Pages

Tuesday, April 18, 2017

कथा पेनड्राइभ

उसको आग्रह अनुसार म घुम्नको लागि सौराहा जाँदै थिए । उ घरवाट आउँदै थियो । फोन मार्फत हामीले दुवै जना मुग्लिनमा भेटने सल्लाह गरेका थियौं । विहान एघार वजे म मुग्लीन झरँे । उ आईपुगेको थिएन । नजिकै पसलमा पुगेर एउटा जुस किनँे र त्यहीँ वसे । केही वेर पछि पोखरावाट वस आयो । कुलेन्द्र पनि वसवाट झरे । उनी मेरा असल मित्र थिए । म भन्दा सिनियर ।  उनका दाजु  सौराहका हाकिम भएका थिए । त्यही चिनाजानीका कारण हामी केही दिनका लागि सौराहा जाँदै थियौँ । चितवनको वस चढियो । उनी अगाडी सिटमा परे म केही पछाडीकोमा । मेरो सिटमा एक जना विवाहित महिला थिइन् । त्यस्तै २८ वर्ष जतिकी । उनको दुइ तीन ओटा झोला थिए । कोही सिटमा राखिएको कोहि सिट मुनी त कोही तल खुट्टा राख्ने ठाउँमा पनि । कानमा इयरफोन कोचेर उनी मस्तसंग केहीे सुनी रहेकी थिइन् । कहिलेकाँही संगीतको थोरै धुन वाहिर पनि आउथ्यो । त्यसवाट मलाई अन्दाज हुन्थ्यो उनी नारायण गोपालको यो सम्झिने मन छ म विर्सु ........ ... सुनी रहेकी छिन् । कसैको यादमा होलीन् ।  उनी अकस्मात वाहिर हेर्दै चिच्याइन् ए ... भाई रोक् रोक् ..।
सहचालकले सिठी मारे । गाडी रोकीयो । उनी हतार हतार उठीन् । झोलाहरु उठाइन् र वाहिर निस्किन् । गाडी अगाडी वढयो । म वसेको सिटमा वस्न अघि देखि उभिइरहेकी एउटी युवती आइन् । छेउ छोडेर म कुना तर्फ सरँे । उनी फेसवुकमा मस्तसंग च्याट गर्न थालिन् । म छली छली उसको च्याट हेर्ने प्रयत्न गर्थे तर सकिरहेको थिइन । कतै चाल पाउँछे की भन्ने डर थियो मनमा । गाडि रोकियो । कुलेन्द्रले मलाई झर्न आग्रह गरे । म झर्नका लागि उठेको थिएँ । सुन्नुस त । हात लम्काउँदै उनले मेरो हातमा केही दिइन् । तपाईको सामान लिनुस भन्दै मेरो हातमा पेनड्राइभ थमाइन् । म वाल्ल परे । यो के तरीका होला ? मन मनै सोच्दै पेनड्राइभ लिएर गाडीवाट झरँे । पेनड्राइभ ओल्टाइ पल्टाइ हेरे । किन होला मलाई दिएकी । के होला यसमा ? प्रस्नै प्रस्नको घेरामा परे ।

केहो गुरु ? मैयाँले उपहार पो  दिइन् त ? गाडिमा निकै चकाचक भयो की के हो ? कुलेन्द्रले जिस्काए । बोलेको पनि छैन भन्दै
पन्छिन खोजे । खोइ के हो केहो ? मैले त वुझ्नै सकिन । फेरी सटायर मारे उनले । त्यही त मलाई पनि अचम्म लागिरहेको छ मैले उत्तर फर्काएँ ।
के होला यस भित्र ? किन दिइन् होला उनले ? को होलीन् उनी ? मन भरी कुरा खेल्न थालँे । हामी सौराहा पुग्यौं । हामीलाई सौराहा भित्रै कमल सरको पाहुना भएर खाने वस्ने व्यवस्था मिलाइएको थियो । हाकीमका भाइहरु मनिएका थियौं हामी । लालवहादुर सरमार्फत  हामीलाई एउटा रुम उपलब्ध भयो । म हतार हतार ल्यापटप खोल्न लागेँ । के हो गुरु ? हातमा नोवेल पुरस्कारै पाए जस्तो छ नी ? हातमा पेनड्राइभ परेपछि  त वोलोचालो छैन त । कुलेन्द्रले व्यंग्यगरे । नभन्दै म एकोहोरो टोलाउने भएको थिए । उनको त्यो चालाले ।
