Pages

Wednesday, June 5, 2013

नेपालको शैक्षिक इतिहास (राणाकाल)
ड्ड    बि.सं. १९०३।०६।०३ मा जंगबहादुर राणाले शासनसत्ता हातमा लिएपछि अंग्रेजी शिक्षाबाट प्रभावित भई बि.सं. १९१० असोज २७ मा अंग्रेजी प्रारम्भिक स्कुलको स्थापना (पहिलो प्रअ ःच। ऋबललष्लन तथा सुपरिवेक्षक ःच। च्यकक), १९३२ देखि भाइभारदारका छोराहरुले प्रवेश पाउन थालेका, १९४२ देखि सर्वसाधारण जनताका छोराले प्रवेश पाउन सक्ने व्यवस्था, शुरुमा हाइस्कुलको सम्बन्धन कलकत्ता विश्वविद्यालयसँग रहेकोले कक्षा १० को अन्तिम परीक्षा दिन कलकत्ता जानुपर्ने अवस्था थियो, पहिलो नेपाली हेडमास्टर सरदार रुद्रराज पाण्डे ।
    बि.सं. १९१५ मा शिक्षा विभागको गठन (डाईरेक्टर जनरल बबरजंग),
    १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्दले संस्कृत पाठशालाको स्थापना
    १९३४ मा रानीपोखरी पाठशालाको स्थापना पछि संस्कृत शिक्षाको पनि सरकारी तवरबाट शुरुवात ।
    देवशमशेरले देशभरी करिब ३०० पाठशाला खोल्ने उद्देश्यले करिब ३ लाख रुपैयाँ छुट्याएका थिएपनि, छोटो अवधिमा ५७ वटा पाठशालाहरु खोले ।
    १९५८ बैशाख ३० मा काठमाडौंमा जनाना पाठशालाको स्थापना भएतापनि असोज ११ मा चन्द्रशमशेरले खारेज गरिदिएका थिए । प्छि १९८० असार २२ गते काठमाडौं, पाटन र भक्तपुरमा ४ श्रेणीसम्म पढाउने कन्या पाठशाला खोले ।
    देवशमशेरको पालामा सर्वप्रथम जय पृथ्वीबहादुर सिंहले नेपाली भाषाको पाठ्यपुस्तक अक्षरांक शिक्षा तयार भएको
    १९५८ बैशाख २४ देखि गोरखापत्रको प्रथम प्रकाशन
    उपत्यका बाहिरको पहिलो अंग्रेजी विद्यालय चन्द्र मिडिल स्कुलको नामबाट १९७२ मा सिराहामा खुल्यो ।
    सरकारी कामकाज गर्नकालागि १९६२ कार्तिकमा श्रेस्ता पाठशालाको स्थापना
    श्रेस्ता पाठशालामा पढ्ने विद्यार्थीकोे परीक्षा गरी पास हुनेलाई प्रमाणपत्र दिन १९६७ कात्तिक मा पासजाँच अड्डाको स्थापना
    श्रेस्ता पाठशालामा लेख, श्रेस्ता, हिसाब र औंठाको सहीछाप गरी चार विषय पास गरेकालाई चारपासे भनिन्थ्यो । जतिवटा विषयहरु पास ग¥यो त्यति पासे भनिन्थ्यो ।
    चन्द्र शमशेरले भाषा पाठशालाहरुको निरीक्षण गर्न १९७६ मा पाठशाला बन्दोबस्त इन्स्पेक्टरी अफिसको स्थापना गरेका
    १९९३ मा गठन भएको २२ सदस्यीय शिक्षा समितिको सुझाव अनुसार १९९४ मा सर्वप्रथम प्राथमिक स्कूलको पाठ्यक्रम प्रकाशनमा आएको
    १९६८ देखि म्याट्रिकुलेसन परीक्षामा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन पाईने व्यवस्था भएको ।
ड्ड    १९७० फागुनमा गोरखा भाषा प्रकाशिनी समितिको अड्डा खुलेको र १९८९ देखि यसको नाम नेपाली भाषा प्रकाशिनी समिति भएको
ड्ड    १९७५ भाद्र २७ मा मा उच्च शिक्षाको व्यवस्था गर्न त्रिचन्द्र कलेज (तत्कालिन त्रिभुवन चन्द्र कलेज)को स्थापना, शुरुमा कलकत्ता विश्वविद्यालयसँग सम्बन्धन भएकोमा १९८० देखि पटना विश्वविद्यालयसँग सम्बन्धन सारिएको ।
ड्ड    १९९० कार्तिक १६ मा एस.एल.सी. परीक्षा बोर्डको गठन भएपछि विद्यालय तहको अन्तिम परीक्षा दिन बाहिर जानुनपर्ने भयो । १९८६ देखि पटना विश्वविद्यालयको परीक्षा केन्द्र काठमाडौंमा  खुलेको थियो । त्यतिवेला नेपालमा दरबार र पाटन हाइस्कुल मात्र थिए । पहिलो परीक्षा नियन्त्रक नन्दराम उप्रेती नियुक्त । पहिलो वर्ष दरबारका २७ र पाटनका ७ गरी ३४ जनाले  परीक्षाको लागि फर्म भरेका, ३३ जना परीक्षामा सम्मिलित भएका मध्ये १० जना दोस्रो र ९ जना तेस्रो श्रेणीमा उत्तीर्ण ।
ड्ड    १९८८ को पुस्तकालय पर्व (लक्ष्मीप्रसाद देवकोटा, जोगवीर सिंह, हरिकृष्ण श्रेष्ठ, कृष्णप्रसाद थपलिया समेत ४६ लाई थुनेको)
ड्ड    १९८६ कात्तिक ४ गते पं. कृष्णप्रसाद कोईरालाकोे निर्वासन समयमा उनकै सक्रियतामा भारतको टेन्डी भन्ने ठाउँमा  आदर्श विद्यालयको स्थापना भएको र १९९२ मा विराटनगरमा सारिएको ।
ड्ड    १९९६ माघ ८ मा सर्वसाधारणका लागि शिक्षाको इश्तिहार जारी गरिएको, शिक्षाको पहिलो कानून
ड्ड    १९९८ मा इन्स्पेक्टर अफ स्कुल्स को स्थापना सूर्यप्रसाद उपाध्याय इन्स्पेक्टर अफ स्कुल्समा नियुक्त , २००३ देखि पूर्वाञ्चल इन्स्पेक्टर अफ स्कुल्स जनकपुरमा र पश्चिमाञ्चल इन्स्पेक्टर अफ स्कुल्स पाल्पामा स्थापना ।
ड्ड    २००४ मा ताहाचलमा आधार स्कुलमा पढाउने शिक्षक तयार गर्न पहिलो शिक्षक शिक्षण केन्द्रको स्थापना, २००४ साल असोज १६ गते विभिन्न १४ ठाउँमा आधार स्कुलको स्वीकृति भएको ।
ड्ड    २००५ सालमा काठमाडौंमा पहिलो पूर्वप्राथमिक मन्टेश्वरी स्कुलको स्थापना,
नेपालको शैक्षिक इतिहास (प्रजातन्त्र स्थापना पश्चात)
ड्ड    २००७ सालमा नेपालको साक्षरता प्रतिशत २ रहेको, ३२१ प्रा.वि., ११ मा.वि. र १ महाविद्यालय रहेका थिए ।
ड्ड    २००७ चैत्र १५ मा रात्री पाठशाला खुलेको ।
ड्ड    २००९ मा रुद्रराज पाण्डेको अध्यक्षतामा गठित राष्ट्रिय शिक्षा बोर्ड को सिफारिश अनुसार २०१० चैत्र ९ मा ४६ सदस्यीय राष्ट्रिय शिक्षा योजना आयोगको गठन, उक्त आयोगले नेपालमा शिक्षा नामक प्रतिवेदन २०११ फागुन १६ मा पेश गरेको
ड्ड    नेपालमा शिक्षा नामक प्रतिवेदनका प्रमुख सिफारिशहरु ः
    ५+५+४÷७ को शिक्षाको संरचना
    सन् १९८५ सम्ममा निशुल्क अनिवार्य प्राथमिक शिक्षा उपलब्ध गराउने
    बहुउद्देश्यीय माध्यमिक शिक्षाको व्यवस्था
     राष्ट्रिय विश्वविद्यालयको स्थापना
    प्रौढहरुका लागि प्रौढ शिक्षाको व्यवस्था,
    नेपाली भाषाको माध्यमबाट पठनपाठन
