Pages

Friday, March 29, 2013

ढुंगा पुजीन्छ तर मान्छे पुजीदैन



ढुंगा पुजीन्छ तर मान्छे पुजीदैन
मानिस प्राणीहरु मध्येको सर्व श्रेष्ठ प्राणी हो यो पृथ्वी सवै प्राणीहरुको साझा घर हो तापनि आफ्नै विर्ता सम्झेर पृथ्वीको स्याहार तथा संहार गर्नेकाम केवल मानिसले मात्र गरेको पृथ्वीमा भएका विभिन्न पदार्थहरुको प्रयोग गरेर शक्ती उत्पन्न गरेको मानिसका हरेक समस्याहरु सरल सहज ढंगले सम्पन्न गर्न विभिन्न यन्त्र उपकरणको विकास गरेको विभिन्न रोगका औषधी निर्माण ¥यो मान्छेले मृत्युसैयावाट विरामीलाई थुुतेर ल्याउन सफल भएको मान्छे डाक्टर, इञ्जिनियर, पाइलट, सिकमी, डकर्मी, नकर्मी आदि सवै मान्छे हुन् जसले अत्यन्त ठूलो काम गरेका छन यस अर्थमा ति मान्छे जसले विश्वको लागि केही केही योगदान दिए त्यसलाई भगवान् भन्नु पर्ने हो पुजा गुर्नपर्ने हो तर मानिस कहिल्यै पुजिएन राम, कृृष्णलाई हामी पुजा गर्छौ कतै कतै भगवान भन्छौ पुज्छौं तर सवैले पुज्दैन यसर्थ उनी भगवान भएनन् यशु, अल्लाह पनि सापेक्षित रुपमा मात्र पुजिए यसर्थ ती भगवान भएनन् तर तिनका प्रतिरुपमा ढुंगाका मूर्ती वनाएर, चित्र वनाएर तिनैलाई पुजिन्छ किनकी तीनले कहिल्यै वेइमानी गर्देन त्यो मूर्ती फोटाहरुले कहिल्यै वलात्कार गर्दैनन् , अर्काको विरोध, गर्देनन् , तिनमा स्वार्थ हुदैन, तिनमा वैमनस्यता हुदैन त्यसैले मान्छेलाई भन्दा ढुँगाको मूर्तीलाई विश्वास गर्न सजिलो भएकाले मानिस ढुँगालाई पुजा गर्छ ढुँगालाई भगवान सम्झन्छ पुजा गर्छ

Character Psychology



Character Psychology
The psychology of a character is the inner workings of their mind which define them and the way the think and act. Once you understand the psychology of your characters you should know exactly what they’d do in any situation you choose to put them in. Your job as a scriptwriter becomes so much easier because the character begins to write itself. To get to this stage though you need to put a lot of work into finding out what makes the character tick.
The Past Dictates The Future
Your character had a life before your story began. They had parental figures, they went to school and they interacted with the world around them. Along the way they will have gone through a series of events that shaped their character and attitudes. This is the backstory of the character.
If a character felt unloved as a child they may be driven by a desire to prove their worth and also find it hard to trust or love others. Sometimes an event in the past can lead to a serious phobia. In The Truman Show the creators of the show manufactured a phobia of water in Truman by having his father die at sea, this kept Truman in the pre-planned environment.
A lot of films have an underlying story of a character having to put their past demons to rest to overcome an external conflict.

Wednesday, March 27, 2013

लोग्ने

लोग्ने नेपाली भाषामा निकै मान सम्मानको शब्द र पद हो । किनकी नेपाल पितृ सत्तात्मक राज्य भएको देश हो । तर अंग्रेजीमा यसालाइ  Husband भनिन्छ । जहा श्रीमतीले जे भने पनि हस भन्नु पर्ने बाध्यात्मक परिस्थितिको वन्दन (Band) भित्र वाँधिनु परेकाले श्रीमान लाई हस् +ब्यान्ड (Hus+band=Husband) भनिएको हुन सक्छ । हा हा हा   

Tuesday, March 26, 2013

पृथ्वीको कूल क्षेत्रफल

पृथ्वीको कूल क्षेत्रफल ५१ करोड रहेको छ । 

जनताको शासन र मैतेहरु


जनताको शासन र मैतेहरु


पुष्पराज अधिकारी

आज विहानै उठेर म देवीघाट तर्फ हान्निए । हिजो शनिवार घरमा धान काटने दिन भएकाले दिन भर छोरीसंगै वसे । जसले गर्दा जिम्मा लिएको वि.एड. का विद्यार्थीहरुको केस स्टडी, फिल्ड स्टडी रिपोर्ट टाइप गर्नु थियो । दिन भर त्यही रिर्पोट तयारीमा लागे । विद्यालय पढाउन पनि गइन । आज मैते माझीले वगरमा गिटी, वालुवा चालेको देख्दा मनमा अनेक विचाहरु पलाए । सधैं आफैले भोगेको दैनिकी लेख्दै आएपनि आज आफैले देखेको दैनिकी लेख्न मनलाग्यो र पात्रका रुपमा मैते माझीलाई लिए ।
हरेक दिन विहान उठेर मैते जस्ता धेरै माझीहरु त्रिशुलीको किनारमा आफ्नो भविष्य खोज्न जान्छन । त्यही घाट किनारवाट आफ्नो आगतको गोरेटो प्रसस्त गर्ने प्रयत्न गर्दछन । हिजो पनि त्यहीवाट आजलाई वोलाएका हुन् र भोलि पनि त्यही वाट पर्सि वोलाउनेछन् तिनीहरुले । विगत र आगत एकै तिनीहरुको । जतिनै नंग्रा खियाएपनि,  वगरमा वसेर जतिनै घुँडा धसे पनि घरमा तिनका छोरा छोरी भोकै छन्  । बाबु आउछ र खान पाइन्छ भनेर भन्देकी छे मैते की श्रीमतीले र त मैतेका छोरा छारीहरु वावु आउने वाटो हेरी रहन्छन् निरन्तर .....। त्रिशुली नदी झै अविरल ।
आमाले रोपिदिएको बावु आउने आसाको त्यान्द्रोले दिनभरीको लागि तिनीहरुको पेट भराइ रहन्छ । वावु आउने आशा पलाइरहन्छ ।  त्यही झिनो त्यान्द्रो, आफ्नो साथीहरुसंग वाँडदै भन्छन्–भरे वाउ आउछ । चामल ल्याउँछ । आमाले भात पकाउछे । आज त हामी भात खाने । भन्दै उनीहरु अर्को घरमा सुनाउदै पुग्छन् । वेलुका हुन्छ । बावु आइपुग्दैन भोकले सताउछ मैतेका छोरा छोरीलाई अनि अलि पर डिलमा वावु आउने वाटो तिर फर्केर ए .. वाउ ...छिटो घर आऊ । भोक लाग्यो वेस्सरी वोलाउछन तर उतावाट कुनै प्रतिकृया आउदैन । किनकी उसको वावु उसले देखेको वाटो भन्दा धेरै पर गएको छ । भोक भन्दा निन्दै्र प्यारो ती वालवालिका त्यसै निदाउछन् ।
आज मैतेले निकै कमायो । जम्मा जम्मी तीन सय कमायो । अक्सर उसले दैनिक यति नै कमाउछ । महिना भरमा जोडदा यति खेर उसको कामाइ एउटा खरदारको कमाइ सरहको छ । तर विडम्वना मैतेको आङमा गतिलो लुुगा छैन । उसकी स्वास्नीको ज्यानमा वल्ल वल्ल इज्जत ढाकिने टालो छ । त्यो पनि टालेको । खरिदारले एउटा परिवार मज्जाले पाल्छ तर मैतेको परिवार सधैं अभावै अभाव र तनावै तनावमा जीवन विताउने काम मात्र गरिरहेको छ ।
आज मैतेले कति कमायो कुन्नी उसैलाई थाहा छैन तर त्यो भन्दा वढी जानकारी भट्टीवालालाई भै सकेको हुन्छ । आफू धनी वन्न अरुलाई गरिव वनाउन वसेका्हरु मैतेको आम्दानीको लेखा जोखा गर्दै कहिले साँझ पर्ला भनेर पर्खिरहेका हुन्छन् । मैतेहरु जस्ताका लागि साँझ परेपछिको पहिलो गन्तब्यहो भट्टी । भट्टीवाट फिर्ता आएको पैसा लिएर वल्ल  पसलमा गएर रासन किन्छ । अलिकति चामल, तेल, नुन झोलामा पोको पारेर हल्लीदै घर तिर लाग्छ । यसैगरी दिन वितेको छ मैते र मैतेहरुका । वाटामा मैतेको स्वभावलाई रिस गर्ने थुप्रैछन् । झाडी, वुट्यान र काँडाहरु पनि मैतेको रासन खान आँ गरेर मुख वाइरहेका हुन्छन् । जव मैते हल्लिदै आउछ तव मैतेको रासन काडाहरुले लुछेर खान्छन् ।
हैन यतिवेला पनि घर नगएर मैते किन हल्लिदै छस् ? घर जा । कसैले उसलाई अर्ति दियो । तिम्रा घरमा सधै चामलको भात पाक्छ, तिमीहरु जस्ता मजदुरहरुको देशमा शासन आउछ, गरिवहरु सरकारमा, धनीहरु वगरमा गट्टी कुटने हाम्रो व्यवस्था आउछ हामीलाइ भोट देउ भन्ने तै हैनस ? तेरिमा काँठा । आज उल्टै मलाई घर जान सिकाउने । मेरो घर जान तैले सिकाउनु पर्छ । खे तेरा कुरा पुरा भएको ? यि हेर आज पनि मैले गट्टिकुटेरै रासन भर्न प¥या छ । मुजी वाहुन । गाउँकै किस्नेलाइ देख्ने वित्तिकै वर्वरायो मैते । हेर यसलाई जाँड लागेछ, खै छट । मैतेलाई घारी तिर घँचेटिदीएर कृष्णे आफ्नो वाटो लाग्यो । हातमा ल्याएको रासनको पोको, दिन भरी देखि मैतेका सन्तानले पर्खेको चिज पनि मैते लडदासंगै पोखियो । रक्सीले टिल्ल भएको मैतेले सायद ठिकै भनेको थियो तर के गर्नु उ नेत थिएन त्यसैले जँडयाहा भयो । यदि उ सानो तिनो गाउँको भुरे टाकुरे नेता या देशको राष्ट्रिय स्तरको ठूलै नेता भएको हुँदो हो र भट्टीमा वसेर देश वेच्ने योजना नै वनाएको किन नहोस सायद त्यो देशविकासको महत्वाकाँक्षी योजना भनिन्थ्यो । तर के गर्नु उ त मैते न प¥यो ।   यतिखेर मैतेले वोलेको सहि पनि गलत भयो । अमृत पनि विष वन्यो ।  रक्सीको सुर भयो । आज आम गरिव नेपालीहरु मैतेको दैनिन्दिनीमा जीवन विताइरहेका छन् । थाहा छैन भनिए जस्तो गरिवहरुको शासन कहिले आउछ । हो आवस्य आउछ उही मैतेहरुको भोलि मात्र । वस मैतेहरुजस्ता दुःखीहरुको कष्टपूर्ण भोली भालेको डाँकोसंगै भोली आउनेछ । मैते रक्सीको सुरमा त्यही वाटामा निदयो । थाहाछैन घरमा उसका वच्चाहरु के गर्दैछन् ।
१८ कार्तिक २०६६