ल्यापटप खुल्यो । हत्तन पत्त पेनड्राइभ घुसारँे । प्वाक्क गरेर  पेनड्राइभ कनेक्ट भएको आवाज आयो । तर के गर्नु पेन ड्राइभ भरी भाइरसै भाइरस । एन्टीभाइरसले स्क्यान गर्न थाल्यो । उफ् कतिवेर लाग्ने हो  स्क्यान हुन । मन निकै छिटो गतिमा दौडिरहेको थियो । रकेट जत्तिकै छिटो । स्क्यान सकियो । माइकम्प्युटर खोले । रिमुभेवल स्टोरेज इ देखायो । हत्तन पत्त खोले । त्यहाँ एउटा वर्डको फाइल थियो । अर्को फोटोज् नाम गरिएको फोल्डर थियो । दोमन भयो पहिला कुन खोलौं । फाइल की फोटो ? फोटो की फाइल ? पहिला वर्डको फाइल नै खोले ।
..................................................................................................
कलेज खुल्यो । अघि पछि अलार्म लगाएर उठने म आज विहान सवेरै व्यूँझिएँ । हतार हतार कलेज गए । उनको आगमनको वाटो पर्खिरहे । तर खै उनी आउने छेक छन्द छैन । उसका साथीहरु आए । मेरा अरु साथीहरु आए सवै साथीहरु आए कलेजमा एउटा भिड नै जम्मा भयो । त्यहि भिडको विचमा म एक्लो भएर उभिएको छु । उनको अनुपस्थीतीमा । चक चके ताराहरुको वीचमा एक्लै उभिएको जून झै शान्त थिए म । उनको साथमा संसार विर्सिएको त थाहा थियो मलाई तर आज उनैको रिक्ततामा भरिलो संसार नै रित्तिएको महसुस भयो । बल्ल आइन् उनी । आहा । एका एक पुसको जाडोमा घामलाग्दा झै मन घमाइलो भएर आयो । खुसीले आँखा ठूला भएर आए । मन त्यसै त्यसै फुरुङ भयो । यति खुसी त सानो छँदा दशैंमा बाले लुगा ल्याइदिदा पनि लाग्दैनथ्यो । यो चलचित्रको दृष्यहुँदो हो त म दौडेर उसलाई अंगालिदिन्थे । वेपर्वाह उसको गालामा म्वाई खाइदिन्थे । वेस्सरी दुख्ने गरी उनको गाला नै टोकिदिन्थे तर स्वतन्त्र भएर पनि वाँधिएको छु म । मन र दिमागको वेमेलको परिणती जस्तो लाग्छ मलाई । मन छाती फुटाएर वाहिरीएर अंगालो हाल भनेर वेसरी धडकीरहेको छ । जा छिटो जा । नत्र मैै वाहिर आउँछु भन्दै छ तर दिमाग संयम संयम भनेर घण्टी वजाउछ । यस्तै अन्तरद्वन्द चल्दा चल्दै उनी म नजिकै भएर क्लासमा भित्र छिरी  । म चाहन्थे उसले मलाई हेरेर मुस्काउदै आँखाको सानले जाउँ भनोस । तर यसो हुन सकेन ।
उनी हिडदा म नजिकै वगेको हावा पनि प्रीय लाग्यो त्यसैमा उनको पसीनाको गन्ध खोज्दै टोलाउन लागे । उनी क्लास भित्र गइन् । जाँदाउनी कता फर्केर गइन् मैलै चालै पाइन वस यति थाहा छ उसले मलाई देखेर पनि वास्ता गरीन । लाग्यो साँच्चै मायाँ मारीछ निष्ठुरीले । सायद उसले माया गर्दै उसको मन भित्र वसेको मायालु म मरीसकेछु । सोच्न थाले उनको मन भित्र मरेको विचरो म कहाँ मिल्काइदिइन् होला । कस्तो अवस्थामा होला । वुझ्न मन लाग्यो । उनकै मनमा मर्न गइरहदा पक्कै उसले वास्ता गरीन होला । सायद कति छटपटायो होला त्यो मन ।  म संग मेरो संरक्षणमा वसेको आधा मन त यस्तो पिरोलिएको छ । मायाँगर्न उसलाई उपलब्ध गराइएको त्यो मन कसरी आफ्नो मनवाट थुतेर फाल्न सकिन् उसले । उसलाई पनि त एकछिन त पिडा भयो होला नी ।
उसको नजिकै गए । उनी फिस्स हाँसिन् तर त्यो हाँसो केवल हाँस्नका लागि हाँसिएको हाँसो मात्र थियो । पलास झै । सुगन्ध विहिन हाँसो । यस्तो हाँसो मैले आजसम्म कतै देखेको थिइन । वजारमा वेचिने पुतलीको हाँसो होस या कपडापसलमा सजाइएको डमीको हाँसो नै किन नहोस तिनमा पनि खोजे केही सजिवता भेटिन्छ । मरेको मानिसको हाँसोमा पनि खोजे शान्ति भेटिन्छ । वच्चाको हाँसोमा जीवन  । प्रेमी प्रेमीकाको हाँसोमा सिंगो सँसार तर आज मैले मायाँ गरेकी मेरी प्रेयसीले मलाई दिएको मुस्कान जो थियो त्यसमा केही भेटीन । केवल ओठवरीपरी तन्किएको छाला सिवाय ।
मायाँ मारेकी ? थाहै नपाई मुखवाट आवाज खुस्कियो ।
भो यसवारे मलाई केही नसोध्नु । वस यति भनेर उनी अर्को तर्फ फर्किइन् ।
उसको त्यो वेवास्ताले झन् चित्त दुखेर आयो ।
किन ? के गल्ति गरे र मैले ? फेरी सोधे ।
मैले भनिन, यसवारे केही नसोध्नु भनेर । ठुस्सीदै जवाफ फर्काइन् ।
के मेरो माया लाग्दैन ? विर्सेकै हो त  ? सक्छौ विर्सन ?
अघि पछि कुरा गर्दा पटक पटक उसैले सोध्ने प्रश्न हो– सक्छौ त यसो गर्न ? आज त्यही प्रश्न गरे उनलाई ।
सक्नु पर्दाे रहेछ । छोटो उत्तर दिएर उ त्यहाँवाट उठेर हिँडी ।
हर पल हर क्षण उसकै याद आउँछ । मनमा एकै प्रश्न अनुत्तरीत छ । किन उसले यसरी सजिलै लत्याई मलाई ?
यति भनेको दिन देखि उनी कलेज पनि आइनन् । कता गइन् थाहा भएन । उनको रुम सम्म गए । रुम छाडिन भन्ने वुझियो । उफ कस्तो विवसता हो या पिडा दिने नयाँ काइदा । धोका हो या मेरो गल्ति । या उसको कुनै विवशता । कहाँ होलीन् के गर्दै होलीन् । प्रश्नै प्रश्नको पहाडले गल्र्याम्म थिचेको छ अचेल ।
......................................................................................................
रात विते, दिन विते, हप्ता विते, महिना विते, तर मनमा यति धेरै पिडा वितेकी सायद कुनै कम्पनीले उत्पादन गर्नेहो भनेपनि यति छिटो यति धेरै दुःख उत्पादन  गर्न सक्ने छैन । यो मन साँच्चै पिडाको कारखाना भएको छ । दिमाग त्यसको कामदार ।
जति वेला पनि म तिम्रै यादमा हुन्छु । कहिलेसंगै भएको कल्पना गर्छु । खुसीले दंग हुन्छु । यसै टाढिन्छौ, मन दुखेर आउछ । यो कस्तो मायाँ हो मैले वुभ्नै सकिन ।
पहिले आफैले मायाँ ग¥यौ । पछि गएर टाढीन खोज्छौ । मलाई पनि टाढीन भन्छौ । नत आफैँ टाढिन सक्छौ नत  माया गरीरहेकै छु भन्न नै । आखिर यो सब किन ? भन कहिले सम्म यसरी वस्न सक्छौ तिमी ? सक्छौ तिमिले यसको जवाफ दिन ?
