Pages

Friday, January 17, 2014

यो देश देश होइन

मसाल वोकेर आउनेहरुले आज शाल छोडेर गए । स्वतन्त्रताको लागि वगाइएको रगत भन्दै हिडयौं  । हामी अंध्यारोमा हो जस्तै लाग्यो । विहान हेर्दात वस्तोको फोहोरी नाल रहेछ त्यो । हेर्दा उस्तै लाग्ने नक्कलीको चालढाल रहेछ तयो । सुन्दर मानव सिर्जना थियो त्यो । विहान हेरेको त त्राशदीपूर्ण कंकालपो रहेछ त्यो ।
अग्लो कदको, झुस्सदारी पालेको , कोट पाइन्ट लगाएको तर मैलो धैलो । नजिक जाँदा पिसाव ह्वास्स आउने एउटा मान्छे देवीघाटको रानी चौतारामा कराइरहेको सुने मैले । सवै वाक्य पुरा छन् । शब्द शब्द स्पष्ट छन् त पानि भन्न खोजेको कुरा वुझिन मैले । के भन्छ ? को हो यो ? नजिकै उभिएर  सुनिरहेको म जस्तै तमासे तर्फ हेरेर प्रश्न गर । खोइ कताको हो वौलाहा रहेछ । ठूलै मान्छ बौलाएको जस्तो छ । ए– भन्दै म छेउलागे । उ पनि अर्को छेउ लाग्यो । विस्तारै भिड जम्मा भयो । अघिको तमासे फिस्स हाँस्यो । बौलाहाको आवाज सुनेर हाँसेको होला । मैले त भनेको कुरै वुझेको छैन कसरी हाँसौ ? मालाइ लाग्यो त्यो तमासे यसका लागि हाँस्यो त्यो पागललाई थप पागल प्रमाणित गर्नका लागि हाँस्यो होला सायद । नकी उसको अभिव्यक्ति वुझेर हाँसेको होस् । पागलको अभिव्यक्ति नबुझे पनि तमासेको अव्यक्त अभिव्यक्ति वुझ्न वेर लागेन मलाई । उसलाइै लाग्दै होला कराउने पालगल हो र उ वुझेको विद्वान । वस् आफुलाई विद्वानो कसीमा घोटाउँदै छ उ आफूलाई ।

पागल एकोहोरो वोलिरहेछ धारा प्रवाह । यो देश देश होइन । यो केवल अवशेष हो । मृत आत्माहरुको । ढोगी र धोकेवाजहरुको । जहाँ सान र मान छ त्यहाँ इज्जतको अवशान भेटिन्छ। स्वतन्त्रताको लिलाम छ । भन्दा भन्दै उ थ्याच्च वस्यो र भन्यो आओ मेरा मित्रहरु हो –हात फैल्यायो । गोजीवाट रोटीका टुक्रा फाल्यो । वजारका भुस्याहा कुकुरहरु त उसैको तर्फ धुरीए । हिजो अस्ती हामीले के के न विगारिदिए जस्तो गरेर वाटो हिडदा भुक्ने भुस्याहा कुकुर लुरु लुरु गएस उसका काखमा वसिदिए । उ फेर वोल्न लाग्यो आओ मेरा छोरा छोवरीहरु हो आओ । तिमीहरु छै र म छु । तिमीहरुको इमान्दारिता छ र म छु । उ गलल्ल हाँस्यो । अघि हामी तमासे हाँसेका अहिले उ ।
भिडवाट कसैले भन्यो– विचरा छोरा छोरीले धोका दिएर पागल भएको जस्तो छ । अर्काले थप्यो ठूले व्यापारी जस्तो छ व्यापारमा घाटा भएर वौलाहे जस्तो छ । इमान्दारिताको कुरा गर्दै छ नी । हो । अर्को तमासेले सहिथाप्यो । क्रान्तिकारी नेत रहेछ क्यार त्यसै पागल भयो । धनीवाउको विग्रैको छोरो बौलाहे जस्तो छ । सवैले आ आफ्नो गच्छे अनुसार अडकल काटे, सहि थापेव ।
उ फेरी वक्न थाल्यो । यो देश चिहान होे । जहाँ जिउँदै मान्छेहरु गाडिएको छ तर पुरिएको छैन । हा हा हा उ फेरी  हाँस्यो । हामी तमासेहरु निक्कै भइसकेका थियौं ।  हो भन्दै एक आपसमा मुन्टो हल्लाएर मौन सहमति जनायौं । यता उता हेरे अफ्ठेरो लाग्यो । भन्न चाही पागल भन्ने सुन्नचाही वेद, पुराण, वाइवल, गीता, त्रिपिटकको सार सुने झै मौन भएर सुन्ने । म आफ्नोवाटो लागे ।
अघि उ वोल्दा हामी तमासे हाँस्यौ । अहिले हामी सुन्दा उ हाँस्छ । आखिर पागल उ की हामी ? कतै मै पो पागल हुन लागिन डर पो लाग्यो ।  दिनभरी पागलकै विचारले दिमाग घोचिरह्यो । वेलुका पागलले भनेको कुरा लिपिवद्धगरेर राख्छु भोली यसले केही अर्थ राख्दछकी राख्दैन सवैका सामु छलफल गर्छु भन्दै लिपि वद्ध गरे ।  जुन अभिव्यक्ति सार यस्तो भयो ।
मसाल बोकेर
आउने हरुले
शाल छोडेर गए ।
स्वतन्त्रताको लािग
वगाइएको रगत
वस्तीको फोहोरी नाल रहेछ
त्राशदीपूर्ण कंकाल रहेछ ।

यो देश ढोगीहरुको
धोकेवाजहरुको अवषेश रहेछ ।
जिउँदो मान्छे पुरिएको चिहान रहेछ ।
अव त म एउटै प्रश्नको घेरावन्दीमा परे । के त्यो पागल होलार ?samapdasanskriti.blogspot.com/यो देश देश होइन



No comments: