Pages

Thursday, April 27, 2017

भावि गाउँपालिका र नगरपालिका

गाउँ होस या वजार । सडक होस या गल्लि । चोक होस या आँगन । जहाँ चार जना उभिएका छन् त्यहाँ चुनावको कुरा भइरहेको छ । उम्मेद्वार र भावि दिन / दीन, अवसर र चुनौतीका कुरा चर्कदै गएका छन् । लाग्छ हामी नेपालीहरु कति सचेत छौ । कसैले कसैलाई केही सिकाइरहनै पर्दैन । भावि गाउँपालिका र नगरपालिकामा कस्तो उम्मेद्वार हुनु पर्छ । उसले के कस्तो काम गर्नु पर्छ । सवै सवै थाहा छ हामीलाई । कुन टोलमा कसको भोट कति छ । घाम झैं छर्लङ्ग छ ।
फेसवुक, भाइवर, च्याटीङ र डेटिङमा झुमीरहेको टिनएजर्सको लागि यो चुनाव पहिलो प्रयास र अभ्यास पनि हो । यस मध्यका केही समुहलाई यो निरस कविता जत्तिकै विरक्त लाग्दो विषय वनेको  छ । तर यही चुनाव केहीका लागि युरोपवाट छोरा छोरीले पठाइदिएको भिजिट भिजामा त्याहाँ  पुगेर कालो चस्मा, छोटो कट्टु, समुद्रको किनार, अनि यूरोपियन नारीहरुको विकनी र हाउभाउ लुकी लुकी हेर्ने ६० वर्षे बाको कौतुहलतापूर्ण चोर आँखा भन्दा धेरै गुणा रौसले भरिएको छ । 
आम्मामा हामीलाई यति धेरै ज्ञान छ की त्यति त यसपाली चुनावमा उठने सवै उम्मेद्वारलाई जम्मा पारेर उनीहरुको ज्ञान थुप्रो लगाएपनि एउटा चिया पसलमा गफ गर्ने मान्छे वढि ज्ञानी छ । यो हुनु कुनै नौलो कुरा होइन केही मान्छे त्यतिको ज्ञानी हुन्छन्, छन् पनि तर अहिले त सवै ज्ञानी । कसैलाई केही भन्नै नपर्ने । लाग्छ यसपालिको चुनावमा पहिले जस्तो हुदैन । पहिले भन्नाले अघिल्ला दुईवटा संविधान सभाको चुनाव भन्न खोजिएको हो । त्यतिवेला पनि मानिसहरुले आ आफ्नो उम्मेद्वारलाई भोट हाले सभासद चयन गरे । सभासदहरुले संविधान बनाए । संविधानको मस्यौदा सार्वजनिक भयो । अधिकाँस लाई हिन्दुराज्य चाहियो जसले पहिला एमाले, काँग्रेस, माओवादीलाई भोट हालेका थिए । आज तिनै महान आत्मज्ञानीहरु नै चिया पसलमा राजनितिक दर्सन र घटनाक्रमको टिप्पणी गर्ने भएका छन् ।  उदेक लागेर आउँछ, चुनाव र यसको परिघटना सम्झदा । पूर्वाधार र मापदण्डलाई ग्रेस मार्क दिएर  पासमार्क ल्यायो अव गाउँपालिका र नगरपालिका घोषणा गरौं भनेर भने माथिकाले, हस भन्दै तलकाले हात थापे । अलिकति चाटे अलिकति टाउकोवाट नघाएर औसे ग्रहण गरे । नारायणपूजामा वाँडिनै पञ्चामृतको सैलीमा ।

धेरैको आँखा विद्यालयमा छ, अस्पतालमा छ, गाउँमा भएका नदीनाला र खोला आनि खानीमा छ । जसको मालिक आफै हुनपाइने लोभमा छन् । तर त्यसको व्यवस्थापन कसरी गर्ने थाहा छैन । विद्यालयमा हुने राजनितिले लथालिङ अवस्था सिर्जना गरेको सवैलाई थाहा छ ।  अव थाहापाउने पालोमा परेका छन् अस्पताल, मालपोत, नापी, जनस्वास्थ्य लगायतका दुइ दर्जन कार्यालयहरु ।  लामो समयदेखि खाने ठाउँमा सहमतिको नाटक गरेर खाने, पद वितरणमा दलीय भागवण्डामा वाँडेर लिने दलिय अभ्यास र त्यसैमा अभ्यस्त मानसिकताले यू टर्न मारेर जनउत्तरदायि कार्य गर्ला की नगर्ला ? के ति दलीय नेताहरु अहिलेको चुनावमा होमीएका छन् तिनीहरुको चेत फिर्र्ला कि नफिर्ला ? एन जि ओ र आइ एन जि ओ हरुको दुइवर्षयतादेखिको गतिविधिले युवाहरुमा पैसाको भूत सवार गराइदिएको छ । खाने लाउने वानी परिस्कृत भएको छ । विलासी जीवनको आरम्भ गराइदिएको छ । पिछडिएका र गरिव भनिएकाहरुलाई राहतको नामा नगद तथा जिन्सि वितरण गरिएको छ । जसले स्वभाविकरुपमा उनीहरुमा आलस्यता थपिदिएको छ । के यि र यस्ता मान्छेहरु आफ्नो स्थानीय निकाय निर्माणमा अघि वढ्लान् ? दसै तिहारमा स्वतः स्र्फूत आफ्नो वाटो घाटो सफागर्न जुटनेहातहरुले एन जि ओ  र आइ एन जि ओ को कार्यक्रम नपर्खिकन पुरानै गतिमा आफ्नो कार्य अघि वढाउलान् त ? प्रस्नै प्रस्नको पहाड चुलिएको छ । फेसवुक, भाइवर, च्याटीङ र डेटिङमा झुमीरहेको टिनएजर्सको लागि यो चुनाव पहिलो प्रयास र अभ्यास पनि हो । यस मध्यका केही समुहलाई यो निरस कविता जत्तिकै विरक्त लाग्दो विषय वनेको  छ । तर यही चुनाव केहीका लागि युरोपवाट छोरा छोरीले पठाइदिएको भिजिट भिजामा त्याहाँ  पुगेर कालो चस्मा, छोटो कट्टु, समुद्रको किनार, अनि यूरोपियन नारीहरुको विकनी र हाउभाउ लुकी लुकी हेर्ने ६० वर्षे बाको कौतुहलतापूर्ण चोर आँखा भन्दा धेरै गुणा रौसले भरिएको छ । 
 यसपालिको चुनावमा हाम्रालाई होइन राम्रालाई विजयी वनाउन सकिएन भने । नवजात सिसुको रुपमा हुर्कदै गरेको स्थानीय निकाय कतै खान नपाएर त कतै धेरै खाएर कुपोषित हुने कुरामा दुइमत नहोला । संविधान सभावाट संविधान नवन्नुमा सभासदहरु जति जिम्मेवार छन् त्यो भन्दा वढि जिम्मेवार हामी जनाता थियौं । हामीले सहि समयमा सही निर्णय लिन नसकेका कारण राज्यको अरवौंको सम्पती खेर गयो । तथापी संविधान त वन्यो । जो आफै कुपोषणको लक्षण देखाउँदै छ अव त्यसका निर्देसनमा चल्ने नियम उपनियम सहितको प्रादेसिक तथा स्थानीय निकायलाई सहि र दरिलो वनाउन सकिएन भने स्पष्ट छ देस सुस्तमनस्थिति भएको मानिस भन्दा फरक खालको हुन सक्दैन । आसन्न स्थानीय निकायको चुनवमा सवैले यो सोच्नु पर्छकी यसपालीको चुनामा मैले राम्रो उम्मेद्वारलाई विजयी गराउनुपर्छ । वस सवैले मन वचन र कर्र्मले सहि उम्मेद्वार विजयी गराएको खण्डमा मात्र हामीले आगामी पुस्ताको जस लिन सक्छौ । 

No comments: