Pages

Thursday, January 9, 2014

सन्दर्भ पृथ्वी जयन्ती

Prithvi Narayan Shahदुइ सय ९२ औं पृथ्वी जयन्ति–देशभर राष्ट्रिय एकता दिवको लहर छ । जन जनमा राष्ट्रिय एकता दिवसको लहर चलेको छ । तर हाम्रो देश नेपाललाई ठूलो पुरुषार्थका साथ मारेर ल्याएको सिकार जस्तै ठानेर संघियताको पञ्जाले लुछ्न उद्त भोका र नाँगाहरुले भने एकता दिवसको चाहना गर्न सकेका छैनन किनकी भोक पूरा गर्ने स्वार्थ छ उनीहरुमा । वाइसी चौवीस टुक्रे राज्यलाई एकिकरण गर्ने प्रकृयाका थालनी कर्ता पृथ्वीनारायण शाह प्रति मेरो लाख लाख सम्झना । जसले मन्त्रदान गरेर दिक्षित वनायो उसैलाई मन्त्रास्त्र हानेर ढाल्ने कृतघन हुन राष्ट्रिय एकता दिवसका विरुद्धमा उभिनेहरु । परदेशी शक्तीका पछाडी धोती न टोपीसंग कुद्नेहरुकालागि पृथ्वीनारायणशाह घृणाका पात्र हुन स्वभाविकै पनि हो । जो आफू व्यक्तिगत र पारिवारिक स्वार्थकालागि राजनितिमाप्रवेश गर्छ उसले आफू भन्दा ठूला र राष्ट्रिय स्वार्थकालागि दिलोज्यान दिनेको विरोध गर्नु राजनैतिक फोहोरी खेलको संस्कारगत दिव्य मन्त्र नै हो । जो पृथ्वीनारायणशाहलाई विस्तरवादी र तानाशाह भन्दै हिडेका छन् तिनको राजनैतिक चेतना र तिनमा भएको राष्ट्रियता प्रतिको चेतनात नेपाली जनताले नापी सकेका छन् । देश घस्याहार भ्रष्टहरुको अखडा भएको वर्तमान सन्दर्भमा  घुस लिने र दिने दुवै राष्ट्रका सत्रु हुन भन्ने दिव्योपदेश दिने पृथ्वीनारायणशाह तिनका लागि सम्मानयोग्य पात्र नहुनु कुनै अनौठो कुरा होइन ।

पृथ्वीनारायण शाहलाई ज्ञानेन्द्रको पूर्वको संज्ञा दिएर आफ्नो अभिष्ट पुरागर्न उनको छवी धमिल्याउनेहरुले बुझ्नु प¥योकी नेपाली जनताले पृथ्वीनारायण शाहको कदर स्वरुप राजा मागेका होइनन् पृथ्वीले गरेको एकिकरणलाई एकिकरण र गर्नेलाई एकिकरणकर्ता भनिदिनु प¥यो । वस यति भए पुग्छ नेपाली जनतालाई । सवाल यो होइन की कसले कतिको ज्यान लियो, कतिको नाक काट्यो ? त्यो हेर्ने हो भने नेपाली र नेपालको यो दुर्गति वनाएर आफुलाई राष्ट्रको सेवक मान्ने दलहरुले वुझ्नु प¥यो पृथ्वीनारायण भन्दा ठूला हत्यारा तिमीहरु हौ । नेपाली जनताले तिमीहरु कसैलाई छोडने छैनन् । तथापी नेपाली जनताले यो सव विर्सिदिन तयार छ तर यो सम्झन चाहन्छ कि वर्तमान नेपालको एकिकरण अभियानका अभियन्ता उनै पृथ्वीनारायण शाह हुन ।

No comments: