Pages

Saturday, October 3, 2015

किन त डा साव त्यो सहादत र वलिदान तपाइलाई भारी भयो

म पढ्ने विद्यालयमा अग्लो पातलो शरीरभएका जोगी पसे । हामी सवै विद्यार्थीहरु ट्वाल्ल भयौ । एका एक उनी दश कक्षा भित्र पस्दै म तिमीहरुलाई आज अर्थशास्त्र पढाउँछु । जोगीले पढाउने ? मनमा प्रश्न उठ्या ? किताव झिक्यौ । फ्रस्ट वेञ्चमा वस्नेले किताव दिन उठयो तर जोगीले त कितावै लिएन । भयो पर्दैन मलाई कितावमा के छ सव थाहा छ । हामी चकित भयौ । नभन्दै उनले निकै राम्रो संग अर्थशास्त्र पढाए । अर्थशास्त्र सम्वन्धि मार्शल र रविन्सले दिएका परिभाषा र यी विचको अन्तर सम्वन्धमा । 

केही वेर पढाएपछि जोगीको प्रसंग परिवर्तन भयो । उनी देशको विकासका लागि क्रन्ति आवश्यक रहेको, हामी जस्ता युवाहरु यो वुर्जुवा काम नलाग्ने शिक्षा पढेर वस्न नहुने, जनवादि शिक्षा पढनुपर्ने वताउन थाले । आहा कस्तो मिठो कुरा । मनमनै कल्पे । जोगी होस् त यस्तो । जोगीले कति पढेको होला । घण्टी वज्यो । जोगी वाहिरीए । कतै हराए । तर मनमा उनले भनेको कुरा अझै गुञ्जिरहेको छ । देशैभरि सामान्तहरुको राज छ । गरीव, किसान, मजदुरहरु गाउँ ठाउँका सामन्तद्वारा शाषण उत्पीडनमा छन् । जसको समाधानकालागि क्रान्ति आवस्यक छ । 
पछि कुनै माध्यमवाट एउटा पत्रिका हात लाग्यो । जसको अगाडि उनै जोगीको सफेद फोटो र भित्र अस्कल क्याम्पससंग अफ्नो पुरानो सम्वन्ध भएको आसय सहितको अन्तवार्ता छापिएको थियो । वल्ल थाहा पाए ति डा. वावुराम भट्टराई रहेछन् । नेकापा माओवादीका प्रभावशाली नेता । 
जानेर, नजानेर, क्रन्ति वुझेर,कसैको वहकाउमा लागेर, हतियार वोक्न पाइने हतियार मोह भएर, छिमेकीसंग रिस उठेर, साँध सिमानाको झगडा मिलाउन र साँच्चै देश परिवर्तन गर्न धेरै युवा माओवादीको जनयुद्धमा होमीए । मार,े मरे, मारीए, मराइए । जे जे भएपनि मर्नेका छोरा–छोरी टुहुरा भए, । प्रेमी प्रेमीकावीच वियोग भयो । वावुआमा सन्तान वहिन भए । आखिरमा भनियो ति शहिद भए । देश परिवर्तनकोलागि मरे भनियो । आफन्तले चित्त वुझाए । 
तर आज देख्दैछु । तिनै जनयुद्धका पिता आफ्ना सन्तान छाडेर फेरी व्रह्मचार्य तर्फ लाग्दैछन रे । भएको वनि वनाउ घर छाडेर पुन अर्कीसंग मायाँ प्रिति लगाएर घर वसाउने सोचमा छन् रे । आफैले वनाएको घर मक्एिको घर भन्दै धारेहात लगाएर हिडे । हजारौ शहिद
को रगत र वलिदानीवाट वनेको, आफैले वनाउको घर जस्तो सुकै भए पनि आफ्नै ठान्नु पर्ने होइन र ? किन मोहभंग भयो यि डाक्टरसावलाई ती शहिदहरुका वलिदानप्रति । हामीले त त्यसलाई मृत्यु भनेको थियौ तर तिनले नै सिकाएका हुन् यो चानचुने मृत्यु होइन–शहादत हो । आज आएर किन त डा साव त्यो सहादत र वलिदान तपाइलाई भारी भयो र सम्हाल्न सक्नु भएन ।


कतै आलोचना गर्नेले गरेको मान्छे मार्ने पार्टी भनेको भनेर हो की के हो ठान्दै त्यो पाटी फुटाउदै, भाग्दै गरेर आफू अर्कै घरमा वस्ते र अन्ततः पुरानो पार्टी मानववस्ती नभउको ठाउँको भत्केको पटी जस्तै वनाउन लाग्या हो त सवै मिलेर ? 

No comments: