Pages

Thursday, May 8, 2014

कविता


जन्माष्टमीको पुजा सकी

घर फर्कदा
कलह वढेर
विछोड भयो
टुक्रिन गयो
जीवनको रथ



कृष्णको पुजा
उल्टो भएछ क्यार
सवै तर्फ
विछोड मात्र छ ।
जलमा
थलमा
जंगलमा
महलमा
कृष्ण विहीन
गोपिनी
वेदनाको सास लिइ
खेलीदैछ
अविर विहिन
अक्षतासंग
यो जीवनावधीमा
न त कंस मारीन्छ, मारिने छ ।
न त मरेथ्यो
सर्वत्र उही
पुरानै किंवदन्ति, घटना
पुरोहितहरु
अर्थ विहीन
जन्माष्टमी सवैको प्यारो छ
तर
वुद्ध जयन्ति
सवैको उपेक्षित

No comments: