Pages

Tuesday, April 18, 2017

कथा पेनड्राइभ

उसको आग्रह अनुसार म घुम्नको लागि सौराहा जाँदै थिए । उ घरवाट आउँदै थियो । फोन मार्फत हामीले दुवै जना मुग्लिनमा भेटने सल्लाह गरेका थियौं । विहान एघार वजे म मुग्लीन झरँे । उ आईपुगेको थिएन । नजिकै पसलमा पुगेर एउटा जुस किनँे र त्यहीँ वसे । केही वेर पछि पोखरावाट वस आयो । कुलेन्द्र पनि वसवाट झरे । उनी मेरा असल मित्र थिए । म भन्दा सिनियर ।  उनका दाजु  सौराहका हाकिम भएका थिए । त्यही चिनाजानीका कारण हामी केही दिनका लागि सौराहा जाँदै थियौँ । चितवनको वस चढियो । उनी अगाडी सिटमा परे म केही पछाडीकोमा । मेरो सिटमा एक जना विवाहित महिला थिइन् । त्यस्तै २८ वर्ष जतिकी । उनको दुइ तीन ओटा झोला थिए । कोही सिटमा राखिएको कोहि सिट मुनी त कोही तल खुट्टा राख्ने ठाउँमा पनि । कानमा इयरफोन कोचेर उनी मस्तसंग केहीे सुनी रहेकी थिइन् । कहिलेकाँही संगीतको थोरै धुन वाहिर पनि आउथ्यो । त्यसवाट मलाई अन्दाज हुन्थ्यो उनी नारायण गोपालको यो सम्झिने मन छ म विर्सु ........ ... सुनी रहेकी छिन् । कसैको यादमा होलीन् ।  उनी अकस्मात वाहिर हेर्दै चिच्याइन् ए ... भाई रोक् रोक् ..।
सहचालकले सिठी मारे । गाडी रोकीयो । उनी हतार हतार उठीन् । झोलाहरु उठाइन् र वाहिर निस्किन् । गाडी अगाडी वढयो । म वसेको सिटमा वस्न अघि देखि उभिइरहेकी एउटी युवती आइन् । छेउ छोडेर म कुना तर्फ सरँे । उनी फेसवुकमा मस्तसंग च्याट गर्न थालिन् । म छली छली उसको च्याट हेर्ने प्रयत्न गर्थे तर सकिरहेको थिइन । कतै चाल पाउँछे की भन्ने डर थियो मनमा । गाडि रोकियो । कुलेन्द्रले मलाई झर्न आग्रह गरे । म झर्नका लागि उठेको थिएँ । सुन्नुस त । हात लम्काउँदै उनले मेरो हातमा केही दिइन् । तपाईको सामान लिनुस भन्दै मेरो हातमा पेनड्राइभ थमाइन् । म वाल्ल परे । यो के तरीका होला ? मन मनै सोच्दै पेनड्राइभ लिएर गाडीवाट झरँे । पेनड्राइभ ओल्टाइ पल्टाइ हेरे । किन होला मलाई दिएकी । के होला यसमा ? प्रस्नै प्रस्नको घेरामा परे ।