ड्ड    माध्यमिक विद्यालय शिक्षक, प्र.अ., शिक्षा निरीक्षक र शिक्षा प्रशासक तयार गर्न कलेज अफ एजुकेशन २०१३ साल भाद्र २४ मा स्थापित, १ वर्षे, ३ वर्षे तथा ४ वर्षे बी. एड. कार्यक्रम सञ्चालन गरेको । २०२९ देखि राष्ट्रिय शिक्षा पद्धतिको योजना प्राविधिक उच्च शिक्षातर्फ लागू भएपछि यो त्रि वि वि शिक्षाशास्त्र अध्ययन संस्थान अन्तर्गतको क्याम्पस बन्न गयो ।
ड्ड    २०१६ आषाढ ११ मा त्रिभुवन विश्वविद्यालयको स्थापना, प्रथम कुलपति कान्ति राज्यलक्ष्मी देवी शाह । २ वर्षसम्म पटना विश्वविद्यालयकै पाठ्यक्रम बमोजिम सञ्चालन भएपछि २०१८ देखि आफ्नै पाठ्यक्रम तर्जुमा गरी पठनपाठन शुरु ।
नेपालको शैक्षिक इतिहास (आम निर्वाचन र पञ्चायतको पूर्वाद्धमा)
ड्ड    २०१७ सालको राजनैतिक परिवर्तनपछि अनुकूल शिक्षाको व्यवस्था गर्न तत्कालिन शिक्षामन्त्री विश्वबन्धु थापाको अध्यक्षतामा १२ सदस्यीय सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको गठन २०१८ बैशाख २५ मा, समितिले २०१८ असार १५ मा आफ्नो प्रतिवेदन पेश गरेको । यसका प्रमुख सिफारिशहरु निम्नानुसार रहेका—
    सम्पूर्ण देशमा एकै प्रकारको शिक्षा पद्धति (५+६+३ को शिक्षाको संरचना) लागू गर्नुपर्ने र शिक्षाको माध्यम एकै हुनुपर्ने ,
    शिक्षालाई देश, समाज र व्यक्तिको निमित्त सबै दृष्टिबाट उपयोगी बनाउनु पर्ने,
    प्राथमिक शिक्षालाई सम्पूर्ण देशभर निःशूल्क एवं अनिवार्य गर्नुपर्ने,
    व्यावसायिक तथा प्राविधिक शिक्षातर्फ विशेष ध्यान दिनुपर्ने ,
संस्कृत शिक्षालाई प्रोत्साहन गर्न साधारण शिक्षामानै समाविष्ट गराउने, संस्कृत लिने छात्रहरुसँग शूल्क नलिने र सकेसम्म छात्रवृत्ति उपलब्ध गराउने,
समाजका प्रत्येक अंगलाई साक्षर बनाउन समाज शिक्षाको व्यवस्था गर्ने,
देशका सारा शिक्षण संस्था उपर सरकारको नियन्त्रण हुनुपर्ने,
शिक्षण संस्था र त्यसबाट प्राप्त हुने उपाधि एवं नामाकरण आफ्नो संस्कृति एवं परम्पराको अनुरुप गर्ने (प्राथमिक विद्यालय पास — प्रथमा, माध्यमिक विद्यालय पास — मध्यमा, स्नातक पास — स्नातकशास्त्री, स्नातकोत्तर — आचार्य आदि)
उच्च शिक्षाको क्रममा पनि परिवर्तन ल्याउने र त्यसलाई सुगठित बनाउने (उच्च शिक्षा तर्फ एकै प्राध्यापकले दुइ तीनतिर काम गर्न पाउने व्यवस्थाको अन्त हुनुपर्ने )
ग्ल्भ्क्ऋइ को सहयोगमा ओरेगन विश्वविद्यालयका प्राध्यापक डा. ह्युग बी. उड र ब्रुनो नालको दलले शिक्षा विकासको निमित्त व्यावहारिक सुझावहरु पेश गर्न टोली गठन २०१८ पौषमा , यसले चलिरहेका विविध प्रकारका शिक्षाको विस्तार वन्द गर्ने, प्राथमिक तहमा १ः२५ देखि १ः३० र माध्यमिक तहमा १ः२० देखि १ः२५ शिक्षक विद्यार्थी अनुपात कायम राख्ने, आर्थिक स्रोत पुग्दो नहुञ्जेल ६ वर्षको लागि माध्यमिक शिक्षा स्थगित राख्ने, शिक्षण विधि र शिक्षण सामग्रीको
ड्ड    २०२६ कार्तिक १४ मा बासुदेव ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय रााष्ट्रिय शिक्षा सल्लाहकार परिषद्को पुनः गठन, शिक्षा प्रशासनको व्यवस्था उपयुक्त नभएको, शिक्षाको कार्यक्रम योजनाबद्ध नभएको, हाल विनियोजित रकमबाट सिफारिसहरु लागु गर्न नसकिने मुख्य रायहरु प्रस्तुत गरेको, प्रतिवेदनको कारवाही हुन नपाउँदै २०२८ बैशाख ५ मा राष्ट्रिय शिक्षा समितिको गठन भएपछि औचित्यहीन भएको ।
ड्ड    २०१७ मा जिल्ला शिक्षा निरीक्षकको व्यवस्था, २०१८ मा अञ्चल शिक्षा अधिकारीको व्यवस्था      (२०२७ सालमा अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज भएका),
ड्ड    २०२१ मा पूर्वमा धरान तथा पश्चिममा पोखरामा प्रमुख शिक्षा अधिकारीको व्यवस्था भई २०२५ मा खारेज गरिएको ।
ड्ड    २०२३ मा बागमती, नारायणी र गण्डकी ३ अञ्चलका २० जिल्लामा प्राथमिक विद्यालयमा पढाउन चाहने वा शिक्षक बन्न चाहनेले शिक्षण अधिकारपत्र लिनुपर्ने व्यवस्था लागु भयो
ड्ड    सिमित व्यक्ति वा संस्थालाई अति गोप्य तरिकाले योजनाको मस्यौदा तयार गरी राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८—२०३२) तयार गरिएको, योजना लागू गर्नका लागि शिक्षा ऐन २०२८ को तर्जुमा भई चरणबद्ध रुपमा लागू गरिएको
ड्ड    २०३५ सालमा रेडियो शिक्षा शिक्षक तालिम आयोजनाको स्थापना, २०३७ सालदेखि रेडियो तालिम कार्यक्रम शुरु, २०५० श्रावण १ मा दूर शिक्षा केन्द्रको स्थापना
ड्ड    २०३९ भाद्र १ मा रणधीर सुब्बाको अध्यक्षतामा ५ सदस्यीय शाही उच्च शिक्षा आयोगको गठन, उच्च शिक्षामा सीमित रही गठन गरिएको यो पहिलो आयोग, आयोगका मुख्य सुझावहरु ः
ड्ड        — उच्च शिक्षासम्बन्धी नीति निर्माण र अन्य काम गर्न उच्चस्तरीय राष्ट्रिय निकायको व्यवस्था गर्नुपर्ने,
ड्ड        — त्रिविविको केन्द्रीय प्रशासनिक संरचनामा परिवर्तन गर्नुपर्ने
ड्ड        — क्याम्पस प्रमुखको पद सावधिक नराखी स्थायीरुपमा नियुक्त गर्ने
ड्ड        — प्राविधिक अध्ययन संस्थानको प्रमुखलाई रेक्टर (शिक्षाध्यक्ष) भन्ने
ड्ड        — संस्कृत उच्च शिक्षाका लागि अलग विश्वविद्यालय स्थापना गर्ने
ड्ड        — संस्कृत विश्वविद्यालय संचालनको आर्थिक दायित्व सरकारले व्यहोर्ने
ड्ड    प्रजातन्त्रको पुस्थापना पश्चात शिक्षाको समयानुकूल विकास र विस्तार गर्न २०४७ फागुन १४ गते राष्ट्रिय शिक्षा आयोगको गठन, २०४८ श्रावण १३ मा पुनःगठन ।
ड्ड    १९१५ मा गठन भएको शिक्षा विभाग २०२८ भाद्रमा विघटन भयो र २०५६ जेष्ठ ९ मा पुनः गठन
ड्ड    २०५४ बैशाख १२ को सरकारको निर्णयानुसार तत्कालीन शिक्षामन्त्री देवी प्रसाद ओझाको अध्यक्षतामा १९ सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन