जना मानिस भित्र पसे । कसैको अनुहार राम्ररी चिन्न सकिन । रुमालले मुख छोपेका ।
एकजना मोटो मोटो अग्लो मान्छे उहाँ तर्फ वन्दुक पो तेस्र्यायो ! उहाँले सोध्नु भयो ? को तपाइँहरु ? किन यसो गरेको ? हटाउनुस । त्यहाँ मध्येको एक जना वोल्यो– तपाइँ विरुद्ध हाम्रो पार्टीमा मुद्धा परेको छ । तपाइलाईसंग छलफल गर्नुछ । हामी संगै हिडनुस । मेरी आम्मै ती त हाम्रै छिमेकी बालकृष्ण पो रहेछन् ? मेरो अलि होस आयो । शरिरमामा कतै कतै रक्त सञ्चार हुन लाग्यो । कतै टाढा दियो वले जस्तो धिप धिप आशाको दियो वल्यो । थाहै नपाई मुखवाट खुस्केछ–आम्मै बावुपो हुनुहुँदो रहेछ । यति भन्ने वित्तिकै उसले मेरो अनुहारमा हेर्दै नराम्रोसंग आँखा त¥यो र भन्यो–चुप यो कुरा वाहिर कतै नजाओस् ।
यति राती ? कहाँ जाने । जे छलफल छ यही वसेर गरौन उहाँले भन्नु भयो । बालकृष्णले कडा स्वरमा भन्यो हैन यहाँ हाम्रो सुरक्षमा संकट छ । तँ हामीसग हिड । उहँलाई घिच्याउदै वाहिर लगे । मरो मुखमा हेरेर भन्नु भयो–यो कुरा अन्त कतै नगर्नु, नानीहरुलाई वावा वजार जानुभएको छ पापा ल्याउछ भन्दिनु, म भलि त फर्कीहाल्छुनी । चिन्त नगरी वस्नु । यि किस्ने पनि संगै छ । यति भनेर उहाँहरुघर पछाडिको वाटो माथि जंगलतिर लाग्नु भयो ।
ढोका लगाए । गएर सुते । तर निदाउन सकिन । मनमा अनेक कुरा खेल्न थाल्यो । छिमेकी वालकृष्णवावु त कता हो माबादीमा लागेका छन् रे भन्ने सुनेकी थिए । यहि रे छ क्यार । के गर्छ यसले ? यस्तो रातमा नसुती नसुती किन लागेका होलान यस्तो पार्टीमा वेकारमा । कोल्टे फर्के निन्द्र लाग्दैन । वाहिर वदास आएर स्यार्र गरे पनि उहँ आउनु भयो जस्तो लाग्छ । तर कसैले वोलाउदैन । फेरी कोल्टे फर्कन्छु । अँह पटक्कै निन्द्रा पर्दैन । कोल्टे फेर्दा हातमा कुन्नी के हो चिसो आयो । डरले सातो गयो । वत्ति वालेर हेरे । ज्या मोवाइल पो रहेछ । घडि हेरे । एक वजेको रहेछ । मोव्याल लानु भएको भए पनि कहाँ पुग्नु भो भनि फुन गर्न हुन्थ्यो त्यो पनि घरमै छुट्यो । मनमा अनेक कुरा खेलाउदै पल्टि रहे । पेट पोली रहेको छ ।
ड्याङ् ड्याङ गरेको अवाज आयो ।  लौन नी मेरो परान्लाई मारे क्यारे मुर्दारहरुले । मुखवाट खुस्कीहाल्यो । थुक्क के पाप सोचेकी मैले । आफैलाई सम्झाउन खोजे । यस्तो अनर्थ त शत्रुको पनि नहोस् । तर मनमा आवाज अइरह्यो । के को अवाज होला । वन्दुक पडेको अवाज जस्तो छ । उफ्् के भयो आज मलाई.............कोल्टे फेर्दा फेर्दै विहान भयो ।