मलाई अझै लाग्दैछ तिमी जति टाढा भएको अभिनय गरेपनि, जहाँ गएपनि त्यो तिम्रो अन्तस्करणमा म प्रतिको मायाँ झन् झन् गहिरो भएर गढदै गएको छ । तर ठिकै छ जहाँ छौ खुसी रहनु वस यहि कामनामा गरीरहनेछु म ।
......................................................................................................
उनी र म एउटै कलेजमा पढ्थ्यौ । क्लास पनि एउटै ।
एस.एल.सी परीक्षा सकेर उनी काठमाण्डौ आएकी  थिइन् । म पनि उतै थिए । अघिल्लो दिन मेरो एकजना साथी मार्फत उ संग मेरो भेट भएको थियो – एउट चिया पसलमा । हामी चिया खाएर छुट्यौ ।
भोलिपल्ट उनी फेसवुक मार्फत अनलाइनमा देखिइन् ।
हाई , केछ ? –मैले सोधे
ठिकै छु, तपाइँ कता ? उनले उत्तर दिइन्
म नेपालटार छु तपाइ नी ।
म स्वयम्भू, म स्वयम्भु मन्दिर घुम्न जान लागेको आउने हो ? उनले सोधीन् ।
होइन, आउदीन मेरो काम छ । वरु दिउँसो कता जाने नी ?
हस्पीटल जानु छ । तपाइँ नी ?
म पसलमा हुन्छु । मेरो भाईले भर्खर माछापोखरीमा पसल खोलेको थियो ।
हामी सधैँ जसो च्याटमा कुरा गर्न थाल्यौं । मैले नै पहिला उनलाई प्रेम प्रस्ताव राखे । उनले सहर्स स्वीकार गरीन् । अव हामी प्रेमी प्रेमीका भयौं ।
रिजल्ट भयो दुवै जना पास भयौं । एकै कलेजमा पढन थाल्योँ । कलेजमा पनि संगै वस्न थाल्यौं । दिनभरी संगै हुन्थ्यौं । संगै नहुँदा फोनमा, फोनमा नहुँदा च्याटमा, कहिले काहीँ फेन, च्याट केही नहुँदा मन मनै भएपनि सँगै हुन्थ्यौं हामी । म उनको प्रेममा चिनी झैं घुल्दै गए । वास्तवमै हाम्रो सम्वन्ध हाम्रा लागि चिनीपानी झै गुलीयो वन्दै थियो । यही चिनी पानीको चास्नीमा भुल्दै गयौ हामी ।
हाई काले ।
हाइ काली ।
आज कता गाएको नी ? कलेज त आएनौ नी ।
म त मस्त निदाएछु । चाँडो उठनै सकिन त्यसैले ।
हो र ? कि राती सुतेनौ ?
सुत्न दिएको भए पो सुत्नु नी ? मैले जवाफ फर्काए ।
कस्ले सुत्न दिएन र ?
छे एउटी काली, रातभरी डिस्टर्व गरेर ...
ल भैगो उसो भए वाई , धोकेवाज रहेछौ तिमी । जो संग पनि ठिक्क । उसैलाई माया गर्नु नी ।
हत्तेरीका । तिमी त कुरै नवुझी त्यसै रिसाउँछौ । अर्काले के भनेको छ त्यो राम्रो संग नवुझी आफ्नै ढंगले धारणा वनाउने अनि पडकिने यो वानी कहित्यै हटेन है तिम्रो ।
अर्काले के भन्दै छ केही नवुझी यसले मेरै विरुद्धमा वोल्दैछ भन्ने ठानेर रिसाउने उसको पुरानै वानी हो । जसले गर्दा पछि उनलाई ग्लानी त हुन्छ तर पनि यो नानी देखिको वानी अझै अघि पछि लाग्दैछ उसको ।
केही घण्टा पछी उनको फेसवुकमा एउटा स्टाटस आयो । भगवानले यो संसारमा धोकेवाजहरु किन पठाए होलान । मलाई नै लक्षित स्टाटसले बुझ्न मलाई कठिन भएन । त्यसको मुनी मैले कमेडी पारामा कमेन्ट लेखिदिए ।
सायद उस्तै उस्ताको जोडि मिलोस भनेर होलानी त ।
पछि
च्याटमा मैले सोधे तिमी रिसाएकी ?
अनि के त ? रिसाउँदै मेसेन्जरवाट रुदै गरेको इमो सेन्ड गरीन् ।
मैले पनि गिज्याउँदै गरेको इमो सेन्ड गरिदिए ।
वाई गरीन् र तुरुन्तै अफलाइन भइन् ।
अव एक दुइै दिनको लागि काण्ड पुग्यो । उसको रिसको पोको चुहिएर सकिन पुरै दुई वा त्यो भन्दा वढि दिन लाग्न सक्छ । वास्तवै उ रिसाहा हो । उ जति उचाइमा पुगेर रिसाउछे त्यति गहिराइमा मायाँ पनि गर्छे । उसको स्वभाव आशुतोषी छ । अलिकति कमजोरी भनेको अरुले के आसयले कुरा गरेको छ त्यो नवुझी आफ्नै ढंगले त्यसको अर्थ लगाउने बानी छ । तर सधै हाँसिरहने, हसाँइ रहने, चञ्चल मिलनसार छे मेरी काली ।
फेसवुकवाट सुरु भएको हाम्रो प्रेम फेसवुकमा निकै जम्यो ।
हाई काली के छ ?
ठिक छ काले । कता हो ?
कता हुनु नी तिम्रै मुटु भित्र ।
उफ वर्बाद भयो अव उनले भनिन् ।
किन के भयो र ? मैले सोधे
भगवान भेटनु पर्ने भयो हैन अव ? उनले उत्तर दिइन
पर्दैन तिम्रो भगवान त मै हुँ नी हैन र ? मलाई भेटे भै गो नी ।
ह्या, तिमी जस्तो मूर्ख हैन,  डा भगवान कोइराला के ?
किन नी ?
तिमीलाई मेरो मनवाट झिक्न । उसले भनी
मन कहाँ छ र तिम्रो ?
मुटुमा ।
ए अव मलाई हटाउने भयौ हैन ? ठिकै छ । फेरी.... । मैलै अधुरो वाक्य लेखिदिए ।
फेरी... के फेरी ? मलाई प्रस्न गरी ।
मलाई झिकेर फेरी उसले आफ्नो मुटु राखिदियो भने नी । मैले अर्थ खुलाए
राखे राख्छ त । तिमी भन्दा त उ कति हुने कति । छुच्चा । उसले रिसाउदै लेखि
हा हा । उ त तिमी भन्दा वुढो छ । चाउरी परेको मान्छेको मुटुपनि चाउरीपरेको हुन्छ भन्छन् । मैले व्यङ्य गरे
होस न त झन बूढा मान्छे अनुभवी हुन्छन्
के गर्न ? मैले सोधे
हि हि हि .......गर्दै निकै लामो हि हि हि गरी त्यसपछि
माया गर्न उसले उत्तर फर्काइन् ।
ल भैगो उसो भए । भन्दै थपे– झिके भैगो नी त । म पनि तिम्रो त्यो एक पाउको मुटु भित्र गुम्सिएर कैदी झैं थुनिएर वस्नु नपर्ने भयो । चरा झैं स्वतन्त्र उडन पाउने भए । आहा कति आनन्द हुने भयो ।
तर तिमीले सक्दिनौ यसो गर्न ।
त्यही नसकेर त डा कोइराला वोलाउने भनेको त ।।
उफ ।
किन उफ नी । मुटुवाट झिक्छु भन्दैमा वेहोस हुन लाग्यौकी के हो ? उसले वाँण हानी ।
अनि मुटु फेर्ने तिम्रो डाक्टरले मन पनि फेर्छन जस्तो लाग्दैन मलाई त ।
यदि सक्ने रहेछनभने म पनि आउँछु नि त । सँगै फेरौँला नी त उसो भा यो मन ।
...........................................  ............................ . ....................
दसैको लागि कलेज विदा भयो । म घरमा आए । विदा भएको पनि चार पाँच दिन भइसकको थियो । उसको यादले निकै सतायो । मोवाइल झिकेर कल गरे । मोवाइलको घण्टी पुरा गयो तर रिसिभ भएन । काली व्यस्त भै च । दसैँँ लागेछ त्यसलाई पनि । घर सजाउँदै होली, लुगा धुँदै होली, लामा धारावाट कमेरो ल्याएर घर सिंगार्दै होली, गाउँमा आउने सवै गोरेटोवाटो सफा गर्दै, सम्याउदै होली, उ उता संगीहरुसंग रमाउँदै होली ।

यो मोवाइल पनि कति कामको भएको छ हिजो आज । सम्वन्ध जोडने दरिलै पुल भएको छ आम मानिसको । र मेरो पनि । यो पुलवाट थुप्रै समाचार, सम्वन्ध, हालचाल, प्रेम, घृणा, दवाव, तनाव, अभाव, हाँसो, खुसी, आँसु, विस्मात, त्रास, डर, धाक, धम्की, प्रेरणा सवै निर्वाद वार पार गराउँछ । त्यहाँ चेक जाँच गर्ने कुनै पोष्ट हुदैन, कुनै पुलिस हुदैनन्, सवका लाइसेन्स र ब्लुवूक, पास, केही चाहिँदैन सवका सव वारपार हुन्छन् । नि सन्देह निसंकोच । न त मापसे नै चेक गरिन्छ त्यस मार्फत ।
काम सकेर मोवाइल हेर्दा मेरो मिस्ड कल देखेपछि त उस्को पनि मन कहाँ थामिएला र नी । मलाई जस्तै छटपटी हुनेछ उसलाई पनि । कतिखेर बोलौं कति खेर फोनवाटै भए पनि चुप्प पारौं र मनको उकुस मुकुस सान्त पारौं झै हुनेछ । यस्तै  सोच्दै, मनमनै रमाउँदै मोवाइल गोजीमा राखे ।
केहि वेर पछि ट्रि...ङ, ट्रि...ङ, ट्रि...ङ, ....... मोवाइमा एउटा म्यासेज आयो । आहा ! म्यासेज पो ! कालीले के के लेखी होली ? पक्कै मलाई गिज्याइ क्यार ! नत्र किन म्यासेज गर्थी  ? म आत्तुर भए म्यासेज पढन । म्यासेज वक्स खोले । जो रोमनमा र नेपालीमा  थियो । ल्य अबिि, ल्य mभककबनभ, ल्य mष्कक अबिि। ऋबिकक ाचष्भलम जय तजष्अप हब तर  व्वायफ्रेन्ड असम्भव । एउटा सामान्य कमेन्टको कारण फेसवुकमा त पहिल्यै ब्लक गरेकी थियौ । अव भेटघाट, वोलचालका सवै माध्यम वन्द गरायौ । प्रेमको पुल पनि भत्कायौ आजवाट । मन वेस्सरी दुख्यो । तर पत्यार लागेन । फोन गरे । घण्टी जाँदा जाँदै काट्दीइन । भक्कानिएर रोए  । रात पथ्र्यो, तिम्रै याद, विहान हुन्थ्यो तिम्रै याद ।
निष्पट्ट अंध्यारो, कोठाका झ्याल ढोका सवै वन्द हुदा पनि  कता कतावाट फेरि तिम्रै याद छिरेर आउँथ्यो । अचम्म लाग्छ घाम, पानी झण्डै झण्डै हावा पनि नछिर्ला जस्तो कोठामा तिमी चम्चम् जून को उज्यालो वनेर भित्र छिर्दा ।  दुई चार दिन यसैगरी विते रुँदै संहालिदै फेरी रुदै .........फेरी............।
