Pages

Thursday, January 9, 2014

सन्दर्भ पृथ्वी जयन्ती

Prithvi Narayan Shahदुइ सय ९२ औं पृथ्वी जयन्ति–देशभर राष्ट्रिय एकता दिवको लहर छ । जन जनमा राष्ट्रिय एकता दिवसको लहर चलेको छ । तर हाम्रो देश नेपाललाई ठूलो पुरुषार्थका साथ मारेर ल्याएको सिकार जस्तै ठानेर संघियताको पञ्जाले लुछ्न उद्त भोका र नाँगाहरुले भने एकता दिवसको चाहना गर्न सकेका छैनन किनकी भोक पूरा गर्ने स्वार्थ छ उनीहरुमा । वाइसी चौवीस टुक्रे राज्यलाई एकिकरण गर्ने प्रकृयाका थालनी कर्ता पृथ्वीनारायण शाह प्रति मेरो लाख लाख सम्झना । जसले मन्त्रदान गरेर दिक्षित वनायो उसैलाई मन्त्रास्त्र हानेर ढाल्ने कृतघन हुन राष्ट्रिय एकता दिवसका विरुद्धमा उभिनेहरु । परदेशी शक्तीका पछाडी धोती न टोपीसंग कुद्नेहरुकालागि पृथ्वीनारायणशाह घृणाका पात्र हुन स्वभाविकै पनि हो । जो आफू व्यक्तिगत र पारिवारिक स्वार्थकालागि राजनितिमाप्रवेश गर्छ उसले आफू भन्दा ठूला र राष्ट्रिय स्वार्थकालागि दिलोज्यान दिनेको विरोध गर्नु राजनैतिक फोहोरी खेलको संस्कारगत दिव्य मन्त्र नै हो । जो पृथ्वीनारायणशाहलाई विस्तरवादी र तानाशाह भन्दै हिडेका छन् तिनको राजनैतिक चेतना र तिनमा भएको राष्ट्रियता प्रतिको चेतनात नेपाली जनताले नापी सकेका छन् । देश घस्याहार भ्रष्टहरुको अखडा भएको वर्तमान सन्दर्भमा  घुस लिने र दिने दुवै राष्ट्रका सत्रु हुन भन्ने दिव्योपदेश दिने पृथ्वीनारायणशाह तिनका लागि सम्मानयोग्य पात्र नहुनु कुनै अनौठो कुरा होइन ।

Wednesday, January 8, 2014

शैक्षिक योजना र र यसले उठाएको प्रश्न

शिक्षा मन्त्रालयले भर्खरै सार्वजनिक गरेको शैक्षिक योजनामा अंग्रेजी विषयमापढाउन नसक्ने शिक्षकलाई सेवावाट वर्खास्त गर्ने जुन प्रकृयाको सुरुवात गर्ने उद्घोष ग¥यो त्यसले शिक्षा मन्त्रालयको आफ्नो असली स्वरुप देखायो । साँच्चै यो योजना कार्यान्वयन भएको खण्डमा केही नेपाली वाहेकाका अन्य आम नेपालीहरुले अग्रेजी विषयमा राम्रै दख्खल राख्ने छन् । भाषाकै कारण पछाडी पर्ने वालवालिकाहरुको भविष्य सुन्दर हुने त छँदै छ । तर यो पनि विद्यालय क्षेत्रसुधार योजना जस्तै पाइलटिङ प्रोग्राममै सिमित हुने हो की । प्रत्यक्ष परोक्ष रुपमा आन्तरिक सह सम्वन्ध भएको शिक्षक सेवा अयोग र यस माथि लागेको वर्तमान चर्चित लाञ्छना जस्तै भएर अख्तियारको निर्देशनमा स्थगित हुने पो होकी ? यसै गरी शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालयमा प्रवेश गर्ने कर्मचारी चयन गर्ने  तालुकदार अड्डा लोक सेवा अयोगले पनि त अतिरिक्त अंग्रेजी विषयको स्तरलार्ई थप स्तरीकृत गर्नु पर्ने देखिन आयो नी हैन र ? नत्र भने फेरी कक्षा निरीक्षण गर्न आउने निरिक्षक नै अक्कन वक्क पर्ने भए त फेरी विजोग पो हुन्छ त । कि कसो ?