Tuesday, March 19, 2013

In the morning उज्याले भए पछि

उज्याले भए पछि
कोल्टे फेर्दा फेर्दै उज्यालो भयो । चरा चुरुङिहरु चिर्विराउन थाले । सवैजागा भए तर के गर्नु मलाई उज्यालो भएन । तन मन केही पनि ताजा हुन सकेन । आज उदाउने मेरो जिन्दगीको सूर्य कटावाट उदाउछ केही थाहा छैन । कहिले उदाउँछ त्यो पनि निश्चित छैन । मन त्यसै त्यसै भक्कनीएर आयो । छोरा छेरी व्यूझिएर देख्लान भन्ने डरले घर वाहिर निस्के । धन्दा त गर्ने प¥यो । छोरीको कर्म उफ् यस्तै रहेछ । सधै पिडा मात्र भोग्नु पर्ने । अनि सञ्चै झै भएर हाँस्नु पर्ने । राती पड्केको वन्दुकको आवाज रातभरी मेरो मनमा आएर पड्केको पड्केइ छ । थाहा छैन यो अशुभ समाचार कसका लागि हो । सार सुहाउँदा लोग्ने घरवाट निस्कनु , वन्दुक पड्कनु । गग्रेटामा रहेको रित्तो गग्री पनि उचाल्न सकिन । त्यसै त्यसै खुट्टा फतक्क गलेर आए । खुइय गरेर भुइमा वसे । के भएको होला आज मलाई ? के गर्ने होला ? जसो तसो गाग्री वोकेर पधेरा तिर लागे । भर्खर मिर्मिरे उज्यालो भएको छ । आज भन्दा अघि म कहिल्यै पनि यति चाँडो पँधेर आएकी थिइन । अघि पछि साँझ विहान मलाई साह्रै डर लाग्थ्यो । भित्र वाहिर गर्न पनि मुस्किल हुन्थ्यो । घर देखि अलिकति पनि पर जानु पर्दा म उनकै साहार लिने गर्दथे तर किन हो आज मलाई त्यस्तो किमिको डर लागेको छैन । डर लागेको छ त केवल उनैको । कहाँ होलान् ? के गर्दे होलान्  ? के विराएछन् हाम्रा सानाका वावाले ? कसले उजरी दिएका होलान् उनी विरुद्ध ? यस्तै यस्तै प्रश्नले मलाई चारैतिर घेर्न थाले जसरी अरिगालको गोलामा ढुंगाहान्दा अरिंगालले झम्टेर घेरा हाल्छ त्यसरी म प्रश्नै प्रश्नले घेरिए । पेट पोली रहेछ पिडा भइरहेछ ।
वाटामा गाग्रीको डोको विसाएर कृष्ण वावुकोमा जान कान्लो ओर्लिए । उनी पनि थिए । कतै दाजु भाइ काम सकेर त्यहीँ आएर सुतेका त छैैनन् ? सायद राती अवेला भयो होला । कृष्णले कर गरेहोलान् । अति नै सोझा मान्छे , नाइ, हुन्न, दिन्न भन्न जानेकौ छैनन् । आफ्नो लोग्ने भनेर होइन आँखामा राखेनी नविझाउने खालका छन् मेरा वुढा । भैगो भनेर सुत्दे होलान् । जान्छु वोलाउछु  । संगै घर लान्छु । सोच्दा सोच्दै कृण्णको घरमा पुगे । सुन सान छ । कोही उठेका छैनन् । ढोका लागि राखेको छ । माथि मटानमा खोकेको आवाज आयो । वाजे , ए वाजे  । को हाँ माथि मटानवाट सोध्नु भयो । नाताले मेरो ससुरा पर्ने । वालकृष्णका वावु । बालकृष्ण वावु हुनु हुन्न वाजे ? को भनेको त ? ए दुलइ तँ । किन कान्छि । यति सवेरै कान्छालाई किन खोजेकी दुलै ? घरा मान्छे र वावु हिजो राती संगै निस्कनु भाको थ्यो खै अर्झ फर्कनु भन । अनि । एकै सासमा सवै कुरा सुनाए । ख्वाक्क, ख्वाक्क, ख्यार्रर्र थु । मटानवाट वाहिर थुक्दै वसेको खाटवाट उठ्दै खोइ कान्छी के भा को हो हिजो आज वेला घर आउँदैन । कहाँ जान्छ कहाँ । कहिले राती आएर सुत्छ । कहिले मध्यरातमा ढोका खोलेर निस्केर जान्छ । सोध्यो केही भन्दैन खाली काम छ मात्र भन्छ । त्यो घर न आको त आज तीन दिन भइसक्यो । कहाँ गा को हो खै म के जानम् । आफू यही हो, दम छ । केही काम गर्न सक्दीन । घरा कोइ छैनन् । दुवै दाजु भाइ गएका भए कतै कुनै काममा गएका होलान् । आउलाननी त ।
मैले हिजो राती घरमा भएको सवै कुरा वेलीविस्तार लगाए । केही वेर पछि पडकेको अवाज आएको कुरापनि सुनाए । खै के गर्छ के । यो वुढेसकालमा सहारा होला छोरो जन्मेला भनेर  पर्खेको चार वटा भनेर छोरी छोरी जन्मे पछि जन्मेको छोरो । कुलको इज्जत धान्ला । वुढेसकालमा सहारा देला भनेको त कुलंगार भएर जाने भो । यो किन वेला घर आउदैन भनेको यस्तो कममा पो लागेको रहेछ । के गर्नु वा मेरो त कर्मै यस्तो । न म¥यो । के जान्नु वा । भन्दै वुढा खुइय् सुस्केरा हल्न थाले । मनमा झन पिडा र डर वढ्न थाल्यो । म भारि मन लिएर फर्किए । कान्ला उक्लीन पनि कति कठिन भएको । नौ नारी गलेर आए । वल्ल वल्ल माथि उक्ले्र पंधेरा तिर गए । पानी भरे अझै पनि पधेरामा कोही आएका थिएनन् । घर फर्के । गाइ वस्तुको धन्दा गरे, छोरा छोरीलाई भात ख्वाए । स्कूल पठाए । आफू मेला गए ।
मेलामा राती वन्दुक पडकेको आवाज आएको आफूहरुले पनि सुनेको  संगीहरुले वताए । पक्कै कसै न कसैको लास परेको छ । उनीहरु भन्दै थिए  । मेरो मन झन डराउन थाल्यो । म चुपचाप सुनी मात्र रहे । आफ्नो कुरा कसैलार्ई नवतानउनु भनेका छन् । कसैलाई सुनाउन पाए पनि कति हलुँगो हुन्थ्यो होला । तर के गर्नु ?
हैन यसलाई के भा छ आज, सितल वसेको वेला पनि खुइय गर्छे । वौलाही की के हो ? त्यति वोल्दा पनि वोल्दिन । हिजो अस्ती त मुख थुने चाक, चाक थुने मखले वल्ली जस्ती थिइस । हैन के भो तलाई आज ? माइली दमीनीले मैलाई इगित गर्दै थिइ । तर पनि म चुप चाप वसिरहे । केही वोलीन । एक चोटी  त झनक्क रिस पनि उठ्यो । राँडाीलाई जगल्ट्याइ दिउँ जस्तो लाग्यो तर सहे ।  दिन भरी मेलामा काम गरीयो तर कति काम गरियो के भयो ? मलाई केही थाहा भएन । हिजो अस्ती निकै थाकाइ लाग्थ्यो, तर आज अहँ केही थाहा छैन । भोक तिर्खा सवै हरायो । लाग्छ म मरी सकेकी छु । तर पनि जिउँदै छु । सास चलिरहेको छ । शरिर हिडीरहेको छ । तर म मरी सकेकी छु । वस लोकले जिउँदो देख्छ  र मात्र जिवितै छु । नत्र लोकले मलाई घाटमा लगेर पोली सक्थ्यो । वस लोकको नजरमा अझै जिउदै हुनु परेको छ । सायद छोरा छोरीको सासले चलेको होला मेरो सास पनि ।
घर आए । उनी छैनन् । घरै शुन्य छ । पर वाटामा हेर्छु तै पनि आउँदै छन् की ।  तर छैनन् । यसै गरी दिनहरु वित्दै गए तर उहाँ आउनु भएन ।



Monday, March 18, 2013

sampada: आधारातमा लोग्ने उठेर हिडेपछि

sampada: आधारातमा लोग्ने उठेर हिडेपछि: आधारातमा लोग्ने उठेर हिडेपछि ढक ..........ढक ढक, ढक ढक, जोडले ढक ढक, घच्याक घच्याक गरेको आवाज आयो, झसंग भएर व्यूझिए, मस्त निद्रमा रहेछु ।...

Sunday, March 17, 2013

Aims and objective of Primary Education प्राथमिक शिक्षा पाठ्यक्रम प्रारुप


प्राथमिक शिक्षा पाठ्यक्रम प्रारुप
शिक्षा सम्वन्धी उच्च स्तरीय कार्य समितिको प्रतिवेदन, २०५८, प्राथमिक शिक्षा पाठ्यक्रमको प्रभावकारीता अध्ययन प्रतिवेदन, २०५९, सरोकारवालाहरुका राष्ट्रिय तथा क्षेत्रीय गोष्ठी, कार्यशालाहरु आदिवाट कक्षा एकवाटै अंग्रेजी भाषा विषयलाई लागू गर्ने, प्राथमिक शिक्षा पाठयक्रममा स्थानीय विषयवस्तु र सूचना तथा सञ्चार प्रविधि सम्वन्धि विषयवस्तु समावेश गरिनुपर्ने र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आदि सुझाव र सिफारिस प्राप्त भए अनुसार उक्त सुझाव एवम् सिफारिस समेतलाई ध्यानमा राखि प्राथमिक शिक्षा पाठ्यक्रम परिमार्जन गरिएको छ । प्राथमिक शिक्षामा पाठ्यक्रमको परिमार्जित प्रारुप निम्नानुसार रहेको छ ।
शिक्षाका राष्ट्रिय उद्देश्य
१. प्रत्यक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालाई प्रष्फूटिन गर्न सहयो गर्ने ।

२. प्रत्येक व्यक्तिमा निहित सार्वभौम मानवीय मूल्यका साथै राष्ट्रिय संस्कृति र अस्मित, सामाजिक मान्यता र आस्थाहरुको संवर्दन गरी जीवन्त अनुभवहरु समेटदै स्वस्थ सामाजिक तथा सामुहिक जीव्न पद्धतीको विकास गर्न चरित्रवान एवं नैतिकवान नागरिक तयार गर्ने ।

३. स्थानीय, राष्ट्रियस्तरका व्यवसाय,पेशा एवम् रोजगारीकासाथै आवश्यकतानुसार अन्तरराष्ट्रिय रोजगारी तर्फ उन्मुख उत्पादनमुखी र सीपयुक्त नागरीक तयार गर्न सहयोग गर्ने ।

४. व्यक्तिकोसामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदृढ वनाउने ।

५. समाजको आधुनिकीकरणमा सहयोग गरी देशनिर्माणका निम्ति मानवसंसाधनको विकास गर्ने ।

६. प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्न सहयोग गर्ने ।

७. सामाजिक समानता र न्यायवारे चिन्तन गर्दै तदनुरुपको आचरण विका गर्ने र समावेशी समाज निर्माणमा मदत गर्ने ।

८. स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशअनुकुल शान्ति, मैत्री, सद्भाव, सहिष्णुता र विश्ववन्धुत्वको भावनाको विकास गरी तदनुरुपको आचरण गर्ने, गराउने र हरेक प्रकारका द्वन्द व्यवस्थापनका लागि सक्षम नागरिक तयार गर्ने ।

९. आधुनिक सूचना प्रविधिसंग परिचित भई त्यसको प्रयोग गर्नसक्ने विश्वपरिवेश सुहाउँदो दक्ष जनशक्ति तयार पार्ने ।

१०. राष्ट, राष्ट्रियता, लोकतन्त्र, मानवअधिकारप्रति सम्मान गर्ने समालोचनात्मक तथा रचनात्मक सोच भएका, स्वाभिमानी तथा अरुलाई सम्मान गर्ने र आफू नेपाली भएकोमा गौरव गर्ने नागरिक तयर पार्ने ।

११. नेपाली कला सौन्दर्य आदर्श तथा वैशिष्ठयहरुको संरक्षण संवर्दन र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्न मद्दतगर्ने ।
पूर्व प्राथमिक शिक्षाका उद्देश्यः
पूर्व प्राथमिक शिक्षाले वालवालिकाहरुका निम्न लिखित पक्षमा विकास गर्ने उद्देश्य राखेको छ ।
१. शारिरिक, संवेगात्मक, मानिसक, भाषिक र सामाजिक भावनाको विकासमा अवसर प्रदान गर्ने ।
२. सरसफाई र सुरक्षासम्वन्धी वानी वसाल्न प्रेरित गर्ने ।
३. सामान्य शिष्टाचार गर्न अभिप्रेरित गर्ने ।
४. प्राथमिक शिक्षाका लागि पूर्वतयारी गराउने ।
प्राथमिक शिक्षाका उद्देश्यः
प्राथमिक शिक्षाले वालवालिकाहरमा निम्न पक्षमा विकास गर्ने उद्देश्य राखेको छ ।
१. राष्ट, राष्टिय एकता र लोकतान्त्रिक संस्कारको भावना पैदा गराई नैतिकता अनुशासन र स्वावलम्वन जस्ता सामािजक एवम् चारित्रिक गुणको विकास गर्ने ।
२. आधारभूत तथा गणितिय सीपको विकास गर्ने ।
३. विज्ञान, सुचना प्रविधि, वातावरण र स्वास्थ्य सम्वन्धि आधारभूत ज्ञान तथा जीवनोपयोगी सीपको विकास गर्ने ।
४. कला सौन्दर्य प्रति अभिरुची जगाइ सिर्जनशिल सीपको विकास गर्ने ।
५. विभिन्न जातजाति धर्म भाषा, संस्कृति र क्षेत्रप्रति समभाव जगाई समावेशी समाजको निर्माणमा सहयोग पु¥याउने ।
६. मानवअधिकार तथा सामाजिक मूल्यमान्यताप्रति सचेत भइ जिम्मेवारीपूर्ण आचरणको विकास गर्ने ।