Pages

Wednesday, June 26, 2013

मेरो देश यतिखेर ....


भन्नेहरु त देश झरीले लछ्रप्प भिजेको छ भन्दैछन् तर म यहाँ लेख्दै छु, देश वर्वरी झरेको आँशुले भिजेको छ । रोग भोक र शोकले आक्रान्त मेरो देश घरवार विहीन घरमुली भएको छ । लाउँ लाउँ खाउँ खाउँ का सोह्र वर्षे तन्नेरी तरुणी गुमाएर, तोते वोलीमा भर्खरै बा, आमा, भन्ने सन्तान (जसलाई हेर्ने वित्तिकै सारा थकाइ मेटाउने जादुगरी नाती नातिना) गुमाएर वसेका हजुर वा हजुरआमा, वा, आमाहरुको हृदयविदारक कहानी लिएर उभेको छ देश यति खेर ।
भाग्दा भाग्दै पछाडिवाट वाढी आयो त्यही भेलमा वगे, भेलले लछादै पछार्दै लग्यो, हेर्दा हेर्दै साथीहरु सवै वगायो धन्न म अलि चाँडो भागेछु र डाँडामा पुगेर वाँचे तर वाँचेर के गर्नु उता घरमा पनि पहिरो गयो रे । घरै छैन अरे । के का लागि वाँच्नु भन्ने दार्चुलेली युवाको यथार्थता टाँगेर भिख माग्दैछ मेरो देश यतिखेर  ।