विस्तारै म पनि उनलाई विर्सिने प्रयास गर्ने छु । भन्दै मन मनै अठोट गरे । एक दुई दिन विर्से पनि तर कता कतावाट फेरी उनको याद आइहाल्थ्यो । यहाँ सम्म की विहान व्यूझने वित्तिकै तिम्रो कल्पना आउँथ्यो । अचम्म लाग्थ्यो कुनै संकेतविना नै तिम्रो याद आउँदा । कितावका पाना घण्टौं पढीसकेर पछि सम्झन खोज्दा याद नहुने तर तिमी विना अभ्यास अकस्मात सम्झनामा आउदा मेरा लागि त नयाँ आस्चर्य भएकी छौ अचेल । उफ् यो कस्तो माया हो ? न विर्सिएर ढुक्कसँग वस्न सक्छु न सम्झिएर आफूसँगै पाउन । म, तिम्रो सच्चा प्रेममा थिए र छुटे की ? तिम्रो ख्याल ठट्टा र मजाकमा परेर भुले कि ? या मैले तिमीलाई गरेको प्रेममा कुनै खोट देख्यौ र सुटुक्क टाढियौ ? मैले केही वुझ्न सकिरहेको छैन । प्रस्नै प्रस्नको घेरा वन्दिमा उत्तर विहिन भएको छु म ।  तिमी के कारणले टाढियौ त्यो त मलाई थाहा छैन तर मलाई तिमीसंग टाढिन निकै कठिन भएको छ ।
एक मनले भन्छ– तिमीले मलाई मायाँ गरेको नाटक गरीछौ । त्यो नाटकलाई मैले यथार्थ सम्झेर तिम्रो प्रेममा चुर्लुम्म डुवेँ । यदि यो यथार्थ हो भने मैले तिमीलाई सहजै विर्सनु पर्ने हो तर सकिरहेको छैन । अनि अर्को मनले भन्छ– विभिन्न समयमा मलाई परेका साना साना कष्टमा पनि तिमी म भन्दा धेरै पिरोलिएकी छौ
। थर्ड इयरको फाइनल इक्ज्याम दिन तिमी काठमाण्डौ गइ सकेकी थियौ । म केहि दिन पछाडी गएको थिए । म गएकै दिन त्रिशुलीवाट काठमाण्डौ गएको वस दुर्घटनामा परेको समाचार सुने पछि तिमी छटपटिएर मलाई फोन गर्दाको आवाज सुन्दा तिमी आफूलाई भन्दा बढी मायाँ मलाई गर्दछौ भन्ने लागेको थियो र आज पनि लाग्दै छ । म ढुक्कसंग भन्न सक्छु अझै तिमीले मलाई साँच्चै सच्चा प्रेम गर्दर्छौ । तव न मेरा कष्टमा पनि दुःखेर रोयौ तिमी ।  अहिले टाढिएको जस्तो गरेर मेरो परीक्षा त लिएकी हैनौ ? यदि परीक्षा हो भने प्लिज छोट्याउ यो परीक्षा, मेरो लागि भारी भै सक्यो । आउ अँगाल मलाई । वस् तिमी भए पुग्छ, अरु केही चाहिँदैन मलाई ।
......................................................................................................
वाह कथा पो रहेछ । पछाडीवाट कुलेन्द्र वोल्यो । अव मैयाँको फोटो पनि हेरौं न त । सेल्फी सेल्फी पनि कपी गरेकी  होलीन् । मैयाँ रसिक रहिछीन । रसिला फोटाहरु पनि होलान् । उसले यति भनि सक्दा मैले फोटोको फोल्डर खोलीसकेको थिए । ज्या गुरु त जिल्ल । माछो माछो भ्यागुतो । मैयाको डिटेल होला । फोन नं , ठेगाना होला भनेर हत्तन पत्त फाइल खोलेको कथा परेछ । फोटो त पहिलेको अधवैशें महिलाको पो परेछ । हा हा हा । कुलेन्द्र जोडले हाँस्यो । आखिर त्यो पेन ड्राइभ त पहिले म संग वस्ने महिलाको पो रहेछ । म ल्यापटप लगआइट गरेर वसे ।

No comments: