Pages

Friday, January 17, 2014

यो देश देश होइन

मसाल वोकेर आउनेहरुले आज शाल छोडेर गए । स्वतन्त्रताको लागि वगाइएको रगत भन्दै हिडयौं  । हामी अंध्यारोमा हो जस्तै लाग्यो । विहान हेर्दात वस्तोको फोहोरी नाल रहेछ त्यो । हेर्दा उस्तै लाग्ने नक्कलीको चालढाल रहेछ तयो । सुन्दर मानव सिर्जना थियो त्यो । विहान हेरेको त त्राशदीपूर्ण कंकालपो रहेछ त्यो ।
अग्लो कदको, झुस्सदारी पालेको , कोट पाइन्ट लगाएको तर मैलो धैलो । नजिक जाँदा पिसाव ह्वास्स आउने एउटा मान्छे देवीघाटको रानी चौतारामा कराइरहेको सुने मैले । सवै वाक्य पुरा छन् । शब्द शब्द स्पष्ट छन् त पानि भन्न खोजेको कुरा वुझिन मैले । के भन्छ ? को हो यो ? नजिकै उभिएर  सुनिरहेको म जस्तै तमासे तर्फ हेरेर प्रश्न गर । खोइ कताको हो वौलाहा रहेछ । ठूलै मान्छ बौलाएको जस्तो छ । ए– भन्दै म छेउलागे । उ पनि अर्को छेउ लाग्यो । विस्तारै भिड जम्मा भयो । अघिको तमासे फिस्स हाँस्यो । बौलाहाको आवाज सुनेर हाँसेको होला । मैले त भनेको कुरै वुझेको छैन कसरी हाँसौ ? मालाइ लाग्यो त्यो तमासे यसका लागि हाँस्यो त्यो पागललाई थप पागल प्रमाणित गर्नका लागि हाँस्यो होला सायद । नकी उसको अभिव्यक्ति वुझेर हाँसेको होस् । पागलको अभिव्यक्ति नबुझे पनि तमासेको अव्यक्त अभिव्यक्ति वुझ्न वेर लागेन मलाई । उसलाइै लाग्दै होला कराउने पालगल हो र उ वुझेको विद्वान । वस् आफुलाई विद्वानो कसीमा घोटाउँदै छ उ आफूलाई ।